उधोगमन्त्री दामोदर भण्डारीले भने प्राधिकरणको पत्रको आधारमा सेयर किनबेच रोक्का नगर्नु
काठमाडौं - उद्योगमन्त्री दामोदर भण्डारीले नेपाल विद्युत प्राधिकरणको पत्रको भरमा कम्पनीहरुको शेयर किनबेच रोक्का गर्ने काम नगर्न कम्पनी रजिष्ट्रारको कार्यालयलाई निर्देशन दिएका छन् ।
प्रक्रिया नपुर्याई गैरकानुनी टेडिकेटेड तथा ट्रंकलाइनको महशुल विवादसँग जोडिएका उद्योग (कम्पनी)हरुको शेयर किनबेच रोक्न नमिल्ने बताउँदै मन्त्री भण्डारीले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयबाट आधिकारिकरुपमा उद्योग मन्त्रालयमा पत्र आएपछि सो पत्रको आधारमा मात्रै यस्तो रोक्का प्रक्रिया अघि बढाउन सकिने सुझाव दिएका थिए ।
बिहीबार मन्त्री भण्डारीले कम्पनी रजिष्ट्रार प्रदीप अधिकारीलाई फोन गरेर प्राधिकरणले पत्र पठाएको भरमा कम्पनीहरुको शेयर किनबेच रोक्न नमिल्ने बताएका हुन् । जवाफमा अधिकारीले प्राधिकरणको पत्र दर्ता हुन आएकाले शेयर किनबेच रोक्का गर्ने हो कि भन्ने सोच बनाएको बताउँदै यससम्वन्धमा निर्णय नभईसकेको जवाफ दिएका थिए...












