Advertisement

ताजा अपडेट

एनपीएलमा सुदूरपश्चिम रोयल्सको लगातार छैटौं जित, चितवन राइनोज ४९ रनले पराजित

एनपीएलमा सुदूरपश्चिम रोयल्सको लगातार छैटौं जित, चितवन राइनोज ४९ रनले पराजित

Breaking News 1, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले लगातार छैटौं खेलमा पनि जित हासिल गरेको छ । आज भएको खेलमा सुदूरपश्चिमले चितवन राइनोजलाई ४९ रनले हराउँदै लगातार छैटौं जित हासिल गरेको हो । सुदूरपश्चिमले दिएकाे १ सय ७० रनकाे लक्ष्य पछ्याएकाे चितवन १७ ओभर १ बलमा १ सय २० रनमा अलआउट भयो । चितवनका रवि बोपराले २९ र देव खनालले २८ रन बनाए । सुदूरपश्चिमका पुनीत मेहराले ३, दीपेन्द्रसिंह ऐरी, हिकमत महरा, अविनाश बोहरा, इसान पाण्डेले समान १ विकेट लिए । त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले ४ विकेट गुमाएर १ सय ६९ रन बनायो । सुदूरपश्चिमका क्रिस लिनले सबैभन्दा धेरै ७५, आरिफ शेख र कप्तान दीपन्द्रसिंह ऐरीले समान २४ रन बनाए । चितवनका सैफ जैबले २, रञ्जित कुमार र जर्ज स्क्रिमशाले समान १ विकेट लिए । सुदूरपश्चिम यसअघि नै तालिकाको शीर...
एनपीएलमा आज २ वटा खेल हुँदै, काठमाण्डु र पोखरा तथा सुदूरपश्चिम र चितवन भिड्ने

एनपीएलमा आज २ वटा खेल हुँदै, काठमाण्डु र पोखरा तथा सुदूरपश्चिम र चितवन भिड्ने

Breaking News 1, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा आज हुने पहिलो खेलमा बिहान पौने १२ बजे काठमाण्डु गोर्खाज र पोखरा एभेञ्जर्स खेल्दैछन् । लिग चरणको आफ्नो अन्तिम खेलमा काठमाण्डुले जिते ‘प्ले अफ’मा पुग्नेछ । काठमाण्डु ६ खेलमा ४ जीत र ३ हारसहित ८ अङ्क जोड्दै तालिकाको दोश्रो स्थानमा छ । पोखराको पनि ‘प्ले अफ’मा पुग्ने सम्भावना कायमै छ । पोखराको अन्तिम खेल चितवन राइनोजसँग छ । आज काठमाण्डुलाई र आफ्नो अन्तिम खेलमा चितवनलाई हराए मात्रै पोखराको ‘प्ले अफ’मा पुग्ने सम्भावना रहन्छ । पोखरा ५ खेलमा २ जीत र ३ हारसहित ४ अङ्क जोड्दै चौथो स्थानमा छ । यस्तै आजै हुने अर्को खेलमा दिउँसो सुदूरपश्चिम रोयल्स् र चितवन राइनोज खेल्दैछन् । सुदूरपश्चिम यसअघि नै लगातार ५ खेल जित्दै तालिकाको शीर्ष स्थानमा रहँदै ‘प्ले अफ’ पुग्ने पहिलो टोली बनिसकेको...
सुदूरपश्चिमेली नेपाली समाज यूएईद्वारा उपचारार्थ साउँदको उद्धार

सुदूरपश्चिमेली नेपाली समाज यूएईद्वारा उपचारार्थ साउँदको उद्धार

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कैलालीको वौनिया घर भएका २३ वर्षीय जगत साउँदलाई उपचार खर्च अभावमा थप समस्या बढेपछि सुदूरपश्चिमेली नेपाली समाज यूएईले उद्धार गरी नेपाल पठाएको छ। रोजगारीका लागि यूएई पुगेका साउद अवैधानिक रुपमा अबुधाबीमा बस्दै आएका थिए। ब्लड क्यान्सर (रगतको क्यान्सर) देखिएपछि कलेजो पूर्ण रूपमा क्षति भएका साउँद बुर्जिल अस्पताल, अबुधाबी मा उपचाररत थिए। तर उच्च उपचार खर्च बेहोर्न नसकिएको कारण समाजले आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरेको थियो। समाजका अध्यक्ष प्रकाश दत्त बडुका अनुसार संकलित रकमबाट आवश्यक प्रक्रिया पूरा गर्दै आज बिहान ४:१० बजेको नेपाल एयरलाइन्सको उडानमार्फत साउदलाई नेपाल पठाइएको हो। अध्यक्ष बडुले सहयोग अभियानमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ दिने सबैप्रति आभार व्यक्त गर्दै यूएईमा समस्यामा पर्ने सुदूरपश्चिमेली नेपालीका लागि सँगै उभिन समाज सधैँ तत्पर रहने प्रतिबद्धता जनाए। यसैबीच विरामी साउदका ल...
मधेशका मुख्यमन्त्री यादवले आज विश्वास लिँदै

मधेशका मुख्यमन्त्री यादवले आज विश्वास लिँदै

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ- मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले बुधवार विश्वास लिँदै छन्। उनले बुधबार बिहान ८ ३० बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने तयारी गरेका छन्। सात दलले विपक्षी बनाएको प्रदेश सभालाई सोमबार राति साढे ८ बजे र प्रदेश प्रमुख कार्यालयलाई मंगलबार बिहान सवा ११ बजे नै सर्वोच्चले परमादेशसहितको पत्र पठाएको थियो। सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेसँगै प्रतिपक्षी दलले शीघ्र प्रदेश सभाको बैठक बोलाउन माग गरेका थिए। नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सबैभन्दा ठूलो दलको हैसियतमा नियुक्त भएका मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिनु पर्ने परमादेशमा उल्लेख छ। विश्वासको मत प्राप्त गर्न नसके उपधारा २ बमोजिम सरकार गठनको बाटो परमादेशले खुला गरिदिएको छ। मुख्यमन्त्री यादवको नियुक्ति असंवैधानिक रहेको भन्द...
अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रमसहित मनाइँदै

अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रमसहित मनाइँदै

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ- अपाङ्गता भएका व्यक्तिहरूको ३४औँ अन्तर्राष्ट्रिय दिवस आज देशभर विभिन्न कार्यक्रमहरू गरी मनाइँदैछ। सरकारदेखि विभिन्न सरोकारवाला संस्था र संघ–संस्थाहरूले दिवसको अवसरमा जनचेतनामूलक कार्यक्रम आयोजना गरिरहेका छन्। संयुक्त राष्ट्रसंघले १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ मा यो दिवस मनाउन सुरु गरेको हो। यस वर्षको नारा ‘अपाङ्गता समावेशी समाजको प्रवर्द्धन: सामाजिक उन्नतिको संवर्द्धन’ तय गरिएको छ। अपाङ्गता भएका व्यक्तिहरूलाई कार्यालय, विद्यालय, सार्वजनिक यातायात, सडक, पार्क, धार्मिकस्थल तथा अन्य संरचनाहरूमा सहज पहुँच हुने गरी मैत्रीपूर्ण भौतिक पूर्वाधार निर्माण गर्न आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्। यसै अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा अपाङ्गता सम्बन्धी संवैधानिक तथा कानुनी प्रावधानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले शिक्षा, स्वास्थ्य र रो...
एनपीलएलमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्स खेल्दै

एनपीलएलमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्स खेल्दै

Breaking News 1, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाण्डौ- नेपाल प्रिमियर लिग (एनपीलएल) क्रिकेटमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्सले खेल्दैछन् । सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर र रोहित पौडेलको कप्तानी रहेको लुम्बिनीबीचको खेल त्रिवि त्रिकेट रंगशालामा दिउँसो ४ बजे शुरू हुनेछ । दुवै टोलीले आज आफ्नो छैटौं खेल खेल्दैछन् । विराटनगरले यसअघिका पाँच खेलमध्ये चार खेल जितेको छ भने एउटा खेल हारेको छ । विराटनगर ८ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा छ । लुम्बिनीसँगको आजको खेलमा विराटनगरमा आवद्ध दक्षिण अफ्रिकाका ब्याटर फाप डु प्लेसिसले खेल्न सक्ने सम्भावना छ । एनपीएल क्रिकेटमा लुम्बिनी लायन्सले भने यसअघिका पाँचमध्ये २ खेल मात्रै जितेको छ । ४ अंकका साथ लुम्बिनी अंक तालिकाको छैटौं स्थानमा छ । प्लेअफमा पुग्ने सम्भावना कायमै राख्न लुम्बिनीका लागि आजको खेलमा पनि जीत महत्त्वपूर्ण छ । आठ टोली सहभागी दोस्रो संस्करणको एनपीएल क्रिकेटमा...
मधेशका मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको परमादेश

मधेशका मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको परमादेश

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाण्डौ- सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेको हिजोको इजलासले २४ घण्टाभित्र विश्वासको मत लिन लगाउन प्रदेश प्रमुख यादवको नाममा परमादेश जारी गरेको हो । ‘मुख्यमन्त्री नियुक्तिको विषय विलम्ब नगरी यथाशीघ्र टुङ्गो लगाउन वाञ्छनीय देखिएकाले प्रस्तुत आदेश प्राप्त भएको मितिले २४ घण्टाभित्र मुख्यमन्त्रीमा नियुक्त सरोजकुमार यादवलाई नेपालको संविधानको धारा १६८(४) बमोजिमको विश्वासको मत लिने प्रस्ताव मधेश प्रदेशसभामा निर्णयार्थ पेस गरी गराई विश्वासको मत प्राप्त गरेमा सोहीबमोजिम गर्नु,’ आदेशमा भनिएको छ, ‘प्राप्त गर्न नसके माथि प्रकरणमा उल्लेख भएबमोजिम नेपालको संविधानको धारा १६८ (२) बमोजिम सरकार गठन वा मुख्यमन्त्री नियुक्त हुने विकल्प समेतका विषयमा आवश्यक र उपयुक्त पहल गरी अ...
बङ्गालको खाडीको प्रभावले देशभर मौसम बदली

बङ्गालको खाडीको प्रभावले देशभर मौसम बदली

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ- काठमाडौँ उपत्यकासहित देशका धेरै स्थानमा आज बिहानदेखि मौसम बदली भएको छ। कोशी, मधेश र वाग्मती प्रदेशमा बङ्गालको खाडीको दक्षिण–पश्चिम भाग र भारतको तमिलनाडु आसपास विकसित न्यून चापीय प्रणालीको आंशिक प्रभाव परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने अपेक्षा छ। मौसम बदलीसँगै चिसो पनि बढेको छ। काठमाडौँ उपत्यकामा आज बिहान न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ।...
एनपीएलमा आज दुई वटा खेल हुँदै, चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई वटा खेल हुँदै, चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

Breaking News 1, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा आज हुने पहिलो खेलमा बिहान पौने १२ बजे चितवन राइनोज र जनकपुर बोल्ट्स खेल्दैछन् । चार खेलबाट दुई खेल जितेको चितवन यो खेल जितेर प्लेअफको सम्भावना बलियो बनाउन चाहन्छ । चितवनको ४ खेलमा २ जीत र २ हारसहित ४ अङ्क जोड्दै तालिकाको चौथो स्थानमा छ । लगातार चार खेल हारेर अङ्कविहीन हुँदै पुछारमा रहेको जनकपुर आजको खेल जितेर प्लेअफको दौडमा कायमै रहने लक्ष्यमा छ । यस्तै आजै हुने अर्को खेलमा दिउँसो ४ बजे पोखरा एभेन्जर्स र कर्णाली याक्स खेल्दैछन् । दुवै टोलीका लागि आजको खेल प्लेअफ पुग्न महत्त्वपूर्ण छ । पोखरा ४ खेलमा १ जीत र ३ हारसहित २ अङ्क जाड्दै सातौं स्थानमा छ । कर्णालीका लागि भने आजको खेल जित्नैपर्ने छ । कर्णाली ५ खेलमा १ जीत र ४ हारसहित २ अङ्क जोड्दै छैटौं स्थानमा छ । प्रतियोगितामा अहिलेसम्म अपराजि...
६ दशकपछि सुनकुडा माविले पहिलोपटक औपचारिक रूपमा वार्षिकोत्सव मनायो, विज्ञान प्रदर्शनीमा भैरव मावि झोता प्रथम

६ दशकपछि सुनकुडा माविले पहिलोपटक औपचारिक रूपमा वार्षिकोत्सव मनायो, विज्ञान प्रदर्शनीमा भैरव मावि झोता प्रथम

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, शिक्षा, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको बित्थडचिर गाउँपालिका-९ मा रहेको सुनकुडा माध्यमिक विद्यालयले स्थापना भएको ६ दशकपछि वार्षिकोत्सब मनाएको छ । विद्यालयले पहिलोपटक औपचारिक रुपमा ६४ औं वार्षिकोत्सब मनाएको हो । २०१७ सालमा स्थापना भएको विद्यालयले सप्ताहव्यापी विविध कार्यक्रम सम्पन्न गर्दै सोमबार एक विशेष समारोहकाबीच वार्षिकोत्सव मनाएको विद्यालय प्रशासनले जनाएको छ। वार्षिकोत्सवलाई लक्षित गर्दै विद्यालयले विज्ञान सामग्री प्रदर्शनी कार्यक्रम आयोजना गरेको थियोे । उक्त प्रदर्शनीमा जिल्लाका ९ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको थियो। विद्यार्थीमा विज्ञानप्रतिको रुचि तथा व्यवहारिक ज्ञान अभिवृद्धि गराउन आयोजना गरिएको प्रदर्शनीमा भैरव माध्यमिक विद्यालय झोता प्रथम, आयोजक विद्यालय सुनकुडा द्वितीय, शिक्षोदय माध्यमिक विद्यालय बागथला तृतीय, र जनप्रिय माध्यमिक विद्यालय बगडगाउँ सान्त्वना भएको विद्यालयले जनाएको छ। प्रदर्शनी...
एसीसी यू–१९ प्रिमियर कपको उपाधिका लागि आज नेपाल र यूएईबीच प्रतिस्पर्धा हुँदै

एसीसी यू–१९ प्रिमियर कपको उपाधिका लागि आज नेपाल र यूएईबीच प्रतिस्पर्धा हुँदै

Breaking News 1, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- एसीसी यू–१९ पुरुष प्रिमियर कपको उपाधिका लागि आज नेपाल र घरेलु टोली युनाइटेड अरब इमिरेट्स (यूएई)बीच प्रतिस्पर्धा हुँदैछ। लगातार दोस्रो पटक उपाधि जित्ने लक्ष्यसहित यूएई पुगेको नेपाली यू–१९ टिम आज घरेलु टोलीसँग आमनेसामने हुँदैछ। यूएईको अमजानमा हुने फाइनल खेल बिहान १०:४५ बजे सुरू हुनेछ। प्रतियोगिताभर शानदार प्रदर्शन गर्दै नेपाल अपराजित रूपमा फाइनलसम्म पुगेको हो। समूह चरणमा नेपालले साउदी अरेबिया र हङकङलाई ठूलो अन्तरले हराउँदै सेमिफाइनल यात्रा सुनिश्चित गरेको थियो। समूह ‘सी’ विजेता नेपालले सेमिफाइनलमा मलेसियासँग प्रतिस्पर्धा गरेको थियो, जहाँ नेपालले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै मलेसियालाई ५१ रनमै समेटेको थियो। अब नेपाली टिम लगातार दोस्रो उपाधि जित्ने लक्ष्यमा छ। उता, अर्को फाइनलिस्ट यूएईले ओमानलाई ८ विकेटले हराउँदै नेपालसँगको भिडन्त सुनिश्चित गरेको हो।...
बझाङ क्षेत्र नं- २ मा इलाका प्रशासन कार्यालय कहाँ स्थापना गर्ने भन्ने विषय दिनप्रतिदिन विवादित, देउराबासीद्वारा ५ दिनभित्र समाधानको माग

बझाङ क्षेत्र नं- २ मा इलाका प्रशासन कार्यालय कहाँ स्थापना गर्ने भन्ने विषय दिनप्रतिदिन विवादित, देउराबासीद्वारा ५ दिनभित्र समाधानको माग

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको क्षेत्र नं–२ मा स्थापना गरिने भनिएको इलाका प्रशासन कार्यालय स्थापनाका लागि स्थान चयनको विषयलाई लिएर विवाद चर्किदै गएको छ। झोता, देउरा र बागथलाका स्थानीयबासीले आफ्नै बस्तीमा कार्यालय हुनुपर्ने भन्दै छुट्टाछुट्टै माग राखिरहेकाले विषय झनै जटिल बन्दै गएको हो। सरकारले इप्रका  स्थापना प्रक्रियालाई अघि बढाएपछि झोता र देउराबासीले कार्यालय आफ्नै क्षेत्रमा स्थापना गर्नुपर्ने माग गर्दै विभिन्न संघर्ष कार्यक्रम समेत सञ्चालन गरेका थिए। उनीहरूले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र पनि बुझाइसकेका छन्। तर अहिलेसम्म कार्यालय कहाँ स्थापना गर्ने भन्नेमा कुनै टुंगो लाग्न सकेको छैन। यसैबीच, मंसिर १२ गतेदेखि बागथलाबासीले कार्यालय बागथलामै स्थापना गर्नुपर्ने मागसहित एक घण्टासम्म सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका छन्। एउटै कार्यालयका लागि तीन ठाउँबाट माग उठेपछि विवाद थप चर्किएको छ। यही विषयम...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज