Advertisement

ट्रेन्डिङ

पाकिस्तानी सेनाको गोलीबारीमा तीन भारतीय नागरिकको मृत्यु

पाकिस्तानी सेनाको गोलीबारीमा तीन भारतीय नागरिकको मृत्यु

Breaking News 1, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार
भारत कश्मीरमा पाकिस्तानी सेनाको गोलीबारीमा तीन भारतीय नागरिकको मृत्यु भएको छ। समाचार एजेन्सीहरू रोयटर्स र एएफपीले भारतीय सेनालाई उद्धृत गर्दै समाचार लेखेका छन् । यसैबीच, पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले बीबीसीलाई बताएअनुसार भारतीय आक्रमणमा दुई बालबालिकासहित सात जनाको मृत्यु भएको छ। शरीफ चौधरीका अनुसार आक्रमणमा मस्जिद सहित धेरै ठाउँहरू लक्षित थिए। पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले भारतीय आक्रमणप्रति प्रतिक्रिया जनाएका छन्। उनले पाकिस्तानलाई यसको जवाफ दिने पूर्ण अधिकार रहेको बताएका छन्।...
प्रधानमन्त्रीले गभर्नर कांग्रेसलाई दिसक्नुभो, उहाँको कारणले नियुक्ति ढिलाइ भएको होइन – शेरबहादुर देउवा

प्रधानमन्त्रीले गभर्नर कांग्रेसलाई दिसक्नुभो, उहाँको कारणले नियुक्ति ढिलाइ भएको होइन – शेरबहादुर देउवा

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा भइरहेको ढिलाइ प्रधानमन्त्री केपी शर्मा ओलीका कारण नभएको बताएका छन्। नेपाली कांग्रेस आर्थिक नीति तथा योजना विभागद्वारा मंगलबार सानेपामा आयोजित कार्यक्रममा देउवाले प्रधानमन्त्रीका कारण नभइ राष्ट्र बैंकमै समस्या भएका कारण गभर्नर नियुक्तिमा ढिलाइ भएको बताए। प्रधानमन्त्री ओलीले गभर्नर चयनको जिम्मा कांग्रेसलाई दिएको उनको भनाइ छ। त्यस्तै सभापति देउवाले अहिले सत्ता गठबन्धनमा कुनै समस्या नभएको स्पष्ट पारे। अहिलेको प्रणालीमा एउटा पार्टीको मात्रै बहुमत आउने अवस्था नरहेकाले अन्य दलसँग गठबन्धन गर्नुपर्ने अवस्था रहेको उनले बताए। सभापति देउवाले मुलुकको अर्थतन्त्रमा देखिएको शिथिलता क्रमशः कम हुँदै गएको अवस्थामा कांग्रेस सम्मिलित गठबन्धन...
बामपंथी नेता प्रदीप नेपालको निधन

बामपंथी नेता प्रदीप नेपालको निधन

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ट्रेन्डिङ, मुख्य समाचार, राजनीति
वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ। पूर्व मन्त्रीसमेत रहेका नेता नेपालको मंगलबार दिउँसो सवा चार बजे नर्भिक अस्पतालमा निधन भएको अस्पताल स्रोतले जानकारी दियो। उनी लामो समयदेखि पार्किन्सन लगायत रोगबाट पीडित थिए। रोगले शिथिल बनाउँदै लगेपछि उनी राजनीतिबाट निष्क्रिय बनेका थिए। २०१० सालमा जन्मिएका नेपाल २०५१ मा तत्कालीन नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला सञ्चार मन्त्री बनेका थिए। त्यसपछि शिक्षा मन्त्री भएका थिए।...
एमाले धनुषा अधिवेशनमा झडप, ५ जना घाइते

एमाले धनुषा अधिवेशनमा झडप, ५ जना घाइते

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
जनकपुरधाम: नेकपा एमालेको धनुषाको ८औं जिल्ला अधिवेशन स्थलमा दुई पक्षबीच झडप भएको छ । झडपमा दुई नेतासहित पाँच जना घाइते भएका छन् । घाइते हुनेमा एमालेका भोला यादव पक्षका सत्यनारायण महासेठ र महेश दास रहेका छन् । उनीहरू दुवै जनाको टाउको फुटेको छ । निवर्तमान जिल्ला अध्यक्ष राजकिशोर यादव समेत कुटिएका छन् । अधिवेशनमा अन्तिम नामावली प्रकाशनको विषयलाई लिएर भोला यादव र लक्ष्मीनारायण यादव पक्षबीच विवाद हुँदा कुर्सी हानाहान भएको छ । निर्वाचन समितिमाथि केही नेताकार्यकर्ताले कुर्सी प्रहार गरेका हुन् । भोला यादव एमाले केन्द्रीय सचिव रघुवीर महासेठ पक्षबाट र लक्ष्मीनारायण यादव केन्द्रीय सदस्य उमाशंकर अरगरिया पक्षबाट अध्यक्षका प्रत्यासी हुन् । दुवै पक्षबीच बिहानैदेखि तनाव छ । गत २० वैशाखदेखि सुरु अधिवेशनमा सर्वसम्मतको प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया अगाडि बढाइएको हो । ...
धनगढीमा लागू औषध सहित एकजना पक्राउ

धनगढीमा लागू औषध सहित एकजना पक्राउ

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढीः धनगढीका एक युवक लागूऔषधसहित पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-१३ कैलालीगाँउबाट सोही ठाउँ बस्ने ३६ वर्षीय सहदेव राना लागूऔषधसहित सोमवार पक्राउ परेका हुन्। रानालाई २५० मिलिग्राम लागूऔषधसहित प्रहरी चौकी कैलालीगाउँबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।
व्यवसायी भन्छन् : व्यवसाय सुकिसकेको थियो, अहिले जेनेरेटर र इन्भर्टरको माग बढ्दा खुसी छौं

व्यवसायी भन्छन् : व्यवसाय सुकिसकेको थियो, अहिले जेनेरेटर र इन्भर्टरको माग बढ्दा खुसी छौं

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार
नेपाल विद्युत प्राधिकरणमा नेतृत्व परिवर्तन भएपछि अघोषित लोडसेडिङ भएको गुनासो अधिकांशको छ । नेपाल विद्युत प्राधिकरणका यसअघिका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर सरकारले हितेन्द्रदेवलाई जिम्मेवारी दिएपछि अहिले अघोषित रूपमा लोडसेडिङ भएको बुझाइ अधिकांशको छ । यो गुनासो शुक्रबार प्राधिकरणसम्मै पुग्यो । शाक्यले श्वेतपत्र जारी गर्न बोलाएको पत्रकार सम्मेलनमा एक सर्वसाधारणले पछिल्लो पटक नियमित लोडसेडिङ भएको गुनासो गर्दै लोडसेडिङको तालिका नै सार्वजनिक गर्न शाक्यसमक्ष आग्रह गरे । प्रश्नोत्तर सत्रमा फ्लोरबाट प्रश्न राख्दै ती सहभागीले भने,‘पछिल्लो समय लोडसेडिङ भइरहेको छ, अघोषित लोडसेडिङ हुनुभन्दा तालिका नै सार्वजनिक गर्दा राम्रो होला,’ उनले कार्यक्रममा भने । उनको सो प्रश्नपछि प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले पहिलाको तुलनामा बढी बिजुली जाने समस्या नरहेको सुनाए । ‘विभिन्...
झापा र चितवनमा पेट्रोलियम पाइपलाइन विस्तार हुँदै

झापा र चितवनमा पेट्रोलियम पाइपलाइन विस्तार हुँदै

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति
भारतको इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नेपालमा बनाउने लागेको दुई पेट्रोलियम पाइपलाइन र एउटा ग्रिनफिल्ड टर्मिनल निर्माण प्रक्रिया अघि बढिसकेको छ। नेपालमा पेट्रोलियम पदार्थको आपूर्ति सहज गर्न भारतको सिलुगढीदेखि झापाको चारआलीसम्म र बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म दुईवटा पेट्रोलियम पाइपलाइन र झापामा ग्रिनफिल्ड टर्मिनल (भण्डारण स्थल) बनाउन विस्तृत परियोजना प्रतिवेदन (डीपीआर), वातावरणीय प्रभाव मूल्यांकन (ईआईए), साइट क्लियर लगायतको प्रक्रिया अगाडि बढिसकेको नेपाल आयल निगम, आपूर्ति तथा वितरण विभागका उपनिर्देशक तथा प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए। प्रवक्ता ठाकुरले भने, ‘अबको प्रक्रिया भनेको टेन्डर हो, त्यसपछि काम सुरु हुन्छ, त्यसका लागि आईओसीले ६ महिनाको समय मागेको छ।’ झापामा ग्रिनफिल्ड टर्मिनल निर्माण स्थलको जग्गा फिलिङ, बाउन्डरी वाल लगायतको...
बझाङको मयाना गाउँ – अझै भएन विकासको अनुभुती

बझाङको मयाना गाउँ – अझै भएन विकासको अनुभुती

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ । जयपृथ्वी नगरपालिकाको वडा नम्बर ११ अन्तर्गत पर्ने मयाना गाउँ, नामको नगरपालिका भए पनि अवस्था भने अझै दुर्गम गाउँकै छ । सदरमुकाम चयनपुरबाट जम्मा १२–१३ किलोमिटरको दूरीमा भए पनि यो गाउँ विकासको सूचीमा कहिल्यै परेन । स्वास्थ्य, शिक्षा, खानेपानी, यातायात जस्ता आधारभूत सेवा सुविधाको चरम अभाव रहेको मयानालाई नगरपालिका र वडाले विकासको सन्दर्भमा निरन्तर उपेक्षा गर्दै आएको स्थानीयहरूको गुनासो छ । वडाध्यक्ष सर्जन थापा एमालेबाट निर्वाचित छन् भने पालिका प्रमुख चेतराज बजाल नेपाली कांग्रेसबाट । राजनीतिक भिन्नताले गर्दा मयनाबासीहरूलाई सेवा र विकासका नाममा निराशा मात्रै बाँडिएको छ । काँग्रेस समर्थकहरूले वडाध्यक्षले ‘भोट नदिएको’ भन्दै सिफारिसदेखि सेवा रोकेको आरोप लगाउँछन् भने एमाले कार्यकर्ताहरू पालिका प्रमुखले एमालेको वडा भनेर बजेट विनियोजनमै सौतेनी व्यवहार गरेको दाबी गर्छन् । राज्यले भ्यू टावरद...
रास्वपा सुदूरपश्चिम प्रदेश सभापति विष्टलाई कारबाही गर्न सिफारिस

रास्वपा सुदूरपश्चिम प्रदेश सभापति विष्टलाई कारबाही गर्न सिफारिस

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति
धनगडि—राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेश सभापति प्रकाश विष्टलाई कारबाहीको सिफारिस गरिएको छ तत्कालीन सहमहामन्त्री एवं सांसद सुमना श्रेष्ठ र पार्टीबाट निष्कासित पूर्वमहामन्त्री मुकुल ढकालसँग मिलेर पार्टी चलाएको आरोपमा विष्टलाई प्रदेशका ९ जिल्ला सभापतिले कारबाहीको सिफारिस गरेका हुन् ।उनीमाथि विधानविपरीत पदाधिकारी मनोनीत गरेको, फरक मत राख्नेलाई पदबाट हटाउने, अधिवेशनकेन्द्रित राजनीति गर्ने, पार्टीभित्र गुटबन्दी गर्ने, प्रदेश पदाधिकारी मनपरी तरिकाले नियुक्त गर्ने/हटाउने, प्रदेश समिति बैठकका नक्कली कागजात तयार गरी कागजजी प्रमाण तयार गर्ने, पटक-पटक पार्टी नेतृत्वलाई धोका दिएको लगायतका ११ बुँदे आरोप छ । विष्टमाथि कारबाही प्रक्रिया अघि बढाउन प्रदेश इन्चार्ज एवं सांसद हरि ढकाललाई निवेदनसमेत दिइएको छ । सुदूरपश्चिमबाट दिपक बोहरा (डडेलधुरा) , विजय जैरु (कञ्चनपुर) र प्रतिभा रा...
विप्लव भ्रष्टाचारीलाई ठोक्दै, प्रहरी विप्लवलाई खोज्दै

विप्लव भ्रष्टाचारीलाई ठोक्दै, प्रहरी विप्लवलाई खोज्दै

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : ठेकेदार निर्माण सेवाले सिमेन्टमा माटाे मिसावट गरेकाे भेटिए पछि विप्लवले यस्तो नगर्न चेतावनी दिएको छ । बझाङ जिल्लाकाे दुर्गाथली गाउँपालिकाकाे मोरिबगर देखि चुवावन दौला जोड्ने सडकखण्ड अन्तर्गत ग्वालेखमा जारी निर्माण कार्यलाई स्थानीय बस्ती जोखिममा परेको भन्दै नेपाल कम्युनिस्ट पार्टी नेकपा बिप्लव समूह बझाङले यस्तो नगर्न चेतावनी दिएको थियाे । स्थानीय बासिन्दाहरूले ग्वाल्लेक निर्माण सेवालाई पटक–पटक आग्रह गर्दा पनि बस्तीलाई दीर्घकालीन रूपमा सुरक्षित बनाउने खालको पूर्वाधार नबनाइएको भन्दै स्थानीयहरुले पटकपटक असन्तुष्टि जनाउँदै आएका थिए । स्थानीय र विप्लव बझाङकाे माग थियो कि निर्माण स्थलमा डबल नालाको व्यवस्था गरिनुपर्छ, ताकि बस्तीमा बाढी तथा भुक्ष्यजन्य जोखिम न्यूनीकरण हाेस । तर यता निर्माण कम्पनीले लापरबाही गरेको देखिन्छ । यतिमात्र हैन, सम्बन्धित निर्माण सेवाले नागरिकको गम्भीर माग...
एमालेले आफ्ना सदस्य संख्या साढे सात लाख पुर्याउने

एमालेले आफ्ना सदस्य संख्या साढे सात लाख पुर्याउने

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार
काठमाडौं : नेकपा एमालेले पार्टीको आगामी विधान महाधिवेशनसम्ममा सदस्यता सङ्ख्या सात लाख ५० हजार पुर्‍याउने जनाएको छ । एमालेले यस वर्षलाई पार्टीको आन्तरिक जीवनको वर्षको रूपमा लिएको जनाउँदै सङ्गठन विभाग सचिव माधव ढुङ्गेलले पार्टीको विधान महाधिवेशनसम्म पार्टी सदस्यता कुल मतदाताको ६ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको बताएका हुन्। उनका अनुसार पार्टी सदस्यता यही वैशाखभित्र प्रदेश कमिटीलाई पठाउन निर्देशन दिएको छ । उनले भने,'नयाँ पार्टी सदस्यता र नवीकरण यही वैशाखभित्र सम्पन्न गरी प्रदेश कमिटीलाई बुझाउन जिल्ला कमिटीलाई निर्देशन दिएका छौँ । त्यसपछि जेठको पहिलो सातासम्म प्रदेश कमिटीले केन्द्रीय कार्यालयमा सदस्यता विवरण बुझाउन भन्छौँ ।' सचिव ढुङ्गेलले हाल पार्टी सदस्यता पाँच लाख ५० हजार रहेको जानकारी दिए । एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म विधान मह...
एमाले बैतडी जिल्ला सचिवालय सदस्य विष्ट माओवादी केन्द्र प्रवेश, प्रचण्डले गरे स्वागत

एमाले बैतडी जिल्ला सचिवालय सदस्य विष्ट माओवादी केन्द्र प्रवेश, प्रचण्डले गरे स्वागत

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, बैतडी, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर:  सत्तारुढ नेकपा एमालेको बैतडी जिल्ला कमिटी सचिवालय सदस्य काशी सिह विष्ट माओवादी केन्द्र प्रवेश गरेका छन् । दोगडाकेदार गाउँपालिकाका पूर्व गाउँ कमिटी अध्यक्ष विष्ट बुधबार एमाले छाडेर माओवादी प्रवेश गरेका छन । विष्टलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले टिका लगाएर पार्टी प्रवेश गराए । माओवादी केन्द्रको तराई–मधेस जागरण अभियान’ अन्तर्गत हुलाकी राजमार्ग केन्द्रित कार्यक्रममा समापन समारहोमा विष्टले माओवादी प्रवेश गरेका छन् ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज