बझाङमा मृतकको शव प्रहरीद्वारा ६ दिनपछि उद्धार
बझाङ- बझाङको दुर्गम साईपाल गाउँपालिका–२ राईढुङ्गीमा गत साउन २३ गते भएको झडपमा एक जनाको ज्यान गयो । जडीबुटी संकलनका लागि राईढुङ्गी पुगेका जाजरकोट भेरी नगरपालिका–६ का २२ वर्षीय महेन्द्रराज भण्डारीको ढुङ्गा प्रहारबाट ज्यान गएको हो।
घटना अत्यन्त दुर्गम तथा नेटवर्क नलाग्ने क्षेत्रमा भएकाले प्रहरीलाई साउन २४ गते मात्र जानकारी प्राप्त भएको थियो। सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको टोलीले सदरमुकामबाट घटना स्थल पुग्न तीन दिनको कठिन यात्रा गरेको थियो। शव उद्धार गरी सदरमुकाम ल्याउन कुल ६ दिन लागेको जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी खगेन्द्र धमलाले जानकारी दिए। उद्धार गरिएको शव मृतकका आफन्तलाई बुझाइएको छ।
कठिन परिस्थितिमा उद्धार कार्य सम्पन्न गर्ने प्रहरीलाई जिल्ला प्रहरी कार्यालयले पुरस्कारसहित सम्मान गरेको छ। ढुङ्गा प्रहार गर्ने जाजरकोटका २३ वर्षीय चन्द्रबहादुर पुन प्रहरी निय...




