Advertisement

ताजा अपडेट

सुदूरपश्चिममा आइतबार सार्वजनिक विदा

सुदूरपश्चिममा आइतबार सार्वजनिक विदा

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले भदौ ८ गते आइतबार सार्वजनिक विदा दिने भएको छ । प्रदेश सरकारले अट्वारी पर्वको सार्वजनिक विदा दिन लागेको हो । प्रदेश सरकारले सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा अट्वारी पर्वको अवसरमा साउन २५ गते सार्वजनिक विदा निर्धारण गरेको थियोे । तर साउन १९ गते बसेको प्रदेश सरकार (मन्त्रिपरिषद् ) को बैठकले संशोधन गरि भदौ ८ गते आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको हो ।...
कैलालीको चुरे गाउँपालिकामा खोलाको ठेक्का सेटिङको आरोप

कैलालीको चुरे गाउँपालिकामा खोलाको ठेक्का सेटिङको आरोप

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी– कैलालीको चुरे गाउँपालिकाले हालै शिवगङ्गा खोलाको रोयल्टी सम्बन्धि ठेक्का लगाएको छ। स्रोतका अनुसार कर्मचारीहरूसहित पालिका अध्यक्षका मान्छेले मिलेमतो गर्दै साढे ८ लाख रुपैयाँमा ठेक्का लगाएको आरोप लागेको छ। अलिक अगाडि मात्र पालिकाले उपाध्यक्षलाई जानकारी नदिई ठेक्का सेटिङ गरेको आरोप उठेको छ। यसअघि पनि ठेक्का सेटिङ गरिएको थियो र हाल इन्जिनियरले पुनः सेटिङ गरेको जनाइएको छ। ठेक्का आह्वानको सात दिने पत्रिकासमेत लुकाएर ठेक्का लगाइएको बुझिएको छ। हाल अनलाइन विधिबाट ठेक्का आह्वान गर्नु पर्ने प्रावधान भए पनि यस पटक पालिकाले सो प्रक्रिया अपनाएको छैन। चुरे गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत कालिप्रसाद भट्टले भने, “म आफू सो विषयमा जानकार भएपनि यसमा मेरो भूमिका छैन,” भनी दाबी गरेका छन्।...
कञ्चनपुरमा ‘एक वडा, एक उद्यम’ कार्यक्रम सुरु, युवालाई नगरभित्रै रोजगारीका अवसर

कञ्चनपुरमा ‘एक वडा, एक उद्यम’ कार्यक्रम सुरु, युवालाई नगरभित्रै रोजगारीका अवसर

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कञ्चनपुर– जिल्लाको शुक्लाफाँटा नगरपालिकाले युवालाई स्थानीय स्तरमै स्वरोजगारतर्फ आकर्षित गर्न ‘एक वडा, एक उद्यम’ कार्यक्रम सुरु गरेको छ। युवा विदेश पलायन हुनबाट रोक्नु र नगरभित्रै रोजगारी सिर्जना गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ। चालु आर्थिक वर्षका लागि कार्यक्रमका लागि ६० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। नगरपालिकाका प्रत्येक वडामा स्थानीय स्रोत र सम्भावनालाई ध्यानमा राख्दै घरेलु तथा लघु उद्योग स्थापना गरिने योजना रहेको छ। उद्यम विकास शाखाका प्रमुख धनबहादुर चौधरीका अनुसार, यस कार्यक्रमअन्तर्गत युवालाई आवश्यक तालिम प्रदान गरी दक्ष बनाइनेछ र व्यावसायिक क्षेत्रमा संलग्न गराइनेछ। आवश्यक पूँजीको व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थासँग समन्वय गरिनेछ। चौधरीले वडाबाट उद्योग छनोट भएपछि त्यस आधारमा कार्यक्रम अघि बढाइने जानकारी दिए। यसरी स्थापना हुने उद्योगमा मागअनुसार अनुदान र...
बैतडीमा महिला र बालबालिका हराउने क्रम बढ्दै, तीन वर्षमा ५२ जनाको अवस्था अझै अज्ञात

बैतडीमा महिला र बालबालिका हराउने क्रम बढ्दै, तीन वर्षमा ५२ जनाको अवस्था अझै अज्ञात

Breaking News 1, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बैतडी- भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा महिला र बालबालिका हराउने घटना बढ्दै गएको छ। जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार, गएको तीन वर्षमा हराएका व्यक्तिहरूमध्ये ५२ जनाको अवस्था अझै अज्ञात रहेको छ। आर्थिक वर्ष २०७९/८० मा एक सय पाँच जना हराउँदा ९१ जनालाई फेला पारिएको थियो। तीमध्ये १४ जनाको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ। आव २०८०/८१ मा एक सय १५ हराउँदा ११३ फेला परे, भने आव २०८१/८२ मा एक सय २२ हराएका मध्ये ८६ मात्र फेला परेका छन्। प्रहरी प्रवक्ता बलराम पाण्डेयका अनुसार, बेपत्ता हुनेमा महिला र बालबालिकाको संख्या बढी छ। गत आवमा ५५ महिला, २७ बालक, २९ बालिका र १ ज्येष्ठ नागरिक बेपत्ता भएका थिए। तीमध्ये ८६ जना फेला परेका छन्। प्रहरीले भनेका छन् कि कतिपयले बेपत्ता भएको जानकारी नदिने भएकाले तथ्याङ्क बढ्दै गएको छ। बैतडी भारतसँग खुला सीमा भएकोले धेरैजसो हराएका व्यक्ति भारततर्फ...
साफ यू–१७ महिला फुटबल : नेपालको दोस्रो खेल आज भूटानसँग

साफ यू–१७ महिला फुटबल : नेपालको दोस्रो खेल आज भूटानसँग

Breaking News 1, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, समाचार
काठमाडौँ- १७ वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपालले आज भूटानसँग खेल्दैछ। खेल भूटानको चाम्लिमिथाङ रंगशालामा नेपाली समयअनुसार बेलुकी सवा ६ बजे सुरु हुनेछ। प्रतियोगिताको पहिलो खेलमा नेपाल भारतसँग ७–० ले पराजित भएको थियो। नेपाल, भूटान, भारत र बंगलादेश सहभागी प्रतियोगिता डबल राउन्ड रोबिन आधारमा हुँदैछ। लिग चरणपछि शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ। नेपालले पर्सि आइतबार र भदौ ११ गते सोमबार बंगलादेशसँग, भदौ १३ गते भारतसँग र भदौ १५ गते भूटानसँग खेल्ने कार्यक्रम छ। प्रतियोगिता आगामी अगस्ट ३१ तारिखसम्म सञ्चालन हुने छ।...
देशभर सामान्य बदली, केही प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर सामान्य बदली, केही प्रदेशमा भारी वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ- हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले देशका पहाडी भूभागमा सामान्यतया बदली र बाँकी भूभागमा आंशिक बदली भएको छ। महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा मधेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्यतया बदली रहने र कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशलगायत पहाडी भूभागका केही स्थान तथा तराईका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। आज राति पनि देशका पहाडी भूभागमा सामान्य बदली रहने र बाँकी भूभागमा आंशिक बदली हुने महाशाखाले जनाएको छ। पहाडी भूभागका केही स्थान तथा तराईका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहँदा गण्डकी र सुदू...
दार्चुलामा गोकुलेश्वर विमानस्थल पुनर्निर्माण अलपत्र,  तत्कालै सञ्चालनमा ल्याउन स्थानीयको माग

दार्चुलामा गोकुलेश्वर विमानस्थल पुनर्निर्माण अलपत्र, तत्कालै सञ्चालनमा ल्याउन स्थानीयको माग

Breaking News 1, ताजा अपडेट, दार्चुला, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
दार्चुला- करिब तीन दशकदेखि बन्द रहेको गोकुलेश्वर विमानस्थल पुनर्निर्माणको काम बजेट अभावका कारण अलपत्र परेको छ। शैल्यशिखर नगरपालिका–९, गोकुलेश्वरमा रहेको विमानस्थलमा चार वर्षअघि केएस कन्स्ट्रक्सन प्रालि धनगढीले फिलिङ र ग्याबिनको काम सुरु गरे पनि त्यसपछि बजेट नआएपछि निर्माण कार्य अलपत्र परेको हो। २०४६ सालमा सञ्चालनमा आएको विमानस्थल २०५० सालदेखि बन्द छ। २०६० सालदेखि कार्यालय सहयोगीका भरमा छाडिएको विमानस्थल अहिले जीर्ण भइसकेको छ। भवन भग्नावशेषमा परिणत भएको छ भने धावनमार्ग (रनवे) खेलमैदान र गौचरनमा रूपान्तरण भएको छ। आर्थिक वर्ष २०७७/७८ मा अर्थ मन्त्रालयले पुनर्निर्माणका लागि ५० करोड ४९ लाख ४९ हजार बजेट सुनिश्चित गरे पनि पछिल्ला वर्षमा निकासा नहुँदा कार्य प्रगति न्यून भएको शैल्यशिखर नगरपालिकाका प्रमुख विजयसिंह धामीले बताए। हवाई सेवा सञ्चालन भए दार्चुलासहित बैतडी र बझाङका नागरिकले सुव...
नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० दोस्रो संस्करण मङ्सिर १ देखि सुरु हुने

नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० दोस्रो संस्करण मङ्सिर १ देखि सुरु हुने

Breaking News 1, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ– नेपाल क्रिकेट सङ्घ (क्यान)ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटको दोस्रो संस्करण आगामी मङ्सिर १ गतेदेखि सुरु हुने भएको छ। क्यानले आज जारी गरेको विज्ञप्तिमा दोस्रो संस्करण मङ्सिर १ देखि २७ गतेसम्म सञ्चालन हुने उल्लेख गरिएको छ। यसअघि एनपीएलका लागि खेलाडीहरूको मिनी अक्सन सम्पन्न भइसकेको छ। प्रतियोगिताको विस्तृत तालिका पछि सार्वजनिक गरिने क्यानले जनाएको छ। पहिलो संस्करणमा जनकपुर बोल्ट्सले उपाधि जितेको थियो।...
अनलाइन टिभी पत्रकार संघ कैलालीको अध्यक्षमा – आलोक

अनलाइन टिभी पत्रकार संघ कैलालीको अध्यक्षमा – आलोक

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
चिसापानी- अनलाइन टिभी पत्रकार संघ नेपाल कैलालीको अध्यक्ष मा आलोक जङ्ग साउँद (भरत) सर्वसम्मत चयन भएका छन् । जिल्लाको लम्कीचुहा नगरपालिकाको चिसापानी सिद्धबाबा होटलमा बुधबारदेखि सुरु भएको प्रथम जिल्ला अधिवेशनबाट बिहीबार साउँदको अध्यक्षतामा ९ सदस्यीय नेतृत्व चयन गरिएको हो । समितिको उपाध्यक्षमा रमेश ऐडी, सचिव पदमा रमीत पाण्डे, कोषाध्यक्षमा मञ्जु भण्डारी सर्वसम्मत चयन भएका छन् । त्यस्तै सहसचिव पदमा तिलखराज ढुङ्गाना चयन भएका छन् । ढुङ्गाना कामना टेलिभिजनका संवाददाता समेत हुन् । कार्य समिति सदस्यमा सागर चौधरी, प्रेम कामी, गणेशबहादुर बिष्ट , यज्ञराज अवस्थी चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष साउँदले अनलाइन टिभीका क्षेत्रमा संस्थागत विकास, संस्थाको नीति तथा योजना निर्माणमा काम गर्ने, अनलाइन टिभीका क्षेत्रमा आवद्ध पत्रकारको क्षमता अभिवृद्धि गर्नुका साथै प्रविधिगत विकासमार्फत टिभीलाई अझ प्रभावकार...
नेपाली कांग्रेस निकट नेपाली जनसम्पर्क समिति द्वारा  दक्षिण भारतको बेंगलोरमा तीज विशेष कार्यक्रम हुने

नेपाली कांग्रेस निकट नेपाली जनसम्पर्क समिति द्वारा दक्षिण भारतको बेंगलोरमा तीज विशेष कार्यक्रम हुने

Breaking News 1, ताजा अपडेट, मनोरञ्जन, मुख्य समाचार, समाचार
भारत बेंगलोर हिन्दू नारीहरुको महान पर्व हरितालीका तिजको अवसरमा आगामी २६ अगस्त २०२५ का दिन नेपाली जनसम्पर्क समिति, दक्षिण भारत क्षेत्र अन्तर्गत कृष्णराजपुरम शाखाले भव्य रुपमा हरितालिका तीज महोत्सव आयोजना गर्ने भएको छ। यस अवसरमा समितिले सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुलाई हार्दिक निमन्त्रणासहित उपस्थित भइ कार्यक्रमलाई सफल पारिदिन आग्रह गरेको छ। आयोजक समितिले यो पर्वले खुशी, समृद्धि, उल्लास र एकताको भावना सबैमा फैलाओस् भन्ने शुभकामना व्यक्त गरेको छ। यस तीज विशेष कार्यक्रम आयोजना नेजस कृष्णराजपुरम शाखा तथा दक्षिण भारतले गरेको छ भने कार्यक्रम २६ अगष्ट २०२५ का दिन बिहान ११ बजे देखि साझ ६ बजे सम्म केआर पुरम सर्भिस रोड यामाहा शोरुम नजिकै हुने भयको छ।...
बाजुराको रामेश्वरी माविमा खानेपानी अभाव, विद्यार्थीले घरबाटै पानी बोकेर लिनुपर्ने बाध्यता

बाजुराको रामेश्वरी माविमा खानेपानी अभाव, विद्यार्थीले घरबाटै पानी बोकेर लिनुपर्ने बाध्यता

Breaking News 1, ताजा अपडेट, बाजुरा, मुख्य समाचार, समाचार
बाजुरा– जिल्लाको त्रिवेणी नगरपालिका–५ स्थित रामेश्वरी माध्यमिक विद्यालयमा विगत छ वर्षदेखि खानेपानीको चरम अभाव कायम छ। समस्या समाधानका लागि पटक–पटक माग गरिए पनि अहिलेसम्म कुनै पहल भएको छैन। खानेपानी नहुँदा विद्यालयका २८० विद्यार्थी घरबाटै बोतलमा पानी ल्याएर पिउन बाध्य छन्। शौचालयमा पानी नहुँदा दुर्गन्धित बनेको र प्रयोग गर्नै नसकिने अवस्था रहेको कक्षा १० का विद्यार्थी सुशील बुढाले बताए। “धारा छ तर पानी आउँदैन, शौचालय छ तर सफा छैन,” उनले भने। विद्यालयका प्रध्यानाध्यापक टेकराज जोशीका अनुसार खानेपानी अभावकै कारण विद्यार्थीलाई पढाइमा समेत असर परेको छ। टाढा घर भएका विद्यार्थीहरूलाई अझ बढी समस्या हुने गरेको उनले बताए। विद्यालय व्यवस्थापन समितिले नगरपालिकासमक्ष बारम्बार मागपत्र बुझाए पनि सुनुवाइ नभएको उनको भनाइ छ। वडा अध्यक्ष डिल्ली बुढाले समेत रामेश्वरी मावि खानेपानी संकटबाट गुज्रिएको स्व...
बझाङका दुई विद्यालयलाई सुविधा सम्पन्न शौचालय हस्तान्तरण

बझाङका दुई विद्यालयलाई सुविधा सम्पन्न शौचालय हस्तान्तरण

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाका दुई सामुदायिक विद्यालयलाई सुविधा सम्पन्न शौचालय हस्तान्तरण गरिएको छ। प्रगतिशील युवा समाज र वर्ल्ड भिजन इन्टरनेसनल नेपालको सहकार्यमा केदारस्यूँ गाउँपालिका–३ को केदार आधारभूत विद्यालय र वडा नं. ६ को भूमिदेव आधारभूत विद्यालयमा शौचालय निर्माण गरिएको हो। करिब १५ लाख रुपैयाँ लागतमा बनेका शौचालय मंगलबार एक कार्यक्रमबीच प्रगतिशील युवा समाजका अध्यक्ष रमेश केसीले गाउँपालिकाकी उपाध्यक्ष मनिषा धामीलाई हस्तान्तरण गरेका हुन्। शौचालय हस्तान्तरण कार्यक्रमको अवसरमा अध्यक्ष केसीले दुर्गम विद्यालयका बालबालिकाको स्वास्थ्य र सरसफाइलाई प्राथमिकतामा राखी सुविधा सम्पन्न संरचना निर्माण गरिएको बताए। उपाध्यक्ष धामीले शौचालय बनेपछि विद्यार्थीको स्वास्थ्य, उपस्थिती र अध्ययन वातावरणमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरिन्।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज