Advertisement

साईपाल खेलकुद विवाद: राजेन्द्र धामीको गल्ती ढाकछोप गर्न कांग्रेसले निकाल्यो विज्ञप्ति

Advertisement

बझाङ : साईपाल गाउँपालिकामा राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा भएको विवादले बझाङमा मात्र होइन, राष्ट्रिय स्तरमै चर्चा पाएको छ। खेलकुदका क्रममा धलौन माविका विद्यार्थीमाथि अन्यायपूर्ण व्यवहार गरेको आरोप खेपिरहेका साईपालका पूर्व अध्यक्ष तथा नेपाली कांग्रेसका जिल्ला उपसचिव राजेन्द्र धामीलाई बचाउन नेपाली कांग्रेस जिल्ला कार्यसमितिले जारी गरेको विज्ञप्तिले थप विवाद र आक्रोश निम्त्याएको छ।

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ आयोजित राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा काँडा र धलौन माविका विद्यार्थीबीच विवाद भएपछि धलौन माविका विद्यार्थीलाई घर पठाउने निर्णय गरिएको थियो। सो घटनामा राजेन्द्र धामीको प्रत्यक्ष संलग्नता रहेको स्थानीयहरूको भनाइ छ। तर, खेलकुदमा विद्यार्थीहरूलाई प्रोत्साहित गर्नुको सट्टा विवादलाई झन् उचालेर आफ्नो स्वार्थ पूरा गर्न खोजेको आरोप धामीमाथि लाग्दै आएको छ। स्थानीयहरू भन्छन्, “राजनीतिक प्रतिशोध साध्न र व्यक्तिगत अहंकारका कारण खेलकुदजस्तो सकारात्मक गतिविधिमा बाधा पुर्याउनु घृणास्पद काम हो।”

विवादमा राजेन्द्र धामीको नाम आएपछि नेपाली कांग्रेस जिल्ला कार्यसमितिले एक प्रेस विज्ञप्ति जारी गर्दै धामीमाथि लगाइएका आरोपलाई खारेज गर्ने प्रयास गरेको छ। कांग्रेसले विज्ञप्तिमा घटनालाई “व्यक्तिगत चरित्रहत्या” को रूपमा चित्रण गर्दै सञ्चारमाध्यम र सामाजिक सञ्जालमा फैलिएका समाचारलाई हटाउन आग्रह गरेको छ। तर, स्थानीयहरूले कांग्रेसको यो कदमलाई गम्भीर आपत्ति जनाएका छन्। “धामीले गल्ती गरेको छ भने उनलाई कारबाही गर्नुको सट्टा कांग्रेसले बचाउने प्रयास किन गरिरहेको छ? यसको अर्थ स्पष्ट छ—पार्टीले व्यक्तिगत स्वार्थ र राजनीतिक प्रभावका लागि आफ्नो नेता जोगाउन खोजेको छ,” स्थानीय एक अभिभावकले भने।

राजेन्द्र धामीमाथि यसअघि पनि विभिन्न विवादित गतिविधिमा संलग्न भएको आरोप लागेको थियो। गाउँपालिका अध्यक्ष हुँदा बझाङ जिल्लाको सबैभन्दा बढी बेरुजु निकाल्ने पालिका बनाएको आरोप उनीमाथि छ। त्यति मात्र नभई गाउँपालिकामा आवश्यक खाद्यान्न समयमा पुयाउन नसक्दा गाउँलेहरूले ठूलो समस्या समेत भोगेका थिए।

 

स्थानीय विकासका लागि विनियोजित बजेटको अपचलन र ठेक्कापट्टामा अनियमितता गरेको आरोप पनि उनीमाथि लाग्दै आएको छ।

नेपाली कांग्रेसजस्तो पुरानो र जनउत्तरदायी पार्टीले आफ्ना विवादित नेताको बचाउ गर्दै जारी गरेको विज्ञप्तिले पार्टीको छविमा गम्भीर धक्का पुर्याएको छ। “हामीले कांग्रेसजस्तो पार्टीबाट यस्ता निर्णयको आशा गरेका थिएनौं। गल्ती गर्ने जोसुकै होस्, उसलाई कारबाही हुनु पर्छ। तर कांग्रेसले धामीको बचाउ गरेर आफ्नो नैतिक धरातल गुमाएको छ,” साईपालका एक शिक्षकले बताए।

साईपाल गाउँपालिकाका बासिन्दाले दोषीमाथि निष्पक्ष छानबिन र कडा कारबाहीको माग गरिरहेका छन्। “राजनीतिक व्यक्तित्वले समुदायलाई एकताबद्ध गर्ने काम गर्नुपर्छ। तर राजेन्द्र धामीजस्ता व्यक्तिहरूले आफ्नो स्वार्थका लागि गाउँलेहरूबीच झगडा लगाउने काम गरिरहेका छन्। कांग्रेसले यस्तो व्यक्तिलाई किन बचाउन खोजिरहेको छ?” स्थानीय एक समाजसेवीले भने।

राष्ट्रपति रनिङशिल्डजस्तो प्रतिष्ठित प्रतियोगितामा उठेको यो विवादले खेलकुदको मर्ममाथि प्रहार गरेको छ। “विद्यार्थीहरूको भविष्य निर्माणका लागि खेलकुदजस्तो महत्त्वपूर्ण कार्यक्रममा यसरी विवाद उत्पन्न हुनु दुखद हो। कांग्रेसले आफ्नो नेताको पक्षपोषण गर्नुको सट्टा यस्तो घटनालाई गम्भीरतापूर्वक लिएर भविष्यमा यस्तो नहोस् भन्ने सुनिश्चित गर्नुपर्छ,” स्थानीय खेल प्रशिक्षकले बताए।

यो घटनाले केवल राजेन्द्र धामीको व्यक्तिगत छविमा मात्र असर पारेको छैन  कांग्रेसजस्तो पुरानो पार्टीको विश्वसनीयता र नैतिकतामाथि पनि प्रश्न उठाएको छ। साईपालका जनता अहिले यस्तो घटनामा कांग्रेसले अपनाएको व्यवहारबारे जवाफ मागिरहेका छन्।

साईपाल खेलकुद विवादले राजेन्द्र धामीलाई मात्र होइन, नेपाली कांग्रेसको नेतृत्व र जिम्मेवारीमाथि पनि गम्भीर प्रश्न उठाएको छ। गल्ती गर्ने व्यक्तिलाई कारबाही गर्नुको सट्टा पार्टीको तर्फबाट बचाउ गर्न विज्ञप्ति निकाल्नुले कांग्रेसको नैतिक धरातललाई खस्काएको छ।

यो विवाद समाधान गर्न कांग्रेसले निष्पक्ष छानबिन गराएर सत्यतथ्य उजागर नगरेसम्म साईपालका जनता आक्रोशित नै रहने देखिन्छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज