Advertisement

बझाङका छुट्टाछुट्टै ठाउँमा भएको जिप दुर्घटनामा पाँच जनाको मृत्यु

Advertisement

बझाङ- गयरातिनै बझाङको मष्टा गाउँपालिकामा पनि जीप दुर्घटना हुँदा चालकको ज्यान गएको छ । मष्टा गाउँपालिकाको भातेखोलाबाट रनाडा तर्फ जाँदै गरेको सु.प.प्र.०१००१ ज १३९८ नम्बरको जीप दुर्घटना हुँदा चालक मष्टाकै ४२ वर्षिय धर्म थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरिक्षक लोकेन्द्रसिंह ठगुन्नाले जानकारी दिनुभयो।

राति ९ बजेको समयमा कोटदेवल भन्ने ठाउँमा जिप दुर्घटनामा परेको थियोे । जिपमा चालक थापा एक्लै रहेको प्रहरीले जनाएको छ ।
जिप सडकमा अनियन्त्रित भइ सय मिटर तल खसेको थियोे
यसैबीच यसअघि तलकोट गाउँपालिकामा बोलेर जिप दुर्घटना हुँदा एकै परिवारका ३ जना सहित ४ जनाको ज्यान गएको थियोे ।

दुर्घटनामा एकै परिवारका तलकोट गाउँपालिका-४ का ३६ वर्षीय बम बहादुर धामी, उहाँकी ७२ वर्षीया आमा जौमती देवी धामी, र बमकी ६ वर्षीया छोरी आकृति धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

प्रहरीका अनुसार जीप चालक केदारस्यु गाउँपालिका १ का ३३ वर्षीय सम्शेर मल्लको पनि घटनास्थलमै मृत्यु भएको थियोे । बमबहादुर धामीको छोरीको भने उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल बझाङमा पुऱ्याई डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको जिल्ला प्रहरीले जनाएको छ ।
एकै गाउँका ३ जनाको ज्यान गएपछि गाउँ नै शोकमा डुबेको छ । उक्त घटनाले बझाङबासीमा दु:ख छाएको छ। अधिकांश समाजिक सञ्जाल फेसबुक प्रयोगकर्ताहरू बझाङ्गीका लागि हिजो कालो दिन भएको समेत भनेका छन ।

तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुरतर्फ आइरहेको से १ ज ८४३ नम्बरको जिप दुर्घटना भएको थियोे ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज