तुर्माखाँद गाउँपालिकामा ‘सृजनशील किशोरी सञ्जाल’ गठन, किशोरीमैत्री वातावरण निर्माणमा जोड
अछाम: तुर्माखाँद गाउँपालिका र ईको हिमाल नेपाल को सहकार्यमा सञ्चालित लैङ्गिकमैत्री ‘हिमालयन विद्यालय परियोजना’ अन्तर्गत पालिका स्तरीय किशोरी सञ्जाल गठन गरिएको छ। यस सञ्जालले गाउँपालिकाभित्र किशोरीहरूका हकहित प्रवर्द्धन गर्दै उनीहरूको नेतृत्वदायी क्षमता विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
गाउँपालिकाको उपाध्यक्ष विमला कुमारी शाही को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष डम्बर बहादुर बीसी रहेका थिए। कार्यक्रममा विशेष अतिथिका रूपमा निमित्त प्रमुख प्रशासकीय अधिकृत ऐकेन्द्र बहादुर बयक, कार्यपालिका सदस्य झंकार नेपाली र सुनिता शाही, वडा नं. ४ सदस्य रोशना बी.के., ईको हिमालका कार्यक्रम अधिकृत लक्ष्मी के.सी., तथा ईको हिमाल नेपालका कृषि प्राविधिक बिरेन्द्र चन्द को उपस्थिति थियो। कार्यक्रमको सहजीकरण महिला तथा बालबालिका शाखा तथा सामाजिक परिचालक बसन्ती श...












