Advertisement

ताजा अपडेट

म्यानमार भूकम्पमा परि मृत्यु हुनेको संख्या १ हजार ६ सय नाघ्यो

म्यानमार भूकम्पमा परि मृत्यु हुनेको संख्या १ हजार ६ सय नाघ्यो

Breaking News 3, अन्तर्राष्ट्रिय, ताजा अपडेट, समाचार
म्यानमारमा शुक्रबार गएको भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या १ हजार ६ सय नाघेको छ। धेरै जना अहिले पनि उद्धार कार्यमा सक्रिय नै छन्। सामग्रीको अभाव, सञ्चार नेटवर्कमा समस्या तथा खराब बाटोको कारण उद्धार कार्यमा कठिनाइ उत्पन्न भइरहेको छ। दोस्रो ठुलो सहर माल्डल्यबाट १२ तले घरमा एक महिलाको पुरिएको ३० घण्टापछि उद्धार भएको छ। त्यस स्थानमा अझै ९० जना पुरिएका जनाइएको छ। उद्धारकर्ताले किन्डर गार्डेन रहेको घर भत्किदा १२ जना बालबालिकाको शव फेला पारेका छन्। मानव अधिकारवादी राहत संस्था ओसिएचएका अनुसार न्यापितह, याङ्गुन र मान्डल्यको बीचमा सडक पनि भत्किएका कारण अझ बढी समस्या भएको छ। स्वास्थ्यकर्मीलाई टेन्टसहित अन्य धेरै मेडिकल सप्लायर्सको आवश्यकता समेत देखिएको छ।...
ढोरपाटनमा यस वर्षको दोस्रो सिकार याम सुरु

ढोरपाटनमा यस वर्षको दोस्रो सिकार याम सुरु

Breaking News 3, ताजा अपडेट, मुख्य समाचार, समाचार
ढोरपाटन- नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो सिकार याम सुरु भएको छ। दोस्रो याममा १३ नाउर, १० झारल र १२ बँदेल गरी ३५ वन्यजन्तुको सिकार हुने भएको हो। वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले गत माघ १५ गते सिकार गर्नका लागि बोलपत्र आह्वान गरेको थियो। दोस्रो याममा सिकार खेल्न हिमालयन वाइल्डलाइफ आउटफिर्टस प्रालि, ट्रयाक्स एण्ड ट्रेल्स प्रालि, हिमालयन सफारिज प्रालि, ग्लोबल सफारिज नेपाल, नेपाल ट्राभल एक्सपिडिसन र ओपन नेपाल वाइल्डलाइफ सफारिज गरी छ वटा कम्पनीले अनुमति पाएका छन्। वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागबाट अनुमति पाएका सिकारी ढोरपाटन सिकार आरक्षको विभिन्न ब्लकमा सिकार खेल्न आउन थालेका छन्। यही चैत २६ देखि सिकारी ढोरपाटन आउन थालेका ढोरपाटन सिकार आरक्ष कार्यालयका रेन्जर सागर सुवेदीले जानकारी दिए। दोस्रो याम (फागुन–वैशाख) का लागि आगामी वैशाख १६ गतेसम्म सिकारीले ...
आईपीएलमा गुजरातले मुम्बईलाई ३६ रनले हरायो

आईपीएलमा गुजरातले मुम्बईलाई ३६ रनले हरायो

Breaking News 1, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार राति भएको खेलमा गुजरात टाइटन्सले मुम्बई इन्डियन्सलाई ३६ रनले हराएको छ। टस जितेर मुम्बईले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ८ विकेट गुमाएर १९६ रन बनायो। शाही सुदर्शनले सर्वाधिक ६३ रन बनाए। जोश बटलरले २४ बलमा ३९ रन जोड्दा कप्तान शुभमन गिलले ३८ रन बनाए। शेर्फेन रदरफोर्डले १८ रनको योगदान दिए। मुम्बईका हार्दिक पाण्ड्याले दुई विकेट लिए भने ट्रेन्ट बोल्ट, दीपक चाहर, सत्यनारायण राजु र मुजिब उर रहमानले समान एक-एक विकेट लिए। १९७ रनको लक्ष्य पछ्याएको मुम्बई २० ओभरमा ६ विकेट गुमाएर १६० रनमै समेटियो। सूर्यकुमार यादवले ४८ रन बनाए भने तिलक वर्माले ३९ रन जोडे। नमन धीर र मिचेल सान्टनेरले समान १८ रन बनाए। कप्तान हार्दिक पाण्ड्याले ११ रनमा सीमित भए। गुजरातका मोहम्मद सिराज र प्रशिद्ध कृष्णले दुई-दुई विकेट लिए भने कागिसो रबाडा र शाई किशोरले ...
टीकापुरमा विद्युत् लाइन काटिएपछि ग्यास प्लान्ट अलपत्र

टीकापुरमा विद्युत् लाइन काटिएपछि ग्यास प्लान्ट अलपत्र

Breaking News 1, कैलाली, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीको टीकापुर नगरपालिकामा पाइप लाइनमार्फत घरघरमा पुगेको बायो ग्यास प्लान्टको विद्युत् लाइन काटिँदा ग्यास प्लान्ट अलपत्र भएको छ । नगरपालिका–५ स्थित सामुदायिक पशु चौपाया व्यवस्थापन गरिएको क्षेत्रमा निर्माण भएको बायो ग्यास प्लान्टको विद्युत् महसुल नतिर्दा विद्युत् लाइन काटिएको थियो । विद्युत् लाइन काटिएपछि ग्यास वितरणको काम पनि ठप्प भएको छ । आसपासका ५५ घरमा पुर्‍याइएको ग्यास बन्द भएपछि करोडौँको संरचना अलपत्र परेको छ । गोबरबाट ग्यास उत्पादन गरेर दैनिक चार घण्टा स्थानीयलाई ग्यास उपलब्ध गराउँदै आइएको थियो । गौशालामा पर्याप्त गोबर भए पनि ग्यास प्लान्ट बन्द भएको गौशाला सञ्चालन गर्दै आएको सामुदायिक पशुचौपाया व्यवस्थापन तथा प्रवर्द्धन समितिका अध्यक्ष लोकबहादुर बुढाक्षेत्री बताउछन् । उनका अनुसार नगरपालिकाले विद्युत्को महसुल नतिरेका कारण ग्यास प्लान्ट बन्द भएको छ । “दैनिक चार घण्टा ग्यास ...
पूर्वराजा ज्ञानेन्द्रका सुरक्षाकर्मी कटौती

पूर्वराजा ज्ञानेन्द्रका सुरक्षाकर्मी कटौती

Breaking News 3, ताजा अपडेट, समाचार
काठमाडौं- सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा तैनाथ सशस्त्र प्रहरी बल (एपिएफ) को सेट परिवर्तन गरी सुरक्षाकर्मीको सङ्ख्या घटाएको छ। गृह मन्त्रालय स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्रले यसअघि पूर्वअतिविशिष्ट व्यक्तिले पाउने सुरक्षाकर्मीसँगै अतिरिक्त सुविधा लिँदै आएका थिए। सरकारले यो सुविधा कटौती गरी पूर्वराजाको हकमा पूर्वराष्ट्रपतिले पाउने सुरक्षा व्यवस्था अनुसार सङ्ख्या कटौती गरेको हो। पूर्वअतिविशिष्ट व्यक्तिका लागि सरकारले सशस्त्र प्रहरी बलको कार्यदलमार्फत सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक (डिएसपी) को नेतृत्वमा १६ जना सुरक्षाकर्मी खटिने व्यवस्था गरेको छ तर यसको अतिरिक्त पूर्वराजा ज्ञानेन्द्रको हकमा सरकारले २५ जना खटाएको थियो। गृह मन्त्रालयले सबै पूर्वविशिष्ट व्यक्तिलाई समान सुरक्षा व्यवस्था उपलब्ध गराउने निर्णय गर्दै पूर्वराजा ज्ञानेन्द्रको सुरक्षामा तैनाथ नौ ज...
राप्रपाको २४ घण्टा भित्र मिश्र र राणालाई रिहा गर्न अल्टिमेटम

राप्रपाको २४ घण्टा भित्र मिश्र र राणालाई रिहा गर्न अल्टिमेटम

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा धवलशमशेर राणालाई २४ घण्टाभित्र रिहा सरकारलाई अल्टिमेटम दिएको छ । शनिबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकका निर्णय सार्वजनिक गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारलाई २४ घण्टे अल्टिमेटम माग गरेका हुन् । बिज्ञापन मिश्र र राणालाई रिहा नगरे राप्रपाले देशभर विरोधका कार्यक्रम गर्ने र त्यसलाई आन्दोलनको रूपमा उठाएर लैजाने निर्णय भएको उनले जानकारी दिए । तीनकुने केन्द्रित राजावादीको प्रदर्शन हिंसात्मक बन्नुमा सरकारकै दोष रहेको बैठकले निष्कर्ष निगर्नकालेको छ ।...
पूर्वराजालाई ७ लाख ९३ हजार जरिवाना गर्ने काठमाडौँ महानगरको निर्णय

पूर्वराजालाई ७ लाख ९३ हजार जरिवाना गर्ने काठमाडौँ महानगरको निर्णय

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ— काठमाडौँ महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विभिन्न शीर्षकमा ७ लाख ९३ हजार जरिवाना गरेको छ। राजधानीको माइतीघरमा प्रदर्शन गरेका राजावादीले वातावरण प्रदूषण गरेको लगायतका शीर्षकमा महानगरले ७ लाख ९३ हजार जरिवाना गर्ने निर्णय गरेको हो। महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ८ वटा पत्र काटेको छ । पूर्वराजाको सहमतिमा शुक्रबार राजवादीले राजधानीको तीनकुने क्षेत्रमा प्रदर्शन गरेकामा फोहोरमैला गरेको लगायतका कारण देखाउँदै जरिवाना र क्षतिपूर्ति माग गर्दै पत्र काटेको हो । राजावादी समर्थकहरू उग्र बन्दा शुक्रबार दिनभर तीनकुने क्षेत्र तनावग्रस्त बन्न पुगेको थियो । यी हुन् महानगरले पूर्वराजासँग मागेको जरिवानाका शीर्षक १) कोटेश्वर क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको– १ लाख २) महादेवस्थान क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको– १ लाख ३) तीनकुने...
गणतन्त्रका कुरालाई जनतासम्म पुर्‍याउन जागरण सभा गर्दै एमाले

गणतन्त्रका कुरालाई जनतासम्म पुर्‍याउन जागरण सभा गर्दै एमाले

Breaking News 1, ताजा अपडेट, बझाङ, समाचार, सुदूरपश्चिम
बझाङ- नेकपा (एमाले) जिल्ला कमिटी बझाङले गणतन्त्रका कुराहरुलाई जनता सम्म पुर्याउनका लागि जागरण सभा गर्ने भएको छ । शनिबार पार्टी कार्यालय पानकोटमा नागरिक समाज र पत्रकारहरु संग गणतन्त्रको पक्षमा गरिएको अन्तरसंवाद कार्यक्रममा जनताहरुलाई गणतन्त्रको बारेमा सचेतना फैलाउनुपर्ने सुझाव आएपछी उक्त जागरण सभाको आयोजना गर्ने नेकपा (एमाले) जिल्ला कमिटी उपसचिव पंकज भण्डारीले बताए । शनिबार गरिएको अन्तरसंवाद कार्यक्रममा सहभागीहरुले पार्टी भित्र पनि आन्तरिक लोकतन्त्र बलियो बनाउनुपर्ने बताएका थिए । राजनितीकदलहरुका केहि नराम्रा कामहरुले पनि राजावादीहरु सलबलाउन थालेको सहभागीहरुको भनाई थियो । राजतन्त्र आएपछी केहुन्छ भन्नेकुरा हिजोको राजावादीको आन्दोलनको घटनाले देखाई सकेको संविधान सभासदस्य तथा नेकपा (एमाले)का केन्द्रीय सदस्य अफिलाल ओखेडाले बताए । राजतन्त्रले यसरीनै हत्या, हिंसा गर्ने भएकाले हिजोको आन्दोलनले उक...
राजतन्त्रको पुनर्जीवन असम्भव, गणतन्त्रको उन्नति आवश्यक : एमाले नेता महर

राजतन्त्रको पुनर्जीवन असम्भव, गणतन्त्रको उन्नति आवश्यक : एमाले नेता महर

Breaking News 1, ताजा अपडेट, विचार
सत्यराज सिंह बझाङ- नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरले सामाजिक संजालमा नेपालको राजतन्त्रको पुन:स्थापनालाई असम्भव र अनुपयुक्त भएकाे बताए । उनले राजतन्त्रको अस्तित्वलाई 'आर्यघाटमा दाहसंस्कार गरिसकेको' भन्दै वर्तमान गणतन्त्रको बिकल्पको रूपमा उन्नत र परिस्कृत गणतन्त्रको आवश्यकता रहेकाे बताएका छन् । महरले भने ´हाम्रो पुस्ताले राजतन्त्रको शासकीय कष्ट र पीडा भोगेको छ। जनताको अधिकार कुण्ठित गरेर तिनलाई रैति बनाइएको थियो । हामी, एक्काइसौं शताब्दिका सचेत नागरिक भएको नाताले राजतन्त्रको विरुद्ध लडिरहेका छौं। अब समय आएको छ कि हामी गणतन्त्रको उन्नति र परिस्कृत गर्न जुटौं । उनले हिजोको तिनकुनेको घटनामा पूर्व राजा ज्ञानेन्द्र शाहको मुख्य दोष रहेको उल्लेख गर्दै, पूर्व राजा ज्ञानेन्द्र शाहलाई सम्पूर्ण सेवासुविधा खोसेर गिरफ्तार गर्नुपर्ने बताएका छन् । महरले राजतन्त्रको पुनर्निर्माणले देशमा हिंसा, लु...
सुदूरपश्चिमका वनमन्त्री चौधरीद्धारा राजीनामा

सुदूरपश्चिमका वनमन्त्री चौधरीद्धारा राजीनामा

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मणकिशोर चौधरीले पदबाट राजीनामा दिएका छन् । आर्थिक लेनदेनको अडियो सार्वजनिक भएपछि मन्त्री चौधरीले शनिबार आफ्नो पदबाट राजीनामा दिएका हुन् । मन्त्री चौधरीले शुक्रबार वन मन्त्रालय र आफूसँग जोडेर आर्थिक चलखेल भयो भन्ने अडियो सार्वजनिक भएको बताउँदै नैतिकताका आधारमा राजीनामा दिएको बताएका छन् । मन्त्री चौधरीले शुक्रबार वन मन्त्रालय र आफूसँग जोडेर आर्थिक चलखेल भयो भन्ने अडियो सार्वजनिक भएको बताउँदै नैतिकताका आधारमा राजीनामा दिएको बताएका छन् । त्यो अडियो पुरानो भएको बताए । मन्त्री चौधरीले दीगो वन व्यवस्थापन सम्बन्धि कार्यविधि आर्थिक लाभ लिनेगरि बनाउने विषयमा छलफल गरेको अडियो सार्वजनिक भएको थियो । तर त्यो भिडियो भदौतिरको भएको उनले बताए । उनले त्यसबेला भर्खरै मन्त्री बनेका कारण सचिवालयका कर्मचारीको आग्रहमा आफ्नै निवासमा उनीहरूस...
गृहमन्त्री लेखकद्वारा शुक्रबार तोडफोड र आगजनी भएकाे क्षेत्रमा अनुगमन

गृहमन्त्री लेखकद्वारा शुक्रबार तोडफोड र आगजनी भएकाे क्षेत्रमा अनुगमन

Breaking News 3, ताजा अपडेट, समाचार
काठमाडौं- गृहमन्त्री रमेश लेखकले राजावादीहरूको तोडफोड र आगजनीबाट पुगेको क्षतिको तीनकुने क्षेत्रको अनुगमन गरेका छन् । शुक्रबार प्रदर्शनको क्रममा विभिन्न भवन, पार्टी कार्यालय र सवारी साधनमा आगजनी भएपछि गृहमन्त्री लेखक अनुगमनमा निस्किएका हुन् । प्रदर्शन हिंसात्मक बन्दै गएपछि सुरक्षा निकायले हस्तक्षेप गरेको थियो । प्रदर्शनका दुई जनाको मृत्यु भएको छ भने दर्जनौं व्यक्ति घाइते भएका छन् । गृह मन्त्रालयका अनुसार उनले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरी परिस्थितिको समीक्षा गर्नेछन् ।...
पत्रकार रजकको हत्याविरुद्ध बझाङमा प्रदर्शन

पत्रकार रजकको हत्याविरुद्ध बझाङमा प्रदर्शन

Breaking News 2, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- काठमाडौंको तीनकुनेमा अराजकतावादी समुहले पत्रकार सुरेश रजकको हत्या गरेको विरोधमा बझाङमा प्रदर्शन गरिएको छ । पत्रकार महासंघ बझाङको आयोजनामा सदरमुकाम चैनपुरमा विरोध प्रदर्शन गरिएको हो । पत्रकार महासंघले ७० औं स्थापना दिवसको अवसर पारी आयोजना गरेको विरोध प्रदर्शन कार्यक्रममा हत्यारालाई पक्राउ गरी कडा भन्दा कडा कारबाहीको माग गरिएको छ । एभिन्युज टेलिभिजनका क्यामेरापर्सन रजकको शुक्रबार राजावादी समूहले गरेको आन्दोलनमा भिडिओ खिच्ने क्रममा घरभित्र जलेको अवस्थामा शव भेटिएको थियो ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज