Advertisement

Author: माहाओम राज जोशी

माहाओम राज जोशी यस कामना टेलिभिजनको अन्लाइन पत्रीका कामना टुडेका सम्पादक हुनुहुन्छ | त्रीभुवन विश्वविद्यालय बाट फार्मेशी विषयमा स्नातक गर्नु भयका उनले समय सार्न्दर्भिक तथा स्वास्थ्य क्षेत्रमा कलम चलाउछन ।
कैलाली र डडेल्धुराबाट साढे ४ लाख नगदसहित ३७ जना पक्राउ

कैलाली र डडेल्धुराबाट साढे ४ लाख नगदसहित ३७ जना पक्राउ

समाचार
१६ कात्तिक, धनगढी । कैलाली र डडेल्धुराबाट साढे ४ लाख बढी नगदसहित ३७ जना पक्राउ परेका छन् । कैलालीबाट ९ र डडेल्धुराबाट २८ जनालाई चार लाख ६८ हजार रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । कैलालीको घोडाघोडी नगरपालिका–६ अस्नाराका सहदेब भट्टको कुखुरा फर्ममा जुवातास खेलिरहेको अवस्थामा ३२ वर्षीय नेत्र साउदसहित ९ जनालाई पक्राउ गरिएको छ । उनीहरुको साथबाट २६ हजार ४२० रुपैयाँ नगद र तास बरामद गरिएको प्रहरीले जनाएको छ । यस्तै, डडेल्धुराको गन्यापधुरा गाउँपालिका–३ को गोयल खेतका ३२ वर्षीय दिपक देउवाको घरमा जुवातास खेलिरहेका २८ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार उनीहरुको साथबाट ४ लाख ४१ हजार ८६९ रुपैयाँ नगद र १६ गड्डी तास बरामद भएको छ । पक्राउ परेकाहरुलाई नियन्त्रणमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।...
अछाममा एक जना चरेससहित पक्राउ

अछाममा एक जना चरेससहित पक्राउ

समाचार
अछामः अछाममा एक जना चरेससहित पक्राउ परेका छन्। जिल्लाको साँफेबगर नगरपालिका–३ टोटासालका ५८ वर्षीय पुरन कुँवरलाई ३० ग्राम लागुऔषधसहित बिहीवार दिउँसो प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय साँफेबगरबाट खटिएको प्रहरीले उनले संचालन गरेको किराना पसलबाट पक्राउ गरेको हो। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
अछाममा एक जना चरेससहित पक्राउ

अछाममा एक जना चरेससहित पक्राउ

समाचार
अछामः अछाममा एक जना चरेससहित पक्राउ परेका छन्। जिल्लाको साँफेबगर नगरपालिका–३ टोटासालका ५८ वर्षीय पुरन कुँवरलाई ३० ग्राम लागुऔषधसहित बिहीवार दिउँसो प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय साँफेबगरबाट खटिएको प्रहरीले उनले संचालन गरेको किराना पसलबाट पक्राउ गरेको हो। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
चितवन राष्ट्रिय निकुञ्जमा साउनयता १० वटा गैंडा मृत फेला, कात्तिकमा मात्रै ४ को मृत्यु

चितवन राष्ट्रिय निकुञ्जमा साउनयता १० वटा गैंडा मृत फेला, कात्तिकमा मात्रै ४ को मृत्यु

समाचार
चितवन —चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासको मध्यवर्ती क्षेत्रमा साउनयता हालसम्म १० गैंडा मृत भेटिएका छन् । चितवन निकुञ्ज कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार कात्तिक १ गतेयता मात्रै ४ वटा गैंडा मृत फेला परेका हुन् । निकुञ्जका सूचना अधिकारी रहेका संरक्षण अधिकृत अविनास थापा मगरले मृत फेला परेकामध्ये सबै गैंडाको खाग र खुर भेटिएका कारण उनीहरुको मृत्यु चोरी सिकारीका कारण नभएको बताए । गैंडा लोप हुने अवस्थामा पुगेको दुर्लभ वन्यजीव हो । नेपालमा चितवनमा सवैभन्दा धेरै गैंडा पाइन्छ । चितवन निकुञ्जको पश्चिम क्षेत्र भिम्ले पोस्टनजिक पोकली घोलमा कात्तिक १३ गते मंगलबार बिहानपख गस्तीमा गएको निकुञ्ज र सेनाको संयुक्त टोलीले अन्दाजी २५ वर्षको मृत गैंडा भेटाएको थियो । उक्त पोथी गैंडा दलदलमा परेर मरेको सूचना अधिकारी अविनास थापा मगरले बताए । यसअघि कात्तिक ६ मा निकुञ्जको पश्चिम क्षेत्र म...
एकै दिनमा ५० किलो सुन बिक्री, पाँच वर्षयताकै उच्च कारोबार

एकै दिनमा ५० किलो सुन बिक्री, पाँच वर्षयताकै उच्च कारोबार

समाचार
सुन व्यवसायीहरू अहिले उत्साहित बनेका छन्। मंगलबार एकैदिन ५० किलो भन्दा बढीको सुनको बिक्री गरेपछि व्यवसायीहरू उत्साहित बनेका हुन्। व्यवसायीहरूका अनुसार वर्षमा १० प्रतिशत बढी सुनको बिक्री धनतेरसको दिन हुने गरेको छ। धनतेरसको दिन घरमा सुन तथा चाँदी भित्र्याउने भन्दै सर्वसाधरणदेखि ठूला व्यापारीहरूले खरिद गर्ने गरेको कारण यस दिन बढी बिक्री हुने गर्छ। कोभिडपछि (२०७६ पछि) भने धनतेरसको दिन पनि सुनको बिक्री अपेक्षित हुन सकेको थिएन। गत वर्षदेखि सुनको मूल्य अत्याधिक बढेको कारण पनि यो वर्ष धेरै कारोबार नहुने बुझाइ व्यापारीहरूको थियो। तर, यो वर्ष विगत ५ वर्ष यताकै उच्च बिक्री भएको दाबी व्यापारीहरूको छ। ‘सामान्य दिनमा अहिले सुनको बिक्री नै हुन छाडेको थियो, धनतेरसको दिन कारोबार बढेपनि धेरै हुँदैन भन्ने नै थियो, ’ नेपाल सुन चाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्‍न शाक्‍यले भने ६० वर्षदेखि ...
पाल्पामा दुईवटा ट्रक ठोक्किँदा चालकको ज्यान गयो

पाल्पामा दुईवटा ट्रक ठोक्किँदा चालकको ज्यान गयो

समाचार
  पाल्पाको रम्भा गाउँपालिका ३ अगाहखोलामा एउटा ट्रकले अर्को ट्रकलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । बुटवलबाट पोखरा जाँदै गरेको लु१ख ९३५१ नम्बरको ट्रकले गए राति करिब ११ बजे ना१क ७१२१ नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिँदा ९३५१ नम्बरको ट्रक चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा रम्भा गाउँपालिका ३ बस्ने २३ वर्षीय भुवन सिंह राना रहेको प्रहरीले जाएको छ । ट्रकका सहचालक स्याङ्जाको वालिङ नगरपालिका १० बस्ने २१ वर्षीय सन्जित खवास थापाको हातमा चोट लागेको छ । उनको अवस्था सामान्य छ । ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।...
चिकित्सा शिक्षा पढाउन सुदूरपश्चिमका अस्पताल गेटामा गाभ्ने तयारी

चिकित्सा शिक्षा पढाउन सुदूरपश्चिमका अस्पताल गेटामा गाभ्ने तयारी

समाचार
धनगढी —कैलालीको गेटास्थित प्रस्तावित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा यथाशक्य चाँडो चिकित्सा शिक्षाको पठनपाठन सुदूरपश्चिमका अस्पताल संघ सरकारलाई हस्तान्तरण गर्न प्रदेश सरकार तयार भएको छ । प्रादेशिक अस्पतालहरू हस्तान्तरण गर्न तयार रहेको जानकारी दिँदै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीबार नै संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र पठाइसकेको छ । प्रस्तावित विश्वविद्यालयमा चिकित्सा शिक्षा र विशिष्टीकृत स्वास्थ्य सेवा छिट्टै सुरु होस् भनेर प्रदेश सरकार मातहतका अस्पताल संघलाई हस्तान्तरण गर्ने तयारी गरिएको मुख्यमन्त्री कमलबहादुर शाहले बताए । ‘हाम्रो मुख्य चासो गेटामा मेडिकल शिक्षा र विशिष्टीकृत स्वास्थ्य सेवा सञ्चालन होस् भन्ने छ,’ उनले भने । चिकित्सा शिक्षा ऐनमा चिकित्सा शिक्षा पढाइ र अभ्यासका लागि कम्तीमा ३ सय शय्याको अस्पताल चाहिन्छ । गे...
भारतलाई हराउँदै नेपाल फाइनलमा

भारतलाई हराउँदै नेपाल फाइनलमा

समाचार
११ कात्तिक, काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपमा नेपाल र भारतबीचको खेल निर्धारित ९० मिनेट १-१ को बराबरीमा सकिएको छ ।   साफ वुमन्स च्याम्पियनसिपमा भारतलाई ट्राइब्रेकरमा हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ ।
एक सय रूपैयाँका ३० करोड नोट छाप्दै राष्ट्र बैंक, चिनियाँ कम्पनीलाई टेण्डर

एक सय रूपैयाँका ३० करोड नोट छाप्दै राष्ट्र बैंक, चिनियाँ कम्पनीलाई टेण्डर

समाचार
राष्ट्र बैंकले एक सय रूपैयाँको ३० करोड नोट छाप्ने भएको छ। नोटको डिजाइन, छपाई र डेलिभरीसहितको टेण्डर चिनियाँ कम्पनीले पाएको छ। चिनियाँ बैंक नोट प्रिन्टिङ एण्ड मिन्टङ कर्पोरेसनले सबैभन्दा कम रकमको बिड गरेपछि उसैले यो टेण्डर पाएको हो। ३० करोड वटा एक सय रूपैयाँको नोट छाप्न कम्पनीले ८९ लाख ९६ हजार पाँच सय ९२ डलर अर्थात् आजको विनिमयदर एक सय ३४ रूपैयाँ २४ पैसाको आधारमा एक अर्ब २० करोड रूपैयाँको लागत पेस गरेको थियो। यस आधारमा एक सयको प्रति नोट लागत चार रूपैयाँ दुई पैसा हुने भएको छ।...
थाई एयर एशियाले माफी मागेपछि नेपालले ४ घण्टापछि जहाज छाड्यो

थाई एयर एशियाले माफी मागेपछि नेपालले ४ घण्टापछि जहाज छाड्यो

समाचार
काठमाडौँ —अनुमति नलिई नेपाल आएको थाई एयर एशियाको जहाजका कप्तान (पाइलट इन कमाण्ड)ले माफी मागेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ४ घण्टा नियन्त्रणमा लिएको जहाजलाई छाडेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार, थाई एयर एशियाको आइतबार नेपाल आएको एयरबस ए३२० जहाजका कप्तान माथावाज अफिरातनाथापोंगले माफी मागेपछि उक्त जहाजलाई ४ घण्टापछि साझ ६:५७ बजे बैंककका लागि छाडिएको हो । ‘नेपाली एजेन्ट कम्पनी युनिभर्सल टुर्स एण्ड ट्राभल्सले उडान अनुमति रहेको भनेका काठमाडौं आएका हौं भनेर कमाण्डर पाइलटले लिखित माफी मागेपछि जहाज छाडिदियौं,’ महाप्रबन्धक निरौलाले भने । उक्त विमानलाई आइतबार दिउँसो ४५ मिनेट सिमराको १४ हजार फिटभन्दा माथि आकाशमाथि होल्ड (फन्को लगाउँदै उडिरहनु) मा राखिएको थियो । उक्त जहाजका कप्तानले होल्डका लागि ३० मिनेटलाई मात्रै पुग्ने जहाज...
साफ माहिला च्याम्पियनसिप : नेपाल र भारत १/१ को बराबरीमा खेल्दै

साफ माहिला च्याम्पियनसिप : नेपाल र भारत १/१ को बराबरीमा खेल्दै

समाचार
काठमाडौँ —साफ माहिला च्याम्पियनसिप–२०२४ अन्तर्गत अहिले नेपाल र भारतबीच सेमिफाइनल खेलमा १/१ गोलको बराबरीमा खेलिरहेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा केही समय अवरुद्ध भएको खेल सुरु हुनासाथ नेपालकी खेलाडी सावित्रा भण्डारी 'साम्बा' ले गोल फर्काएकी छन् । दोस्रो हाफपछि भारतले गोल गरेर टिमलाई अग्रता दिलाएको थियो । लगत्तै नेपालले गरेको गोललाई मान्यता नदिएपछि खेल रोकिएको थियो । दुवै टोलीले पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन् । निर्धारित ४५ मिनेट तथा अतिरिक्त तीन मिनेटको समयमा पनि नेपाल र भारतले गोल गर्न सकेनन् । पहिलो हाफमा भारतले नेपालमाथि दबाब बनाइराख्दा नेपाल गोल गर्नबाट चुक्यो । नेपाल र भारत दुवैले केही उत्कृष्ट अवसर प्राप्त गरेपनि गोल गर्न भने सकेनन् ।   नेपालले समूह ‘बी’को विजेताका रुपमा सेमिफाइनलमा भारतसँग खेल्ने तय गरेको हो । भारत समूह ‘ए’ को उपवि...
थलापति विजयभन्दा महंगा बने अल्लू अर्जुन

थलापति विजयभन्दा महंगा बने अल्लू अर्जुन

समाचार
  कुनै बेला बलिउडको छायाँमा हुर्किएको साउथ यतिबेला हलिउडलाई टक्कर दिने अवस्थामा पुगिसकेको छ । फिल्मको सफलता र मेकिङमा साउथभन्दा बलिउड धेरै पछाडि देखिन्छ । विशेषगरी एक्सन केन्द्रित साउथ फिल्मले जुन रुपमा सफलता पाइरहेका छन्, त्यहाँका स्टारहरु पनि उत्तिकै महंगा बनिरहेका छन् । सर्वाधिक पारिश्रमिक बुझ्नेमा अहिले साउथकै स्टारहरु अगाडि छन् । सुपरस्टार थलापति विजयले आफ्नो करिअरको अन्तिम फिल्म ‘थलापति ६९’का लागि २७५ करोड भारु पारिश्रमिक लिएर भारतकै सबैभन्दा महंगा अभिनेता बनेका थिए । अब उनीभन्दा महंगा अभिनेता अल्लू अर्जुन बनेका छन् । उनले प्रदर्शनको सम्मुखमा रहेको आफ्नो नयाँ फिल्म ‘पुष्पा २’का लागि भारु तीन सय करोड पारिश्रमिक बुझेको ट्रयाक टलिउडले उल्लेख गरेको छ । योसँगै उनी सबैभन्दा महंगो पारिश्रमिक बुझ्ने भारतीय अभिनेता बनेका छन् । ‘पुष्पा’को सफलताले अल्लूको ‘स्टार भ्यालु’ मात्र बढाए...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज