Advertisement

Author: हंसराज साउँद (हिमाल)

हंसराज साउँद (हिमाल) यस कामना टेलिभिजन र कामना टेलिभिजनद्वारा सञ्चालित अन्लाईन पत्रीकामा कैलाली जिल्लाको पुर्वी क्षेत्र गौरिगंगाबाट शाखा प्रमुखको रुपमा काम गर्नुहुन्छ । उहाँ विभिन्न सामाजिक कार्यमा पनि अग्रसर हुनुहुन्छ ।
जलाधार व्यवस्थापन अधिकृत १ लाख २० हजार रुपैयाँ घुससहित पक्राउ ।

जलाधार व्यवस्थापन अधिकृत १ लाख २० हजार रुपैयाँ घुससहित पक्राउ ।

कैलाली, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कैलाली । कैलालीस्थित राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लम्कीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पाल १ लाख २० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् । पालले तटबन्ध निर्माण कार्यको पहिलो रनिङ्ग बिल भुक्तानीमा सहजीकरण गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको उजुरी परेको थियो । सोमबार उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल सम्पर्क कार्यालय, नेपालञ्जबाट खटिएको टोलीले उनलाई घुस लिइसकेको अवस्थामा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ बाट बुधबार नियन्त्रणमा लिएको हो । उनीबारे थप अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । Oplus_131072...
८ ओभरमा झारिएको खेलमा नेपालले साउदीविरूद्ध बलिङ गर्दै*

८ ओभरमा झारिएको खेलमा नेपालले साउदीविरूद्ध बलिङ गर्दै*

खेलकुद, समाचार
ओमानमा जारी एसिसी प्रिमियर कपमा नेपाल र साउदी अरबबीचको खेल ८ ओभरको हुने भएको छ। मंगलबार राति भएको वर्षाका कारण खेल ढिलो गरी हुँदा ओभर घटाइएको हो। खेलमा नेपालले टस जितेर बलिङ रोजेको छ। टिममा एक परिवर्तन गरिएको छ। सोमपाल कामीको स्थानमा प्रतिश जिसीलाई खेलाइएको छ। नेपाल एक खेल बाँकी छँदै समूह विजेता बनिसकेको छ। मंगलबार साउदी अरेबियालाई कतारले १५ रनले पराजित गरेसँगै नेपालले अन्तिम खेलअघि नै समूह विजेता पक्का गरेको हो। समूहको शीर्ष स्थानको नेपालको अन्तिम खेलअघि ६ अंक छ। दोस्रो स्थानको कतारले सबै खेल खेल्दा ४ अंक जोडेको छ। साउदी, मलेसिया र हङकङले अन्तिम खेलअघि २-२ अंक जोडेका छन्। १० टिम सहभागी कपको आयोजक ओमान समूह ‘बी’ मा छ। समूहमा ओमानसहित युएई, कुवेत, बहराइन र कम्बोडिया छन्। अन्तिम खेलअघि ओमान शीर्ष स्थानमा रहदै ६ अंक छ। कुवेत र युएईको ४-४ अंक छ। Oplus_131072...
मुख्यमन्त्री को सवाल मा नाउपा र काङ्ग्रेस दुबै अदालत जाने

मुख्यमन्त्री को सवाल मा नाउपा र काङ्ग्रेस दुबै अदालत जाने

कैलाली, मुख्य समाचार, राजनीति, सुदूरपश्चिम
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी पक्षीय सांसदसँगै काँग्रेस पनि अदालत जाने भएको छ। न्यायको लडाइँका लागि दुबै पक्ष अदालत जाने भएका हुन्। उनीहरु हिजो (मंगलबार) साँझ पत्रकार सम्मेलन गरेरै यस्तो चेतावनी दिएका हुन्। मुख्यमन्त्रीको सरकारी निवासमा पत्रकार सम्मेलन गर्दै दुवै दलहरूले मुख्यमन्त्री नियुक्तिमा थप समय दिएर असंवैधानिक काम गरेको भन्दै न्यायालय जाने बताए। मंगलबार प्रदेश प्रमुख नजिर मियाँले ६ गते साँझ ५ बजे सम्मको लागि मुख्यमन्त्रीमा दाबी गर्न थप समय दिएका थिए। २ गते मुख्यमन्त्रीमा दाबी गरेका नागरिक उन्मुक्ति पार्टीका दुबै सांसदहरूको दाबी अस्वीकृत गर्दै प्रदेश प्रमुखले नयाँ समय दिएका हुन्।आइतबार नागरिक उन्मुक्तिका लक्ष्मण किशोर चौधरी र कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। लक्ष्मण किशोर रेशम पक्षका सांसद हुन् भने कैलाश अध्यक्ष रन्जिता श्रेष्ठ पक्षका सांसद...
गौरिगंगा नगरपालिकाद्वारा समय अवधी र बिना बिलका सामाग्री नस्ट

गौरिगंगा नगरपालिकाद्वारा समय अवधी र बिना बिलका सामाग्री नस्ट

कैलाली, मुख्य समाचार, सुदूरपश्चिम
कैलाली : गौरिगङा नगर पालिकाले समय अवधी र बिना बिल का सामाग्री नस्ट गरेको छ।गौरिगङ्गा नगर पालिका ले चलाएको बजार सचेतना कार्यक्रम अंतरगत आज पनि समय अवधी सकिएका र भ्यट बिल र अबैध सामाग्री हरु जप्त गरि तीन बोरा सामान हरु आज आगो लगाइ नस्ट गरेको छ । नगर पालिका राजस्व प्रमुख लक्ष्मण जोशि को सयोजकतो मा जिल्ला बाट नाप्तोल समितिका पदाअधिकारी बोलाएर चैत्र ०६ गते अनुगमन को लागि निक्लिदै गर्दा । नगर का तीन वटा मा अनुगमन गरिएको थियो । ८/७/४ उक्त वडाहरु बाट २५ पोका सुर्ती जन्य पदार्थ , पसलको नाम नखुलाउने सर्त मा बेकरी बाट तीस पिस कृम रोल एक बोरा चिनी पाच पोका चिउरा पाच पाकेट बिस्कुट र लेबल नभएका २० दर्जन केरा पकाउने औसधि जस्ता सामाग्री हरु नगर प्रमुख देबि दत्ता कडेल र उप प्रमुख भोज बहादुर बम को उपस्थिति मा उक्त सामाग्री आगो लगाइ नस्ट गरिएको छ ।...
गौरिगङ्गा नगर पालिका वार्ड ५ ले तीन दिने व्यावसायिक तरकारी खेती तालिम आज बाट सन्चालन

गौरिगङ्गा नगर पालिका वार्ड ५ ले तीन दिने व्यावसायिक तरकारी खेती तालिम आज बाट सन्चालन

कैलाली, समाचार, सुदूरपश्चिम
कैलाली : कैलाली जिल्ला गौरिगङ्गा नगर पालिका वार्ड ०५ अणडैया मा तीन दिने व्यावसायिक तरकारी खेती तालिम सन्चालन मा आएको छ । उक्त कार्यक्रम मा चैत्र ४ देखि ६ सम्म चल्ने छ । उक्त कार्यक्रम को आयोजक भने शैलेस्वरी रिसर्च एण्ड कन्सल्टिङ ले गरेको हो भने आर्थिक सयोग वडा सयोग को रहेको छ । "हामी कृषि क्षेत्रमा अगाडी छौ तर तालिम अनुभव नभएको ले यो तालिम कार्यक्रम आयोजना गरेको हो र तालिम सकिएको दिन मै तरकारी बीउ हरु बितरण गरिने छ" उक्त कार्यक्रम मा बोल्दै वडा सदस्य दिपक बडैला भने । सो कार्यक्रम मा आयोजक ले कृषि बिज्ञ बाट तालिम दिइने छ । र उक्त तालिम केन्द्र मा १६ वटा कृषि समूह बाट प्रत्येक समूह बाट दुई जना गरि ३२ जनालाइ तालिम दिइने र समूह ले नै मिलि तरकारी खेती गर्ने र फलदायी कार्य गरेमा अगामी दिन मा पनि कृषि समूह लाई तालिम तथा बीउ बिजन बाड्ने वार्ड अध्यक्ष बिष्णु प्रसाद भाट ले प्रतिबद्धता गर...
नेपाली काङ्ग्रेस कैलाली क्षेत्र न ४ (१) को प्रबक्ता को जिम्मेवारी बडैलालाई

नेपाली काङ्ग्रेस कैलाली क्षेत्र न ४ (१) को प्रबक्ता को जिम्मेवारी बडैलालाई

कैलाली, मुख्य समाचार, राजनीति
कैलाली :नेपाली काङ्ग्रेस कैलाली क्षेत्र न ४ (१) को प्रबक्ता को जिम्मेवारी बडैलालाईकैलाली जिल्ला क्षेत्र ४ (१) मा नेपाली काङ्ग्रेस ले प्रबक्ता मा दिपक बैडला लाई चयन गरेको छ । उहाँ बर्तमान गौरिगङ्गा नपा वार्ड ५ का वडा सदस्य पनि हुन उहाँ लामो समय देखि राजनीति मात्र नभएर सामाजिक सेवामा समर्पित ब्याक्ती हुन उन्ले दस बर्ष गाबिस को कर्म चारिको भुमिका खेल्दै गत चुनाव मा वडा बाट सदस्य मा बिजय भएका ३४ बर्षिए बडैला नेपाली काङ्ग्रेस मा निकै लामो समय देखि सकृय हुन । उनी बर्तमान क्षेत्र ४ का संघीय सान्सद बिर बहादुर बलायर का नजिकै का पात्र पनि मानिन्छन । उहाको राजनीति अनि समाज प्रती को सकृयता देखेर उहालाइ प्रबक्ता मा जिम्मेवारी दिएको क्षेतृय सभापति ले बताएका छन...
गौरिगङ्गा नगरपालिकामा आज पनि सेटिङ्ग बाटै काम हुन्छ – वडा सदस्य

गौरिगङ्गा नगरपालिकामा आज पनि सेटिङ्ग बाटै काम हुन्छ – वडा सदस्य

कैलाली, मुख्य समाचार, सुदूरपश्चिम
कैलाली स्थित गौरिगंगा नगरपालिकामा अधिकांश काम सेटिङकै भरमा हुने गरेको वडा सदस्यले बताएका छन् । नगरपालिकाले आफ्नो क्षेत्राधिकार भित्र हुने विभिन्न काम कारवाही कानुनि प्रक्रिया विपरीत भएपनी सेटिङमा सबै भईरहेको बताएका छन ।  अहिले नेपालभरका सबै स्थानीय तहमा हिउँदे अधिवेसन भईरहेको छ । आज कैलालीको गौरिगंगामा पनि हिँउदे अधिवेशन भईरहेका बेला एक वडा सदस्यले गौरिगङ्गा नगर पालिका मा आज पनि सेटिङ मै काम हुन्छ भनेर अधिवेशनमै भनेका छन । गौरिगंगा नगरपालिका वडा नम्बर ४ का वडा सदस्य बलराम सापकोटाले अधिवेशनमै "हामिले सुशासन सुशासन भन्ने तर कर्मचारी राख्दा पनि अझै उहीँ सेटिङ छ" भनेर भन्नुभएको छ । उहाँले आगामी दिनमा सेटिङलाई तोडेर निस्पक्ष भएर अघि बढ्न समेत पालिका प्रमुखलाई सुझाव दिएका छन् ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज