युवा विहीन गाउँबस्ती
सुशील ओखेडा- भारत।
आज हाम्रा गाउँबस्ती युवाविहीन भएका छन् । त्यहाँ देखिएका दृश्यले नेपालको भविष्य कता जाँदै छ भन्ने दिशा निर्देश गर्दछ । युवालाई सरकारी र गैरसरकारी क्षेत्रबाट गुणस्तरीय शिक्षा, स्वास्थ्य, मर्यादित रोजगारी, रोजगारीका अवसरहरू, सार्वजनिक जीवन र नीति निर्माणका विभिन्न मञ्चमा सहभागिता एवं अन्य विषयको खाँचो पर्छ।
आवश्यकताका क्षेत्रमा युवालाई जोखिम कम गर्न तत् क्षेत्रमा तीव्र र व्यवस्थित सेवा प्रवाह जरुरी हुन्छ। न्यून गुणस्तरीय वैदेशिक रोजगारीमा निर्भरता कम गर्न र त्यताबाट फर्किएकालाई समायोजन गर्न सरकारका कार्यक्रममा सुधार गरी संस्थागत र सामाजिक अवरोधलाई हटाउँदै देशभित्र रोजगारीका अवसर सिर्जना गर्नु पर्छ।
राज्यका हरेक तहमा युवा प्रतिनिधित्व, युवाको नेतृत्व विकास तथा दक्षता अभिवृद्धि, युवालाई राज्यको मूलप्रवाहमा ल्याउने, समग्र क्षेत्रका नीतिहरूलाई युवामैत्री बनाइनु पर्छ । ...












