Advertisement

ट्रेन्डिङ

अनेरास्ववियु (क्रान्तिकारी) को केन्द्रिय उपाध्यक्षमा उमेश कडेलको उम्मेदवारी

अनेरास्ववियु (क्रान्तिकारी) को केन्द्रिय उपाध्यक्षमा उमेश कडेलको उम्मेदवारी

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति
अनेरास्ववियु (क्रान्तिकारी) को २३ औ रास्ट्रीय सम्मेलनमा सुप प्रदेश बाट केन्द्रिय उपाध्यक्षको पदमा उमेश कडेलले उम्मेदवारी दर्ता गरेका छ्न। कैलालीको गौरिगङ्ग न पा ३ निवासी कडेल बिगत लामो समय देखि विद्यार्थी आन्दोलनको नेतृत्व गर्दै अगाडि बढेका एक सशक्त विद्यार्थी नेता हुन ।उहाँले बिगत देखि विद्यार्थीका हक हित अधिकारको बारेमा आवाज उठाउदै आउनु भएको छ। विद्यार्थीमा विद्यार्थी नेता हुनु पर्छ भन्ने बिधि र नितिलाई आत्मासाथ गर्ने कडेल २३ औ अधिबेशनमा सबै विद्यार्थी साथीहरुलाइ सहयोगको लागि पनि अपिल गर्नु भएको छ। साथै आफू जितेमा विद्यार्थीका आधारभुत अधिकारका लागि सधैब लडिरहने पनि उहाँले प्रतिबद्धता गर्नु भएको छ्।...
राष्ट्रीय स्वतन्त्र पार्टी (रास्वपा) निकट प्रवासी नेपाली सम्पर्क मन्च भारत द्वारा कर्नाटक राज्य भेला सम्पन्न

राष्ट्रीय स्वतन्त्र पार्टी (रास्वपा) निकट प्रवासी नेपाली सम्पर्क मन्च भारत द्वारा कर्नाटक राज्य भेला सम्पन्न

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
राष्ट्रीय स्वतन्त्र पार्टी (रास्वपा) निकट प्रवासी नेपाली सम्पर्क मन्च भात द्वारा कर्नाटक राज्य भेला सम्पन भएको छ । १९ जनवरी २०२५ तारीक का दिन भारतको बेंगलोरमा आयोजित राज्य भेलामा "विविधतामा एकता प्रवासी नेपाली सशक्तिकरण" र नेपालको समृद्धि नेपाली नागरिकको हक-अधिकार संरक्षण र सामाजिक परिवर्तन मुख्य उद्देश्य रहेको कर्नाटक राज्य समितिका प्रमुख दिपक राज आचार्यले बतायका छन उक्त भेलामा राष्ट्रीय स्वतन्त्र पार्टी (रास्वपा) निकटका सुदुरपश्चिम प्रदेश सभापति प्रकाश विष्ट तथा सुदरपश्चिम प्रदेश महामन्त्री तथा प्रबक्ता सन्तोष जोशी लगायत थुप्रै नेता कार्यकर्ता नेपाल बाट र भारतका अन्य राज्यहरु बाट पनि उपस्थित भयका थिए । उक्त भेलामा सभापति कर्नाटक राज्य प्रमुख दिपक राज आचार्य रहनु भयको थियो भने विशिष्ट अतिथिमा केन्द्रीय बिभाग सदस्य एवम दक्षिण एसिया इन्चार्ज राष्ट्रीय स्वतन्त्र पार्टीका र...
साईपाल खेलकुद विवाद: राजेन्द्र धामीको गल्ती ढाकछोप गर्न कांग्रेसले निकाल्यो विज्ञप्ति

साईपाल खेलकुद विवाद: राजेन्द्र धामीको गल्ती ढाकछोप गर्न कांग्रेसले निकाल्यो विज्ञप्ति

Breaking News 1, Breaking News 2, Breaking News 3, खेलकुद, घटना, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : साईपाल गाउँपालिकामा राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा भएको विवादले बझाङमा मात्र होइन, राष्ट्रिय स्तरमै चर्चा पाएको छ। खेलकुदका क्रममा धलौन माविका विद्यार्थीमाथि अन्यायपूर्ण व्यवहार गरेको आरोप खेपिरहेका साईपालका पूर्व अध्यक्ष तथा नेपाली कांग्रेसका जिल्ला उपसचिव राजेन्द्र धामीलाई बचाउन नेपाली कांग्रेस जिल्ला कार्यसमितिले जारी गरेको विज्ञप्तिले थप विवाद र आक्रोश निम्त्याएको छ। "स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद" भन्ने नाराका साथ आयोजित राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा काँडा र धलौन माविका विद्यार्थीबीच विवाद भएपछि धलौन माविका विद्यार्थीलाई घर पठाउने निर्णय गरिएको थियो। सो घटनामा राजेन्द्र धामीको प्रत्यक्ष संलग्नता रहेको स्थानीयहरूको भनाइ छ। तर, खेलकुदमा विद्यार्थीहरूलाई प्रोत्साहित गर्नुको सट्टा विवादलाई झन् उचालेर आफ्नो स्वार्थ पूरा गर्न खोजेको आरोप धामीमाथि लाग्दै आएक...
नेकपा एमालेका युवा नेता उपेन्द्र बम: राजनीतिक सफलताको प्रेरणादायी यात्रा

नेकपा एमालेका युवा नेता उपेन्द्र बम: राजनीतिक सफलताको प्रेरणादायी यात्रा

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, ट्रेन्डिङ, डोटी, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
  कैलाली : डोटी जिल्लाका युवा नेता उपेन्द्र बमले सानै उमेरमा राजनीतिक क्षेत्रमा उल्लेखनीय सफलता हासिल गर्दै आफ्नो पहिचान स्थापित गरेका छन्। नेकपा एमालेको वडा कमिटीबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका बमले पालिका कमिटी, जिल्ला कमिटी हुँदै पार्टीको भातृ संगठनको प्रदेश सदस्यको जिम्मेवारी पूरा गरेका छन्। हाल नेपाल पर्यटन बोर्डको केन्द्रीय सदस्यमा मनोनित हुँदै उनले आफ्नो नेतृत्व क्षमताको प्रमाण दिएका छन्। राजनीतिक यात्रा र योगदान उपेन्द्र बमको राजनीतिक यात्रा केवल व्यक्तिगत प्रगतिमा सीमित छैन; यो समाजको सेवा र परिवर्तनको चाहनामा आधारित छ। बोगटान फुड्सिल गाउँपालिका वडा नं. २, चाल्समा जन्मिएका बमले गाउँस्तरबाट राजनीतिमा प्रवेश गरे। उनी समाजसेवीको रूपमा समेत परिचित छन्। उनले स्थानीय स्तरमा विभिन्न सामाजिक परियोजनाहरूमा संलग्न रहँदै गरिब, पिछडिएका र सीमान्तकृत समुदायको हितका लागि काम...
बेंगलोरमा  कालिकोट कि छ बर्षिय नाबालिका बिहारी बाट बलत्कृत

बेंगलोरमा कालिकोट कि छ बर्षिय नाबालिका बिहारी बाट बलत्कृत

Breaking News 1, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार
भारत - बेंगलोरको बानसवाडिमा एक जना बिहारीले छ बर्षकि नाबालिकलाई बलत्कार गरेका छन। नेपाल कालिकोट जिल्ला नरहिनाथ गाउपालिका वडा न ४ घर भयकि बालिकालाई कोठामा एक्लै रहेको मैका छोपि बलत्कार गरेका हुन बालिकाले पिडा सहन नसकेर मृत्यु वरणा गर्नु परेको छ । हिजो जनावरी १३ तारिक करिब दिउसो ४ बजेतिर बालिका लाई जबरजस्ती करणी गरिरहेको उनकि आमाले देखेकि थियिन। आमाले प्रतिकार गर्दा पनि उक्त बिहारीले करणी गर्न नछोडेकको बतायकी छन। बिगत लामो समय देखि बेंगलोर मा रोजगारी गर्दै आयका बुबा दिपेन्द्र बोगटि र आमा सुनिता बोगटि संगै बानसवाडिमा मृतक बालिका रस्मी बोगटि बस्दै आयकि थियिन। बालिका को न्यायको लागि घटना स्थलमा बिभिन्न संघ सस्था समाज सेवि प्रत्रकार लगायत अन्य नेपाली जनसमुदायको बाक्लो उपस्थिति रहेको थियो। प्रहरी लाई पनि घटना नियन्त्रण मा लिन लाठिचार्ज गर्नु परेको थियो। मृत्युक बालिका को सबलाई भने...
थुनछेकू बहस रोकियो, रबिलाई प्रहरीको जिम्मा लगाइयो

थुनछेकू बहस रोकियो, रबिलाई प्रहरीको जिम्मा लगाइयो

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सकिएको छ । कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगीको आरोप लागेका उनी आज अदालतमा उपस्थित भएका थिए । न्यायाधीश माधव अधिकारीको इजलासमा बयान सकिएपनि उनको थुनछेक बहसभने आज रोकिएको छ । इजलासले उनको मुद्दा हेर्दाहेर्दैमा राखेको छ । रविलाई न्यायिक हिरासतमा राख्ने आदेश भएको छ । लामिछानेविरुद्ध संगठितरूपमा ठगी गरेको आरोप छ । सो प्रकरणमा रविसहित ३९ जनाविरुद्ध पुस २१ गते काठमाडौंमा मुद्दा दायर भएको थियो । लामिछाने गत बिहीबार कास्की जिल्ला अदालतबाट ६५ लाख धरौटी तिरेर छुटेका थिए । कास्कीको पोखरामा रहेको सूर्यदर्शन सहकारी ठगीमा पनि उनी प्रतिवादी थिए ।...
साईपालका पूर्व अध्यक्ष राजेन्द्र धामीको राजनीतिले धलौनका विद्यार्थीले खेल खेल्न पाएनन्

साईपालका पूर्व अध्यक्ष राजेन्द्र धामीको राजनीतिले धलौनका विद्यार्थीले खेल खेल्न पाएनन्

Breaking News 1, Breaking News 2, Breaking News 3, खेलकुद, घटना, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ, साईपाल –साईपाल गाउँपालिकामा चलिरहेको अन्तरविद्यालय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता पूर्व अध्यक्ष राजेन्द्र धामीको राजनीतिक स्वार्थका कारण विवादास्पद बनेको छ। उनले आफ्नो व्यक्तिगत असन्तुष्टिलाई प्राथमिकता दिँदै धलौन माध्यमिक विद्यालयका विद्यार्थीलाई खेलकुदबाट बाहिरिन बाध्य पारेका छन्। धलौन र काँडा माध्यमिक विद्यालयका विद्यार्थीबीच ढुंगाले हानेर झगडा भएपछि प्रतियोगिता स्थगित गरिएको थियो। छलफलपछि दुबै विद्यालयका विद्यार्थीलाई खेलबाट निष्कासन गर्ने सहमति बनेर खेल पुनः सञ्चालन भए पनि राजेन्द्र धामीको हस्तक्षेपले त्यो सहमति टिक्न सकेन। पूर्व अध्यक्ष राजेन्द्र धामीले आफूलाई ढिला आसनग्रहण गराएको भन्दै सार्वजनिक रूपमा गुनासो गर्न थाले। खेल भइरहेको स्थानमा पुगेका धामीले खेलकुद रजिस्टर च्यात्नेदेखि विद्यार्थी, शिक्षक, र अभिभावकलाई धम्की दिनेसम्मका गतिविधि गरे। उनले “म देखाउँछु तिमीहरूलाई” भन...
साईपालका पुर्व अध्यक्ष राजेन्द्रले आसनग्रहण ढिला गराएको निहुँ विद्यार्थीलाई खेल खेल्न नदिई फर्काए

साईपालका पुर्व अध्यक्ष राजेन्द्रले आसनग्रहण ढिला गराएको निहुँ विद्यार्थीलाई खेल खेल्न नदिई फर्काए

Breaking News 1, Breaking News 2, Breaking News 3, खेलकुद, घटना, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम, सूचना प्रविधि
बझाङ, साईपाल - “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ साईपाल गाउँपालिकामा भइरहेको अन्तरविद्यालय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता एक पछिल्लो विवादका कारण नराम्ररी प्रभावित भएको छ। धलौन माध्यमिक विद्यालय र काँडा माध्यमिक विद्यालयका विद्यार्थीबीच टाउकोमा ढुंगाले हानेर चोटपटक गराउने घटनाले सुरु भएको विवादले गम्भीर रूप लिएको छ। घटनापछि प्रतियोगिता स्थगित गर्दै बसेको बैठकले दुबै विद्यालयका विद्यार्थीलाई खेलकुदबाट निष्कासन गर्ने सहमति जुटाएपछि खेल पुनः सुरु भएको थियो। तर, विवादले नयाँ मोड तब लियो जब साईपाल गाउँपालिकाका पूर्व अध्यक्ष राजेन्द्र धामीले खेलकुद क्षेत्रमा हस्तक्षेप गर्दै आफ्नो व्यक्तिगत असन्तुष्टिलाई प्राथमिकता दिए। राजेन्द्र धामीले आफूलाई ढिला आसनग्रहण गराइएको विषयलाई लिएर असन्तुष्टि जनाउँदै प्रतियोगिता सञ्चालन भइरहेको खेल मैदानमा नै हस्तक्षेप गरे। उनी...
चीनमा फैलिएको एचएमपीभी भाइरस भारतमा पनि भेटियो

चीनमा फैलिएको एचएमपीभी भाइरस भारतमा पनि भेटियो

Breaking News 1, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार
चीनमा फैलिएको एचएमपीभी भाइरस भारतमा पुगेको छ । यसको पहिलो संक्रमित बेंगलुरुमा फेला परेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् । जानकारी अनुसार आठ महिनाकी बालिकामा यो संक्रमण देखिएको हो । राज्यको स्वास्थ्य विभागले अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एचएमपीभी भाइरस पुष्टि भएको जानकारी दिएको छ । ती बच्चा भारत बाहिर कतै गएका थिएनन् । कर्नाटक स्वास्थ्य विभागले केन्द्र सरकारलाई यसबारे जानकारी गराएको भनेको छ । चीनमा एचपीएमभी भाइरस सुरु भएदेखि नै भारत सरकार अलर्ट मोडमा छ । महाराष्ट्रको स्वास्थ्य विभाग अलर्टमा छ । केरला र तेलंगानाका सरकारले पनि चीनमा भाइरल ज्वरो र श्वासप्रश्वासको संक्रमण ठूलो मात्रामा फैलिएको समाचारलाई नजिकबाट नियालिरहेको र अहिले आत्तिनुपर्ने अवस्था नरहेको बताइरहेको छ । रुघाखोकीका बिरामीको नियमित सर्भे गर्न अधिकारीहरूलाई निर्देशन दिइएको छ । सरसफाइको नियम प...
बझाङका ग्रामीण सडक मृत्युमार्ग बन्दै, सरोकारवाला निकाय मौन

बझाङका ग्रामीण सडक मृत्युमार्ग बन्दै, सरोकारवाला निकाय मौन

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : बझाङ जिल्लाका ग्रामीण सडकहरू जति विकासका लागि महत्त्वपूर्ण मानिन्छन्, त्यति नै जोखिमपूर्ण र दुर्घटनाग्रस्त क्षेत्रका रूपमा परिचित भइरहेका छन्। इन्जिनियरको परामर्शबिना निर्माण गरिएका मापदण्डविहीन सडकहरूले स्थानीयहरूको जीवनलाई मात्र होइन, विकासको अवधारणालाई पनि संकटमा पारेको छ। जिल्लाभर सडक दुर्घटनाको दर हरेक वर्ष बढ्दै गएको छ। यहि पौष १८ गते दुई जिप दुर्घटनामा चार जनाको ज्यान गएको छ। पहिलो घटनामा एउटै परिवारका तीन सदस्य र चालकले ज्यान गुमाए भने दोस्रो घटनामा सवारी चालकको मृत्यु भयो। यस्ता घटना बझाङका लागि नयाँ भने होइनन्। आर्थिक वर्ष २०८०/८१ मा १२ सवारी दुर्घटनामा ८ जनाले ज्यान गुमाए भने ११ जना घाइते भए। चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो छ महिनामा मात्र ८ दुर्घटनामा ६ जनाको मृत्यु, ४ जना घाइते, र १ जना बेपत्ता भएका छन्। यी तथ्याङ्कहरूले बझाङका सडकहरूको दुर्दशा र राज्यको उपेक्षालाई ...
तेलंगाना राज्यको हैदराबाद बाट कैलाली कि १४ बर्षकी अरुणा बिष्ट सम्पर्क बिहिन – कामना टुडे

तेलंगाना राज्यको हैदराबाद बाट कैलाली कि १४ बर्षकी अरुणा बिष्ट सम्पर्क बिहिन – कामना टुडे

Breaking News 1, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार
भारत - कैलाली जिल्ला घोडाघोडि नगरपालिका वाडा न :३ घर भयका हाल भारतको तेलङ्गाना राज्यको हैदराबाद मा काम गर्दै आउनु भयका पदम बहादुर बिष्ट की १४ बर्षिया छोरी अरुणा बिष्ट एकाएक सम्पर्क बिहिन भयकि छिन । आफन्तका अनुसार २९ डिसेम्बर २०२४ आइतबार बेलुकि ४ बजे देखि सम्पर्क बिहिन भयकी हुन। आफन्तहरुले हैदराबाद को बिभिन्न ठाउमा खोजि कार्य गर्दा पनि आजसम्म अत्तोपतो नलागेकाले परिवार र आफन्तले खोजिकार्यमा सहयोग गरिदिन सम्पूर्ण भारतमा रहेका नेपालीहरु लाई आग्रह गरेका छन। सुशिल बिष्ट सम्पर्क न : 7899306485 बेंगलोर रतन बिष्ट सम्पर्क न : 7095975630 हैदराबाद...
बझाङका छुट्टाछुट्टै ठाउँमा भएको जिप दुर्घटनामा पाँच जनाको मृत्यु

बझाङका छुट्टाछुट्टै ठाउँमा भएको जिप दुर्घटनामा पाँच जनाको मृत्यु

Breaking News 1, घटना, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार
बझाङ- गयरातिनै बझाङको मष्टा गाउँपालिकामा पनि जीप दुर्घटना हुँदा चालकको ज्यान गएको छ । मष्टा गाउँपालिकाको भातेखोलाबाट रनाडा तर्फ जाँदै गरेको सु.प.प्र.०१००१ ज १३९८ नम्बरको जीप दुर्घटना हुँदा चालक मष्टाकै ४२ वर्षिय धर्म थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरिक्षक लोकेन्द्रसिंह ठगुन्नाले जानकारी दिनुभयो। राति ९ बजेको समयमा कोटदेवल भन्ने ठाउँमा जिप दुर्घटनामा परेको थियोे । जिपमा चालक थापा एक्लै रहेको प्रहरीले जनाएको छ । जिप सडकमा अनियन्त्रित भइ सय मिटर तल खसेको थियोे यसैबीच यसअघि तलकोट गाउँपालिकामा बोलेर जिप दुर्घटना हुँदा एकै परिवारका ३ जना सहित ४ जनाको ज्यान गएको थियोे । दुर्घटनामा एकै परिवारका तलकोट गाउँपालिका-४ का ३६ वर्षीय बम बहादुर धामी, उहाँकी ७२ वर्षीया आमा जौमती देवी धामी, र बमकी ६ वर्षीया छोरी आकृति धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ब...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज