चौकुनेका अध्यक्ष विकद्वारा अनाथ बालबालिकालाई दशैं उपहार: लुगाकपडा र खसी प्रदान
सुर्खेत- दशैंको अवसरमा चौकुने गाउँपालिकाका अनाथ बालबालिकालाई नयाँ लुगाकपडा र खसी प्रदान गरिएको छ। चौकुने गाउँपालिका–७ स्थित अनाथ बालगृहमा आश्रय लिइरहेका बालबालिकालाई गाउँपालिका अध्यक्ष खड्क विक (विवश) ले व्यक्तिगत पहलमा उपहार स्वरूप कपडा र खसी दिएका हुन्।
अध्यक्ष विकले बालबालिकालाई पसलमै लगेर उनीहरूले मनपर्ने कपडा रोजेर किनिदिएका छन्। उनले यसअघि पनि प्रत्येक प्रमुख चाडपर्वमा अभिभावकविहीन बालबालिकालाई सहयोग गर्दै आएको जनाउँदै यस वर्ष पनि उनीहरूलाई हर्षोल्लासपूर्वक दशैं मनाउन सहयोग गरिएको बताए।
“यी बालबालिका समाजकै अमूल्य सम्पत्ति हुन्। अभिभावकको अभावले उनीहरूलाई चाडपर्वमा वञ्चित हुन नदिनु हाम्रो साझा जिम्मेवारी हो,” अध्यक्ष विकले भने।
त्यस्तै, अध्यक्ष विकले यसपटक दशैं पनि अनाथ बालबालिकासँगै मनाउने योजना रहेको बताए। स्थानीयवासीले विकको यस्तो पहलले समाजमा अभिभावकविहीन बालबालिकाप्रति ...




