Advertisement

ट्रेन्डिङ

व्यवसायी भन्छन् : व्यवसाय सुकिसकेको थियो, अहिले जेनेरेटर र इन्भर्टरको माग बढ्दा खुसी छौं

व्यवसायी भन्छन् : व्यवसाय सुकिसकेको थियो, अहिले जेनेरेटर र इन्भर्टरको माग बढ्दा खुसी छौं

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार
नेपाल विद्युत प्राधिकरणमा नेतृत्व परिवर्तन भएपछि अघोषित लोडसेडिङ भएको गुनासो अधिकांशको छ । नेपाल विद्युत प्राधिकरणका यसअघिका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर सरकारले हितेन्द्रदेवलाई जिम्मेवारी दिएपछि अहिले अघोषित रूपमा लोडसेडिङ भएको बुझाइ अधिकांशको छ । यो गुनासो शुक्रबार प्राधिकरणसम्मै पुग्यो । शाक्यले श्वेतपत्र जारी गर्न बोलाएको पत्रकार सम्मेलनमा एक सर्वसाधारणले पछिल्लो पटक नियमित लोडसेडिङ भएको गुनासो गर्दै लोडसेडिङको तालिका नै सार्वजनिक गर्न शाक्यसमक्ष आग्रह गरे । प्रश्नोत्तर सत्रमा फ्लोरबाट प्रश्न राख्दै ती सहभागीले भने,‘पछिल्लो समय लोडसेडिङ भइरहेको छ, अघोषित लोडसेडिङ हुनुभन्दा तालिका नै सार्वजनिक गर्दा राम्रो होला,’ उनले कार्यक्रममा भने । उनको सो प्रश्नपछि प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले पहिलाको तुलनामा बढी बिजुली जाने समस्या नरहेको सुनाए । ‘विभिन्...
झापा र चितवनमा पेट्रोलियम पाइपलाइन विस्तार हुँदै

झापा र चितवनमा पेट्रोलियम पाइपलाइन विस्तार हुँदै

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति
भारतको इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नेपालमा बनाउने लागेको दुई पेट्रोलियम पाइपलाइन र एउटा ग्रिनफिल्ड टर्मिनल निर्माण प्रक्रिया अघि बढिसकेको छ। नेपालमा पेट्रोलियम पदार्थको आपूर्ति सहज गर्न भारतको सिलुगढीदेखि झापाको चारआलीसम्म र बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म दुईवटा पेट्रोलियम पाइपलाइन र झापामा ग्रिनफिल्ड टर्मिनल (भण्डारण स्थल) बनाउन विस्तृत परियोजना प्रतिवेदन (डीपीआर), वातावरणीय प्रभाव मूल्यांकन (ईआईए), साइट क्लियर लगायतको प्रक्रिया अगाडि बढिसकेको नेपाल आयल निगम, आपूर्ति तथा वितरण विभागका उपनिर्देशक तथा प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए। प्रवक्ता ठाकुरले भने, ‘अबको प्रक्रिया भनेको टेन्डर हो, त्यसपछि काम सुरु हुन्छ, त्यसका लागि आईओसीले ६ महिनाको समय मागेको छ।’ झापामा ग्रिनफिल्ड टर्मिनल निर्माण स्थलको जग्गा फिलिङ, बाउन्डरी वाल लगायतको...
बझाङको मयाना गाउँ – अझै भएन विकासको अनुभुती

बझाङको मयाना गाउँ – अझै भएन विकासको अनुभुती

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ । जयपृथ्वी नगरपालिकाको वडा नम्बर ११ अन्तर्गत पर्ने मयाना गाउँ, नामको नगरपालिका भए पनि अवस्था भने अझै दुर्गम गाउँकै छ । सदरमुकाम चयनपुरबाट जम्मा १२–१३ किलोमिटरको दूरीमा भए पनि यो गाउँ विकासको सूचीमा कहिल्यै परेन । स्वास्थ्य, शिक्षा, खानेपानी, यातायात जस्ता आधारभूत सेवा सुविधाको चरम अभाव रहेको मयानालाई नगरपालिका र वडाले विकासको सन्दर्भमा निरन्तर उपेक्षा गर्दै आएको स्थानीयहरूको गुनासो छ । वडाध्यक्ष सर्जन थापा एमालेबाट निर्वाचित छन् भने पालिका प्रमुख चेतराज बजाल नेपाली कांग्रेसबाट । राजनीतिक भिन्नताले गर्दा मयनाबासीहरूलाई सेवा र विकासका नाममा निराशा मात्रै बाँडिएको छ । काँग्रेस समर्थकहरूले वडाध्यक्षले ‘भोट नदिएको’ भन्दै सिफारिसदेखि सेवा रोकेको आरोप लगाउँछन् भने एमाले कार्यकर्ताहरू पालिका प्रमुखले एमालेको वडा भनेर बजेट विनियोजनमै सौतेनी व्यवहार गरेको दाबी गर्छन् । राज्यले भ्यू टावरद...
रास्वपा सुदूरपश्चिम प्रदेश सभापति विष्टलाई कारबाही गर्न सिफारिस

रास्वपा सुदूरपश्चिम प्रदेश सभापति विष्टलाई कारबाही गर्न सिफारिस

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति
धनगडि—राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेश सभापति प्रकाश विष्टलाई कारबाहीको सिफारिस गरिएको छ तत्कालीन सहमहामन्त्री एवं सांसद सुमना श्रेष्ठ र पार्टीबाट निष्कासित पूर्वमहामन्त्री मुकुल ढकालसँग मिलेर पार्टी चलाएको आरोपमा विष्टलाई प्रदेशका ९ जिल्ला सभापतिले कारबाहीको सिफारिस गरेका हुन् ।उनीमाथि विधानविपरीत पदाधिकारी मनोनीत गरेको, फरक मत राख्नेलाई पदबाट हटाउने, अधिवेशनकेन्द्रित राजनीति गर्ने, पार्टीभित्र गुटबन्दी गर्ने, प्रदेश पदाधिकारी मनपरी तरिकाले नियुक्त गर्ने/हटाउने, प्रदेश समिति बैठकका नक्कली कागजात तयार गरी कागजजी प्रमाण तयार गर्ने, पटक-पटक पार्टी नेतृत्वलाई धोका दिएको लगायतका ११ बुँदे आरोप छ । विष्टमाथि कारबाही प्रक्रिया अघि बढाउन प्रदेश इन्चार्ज एवं सांसद हरि ढकाललाई निवेदनसमेत दिइएको छ । सुदूरपश्चिमबाट दिपक बोहरा (डडेलधुरा) , विजय जैरु (कञ्चनपुर) र प्रतिभा रा...
विप्लव भ्रष्टाचारीलाई ठोक्दै, प्रहरी विप्लवलाई खोज्दै

विप्लव भ्रष्टाचारीलाई ठोक्दै, प्रहरी विप्लवलाई खोज्दै

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : ठेकेदार निर्माण सेवाले सिमेन्टमा माटाे मिसावट गरेकाे भेटिए पछि विप्लवले यस्तो नगर्न चेतावनी दिएको छ । बझाङ जिल्लाकाे दुर्गाथली गाउँपालिकाकाे मोरिबगर देखि चुवावन दौला जोड्ने सडकखण्ड अन्तर्गत ग्वालेखमा जारी निर्माण कार्यलाई स्थानीय बस्ती जोखिममा परेको भन्दै नेपाल कम्युनिस्ट पार्टी नेकपा बिप्लव समूह बझाङले यस्तो नगर्न चेतावनी दिएको थियाे । स्थानीय बासिन्दाहरूले ग्वाल्लेक निर्माण सेवालाई पटक–पटक आग्रह गर्दा पनि बस्तीलाई दीर्घकालीन रूपमा सुरक्षित बनाउने खालको पूर्वाधार नबनाइएको भन्दै स्थानीयहरुले पटकपटक असन्तुष्टि जनाउँदै आएका थिए । स्थानीय र विप्लव बझाङकाे माग थियो कि निर्माण स्थलमा डबल नालाको व्यवस्था गरिनुपर्छ, ताकि बस्तीमा बाढी तथा भुक्ष्यजन्य जोखिम न्यूनीकरण हाेस । तर यता निर्माण कम्पनीले लापरबाही गरेको देखिन्छ । यतिमात्र हैन, सम्बन्धित निर्माण सेवाले नागरिकको गम्भीर माग...
एमालेले आफ्ना सदस्य संख्या साढे सात लाख पुर्याउने

एमालेले आफ्ना सदस्य संख्या साढे सात लाख पुर्याउने

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार
काठमाडौं : नेकपा एमालेले पार्टीको आगामी विधान महाधिवेशनसम्ममा सदस्यता सङ्ख्या सात लाख ५० हजार पुर्‍याउने जनाएको छ । एमालेले यस वर्षलाई पार्टीको आन्तरिक जीवनको वर्षको रूपमा लिएको जनाउँदै सङ्गठन विभाग सचिव माधव ढुङ्गेलले पार्टीको विधान महाधिवेशनसम्म पार्टी सदस्यता कुल मतदाताको ६ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको बताएका हुन्। उनका अनुसार पार्टी सदस्यता यही वैशाखभित्र प्रदेश कमिटीलाई पठाउन निर्देशन दिएको छ । उनले भने,'नयाँ पार्टी सदस्यता र नवीकरण यही वैशाखभित्र सम्पन्न गरी प्रदेश कमिटीलाई बुझाउन जिल्ला कमिटीलाई निर्देशन दिएका छौँ । त्यसपछि जेठको पहिलो सातासम्म प्रदेश कमिटीले केन्द्रीय कार्यालयमा सदस्यता विवरण बुझाउन भन्छौँ ।' सचिव ढुङ्गेलले हाल पार्टी सदस्यता पाँच लाख ५० हजार रहेको जानकारी दिए । एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म विधान मह...
एमाले बैतडी जिल्ला सचिवालय सदस्य विष्ट माओवादी केन्द्र प्रवेश, प्रचण्डले गरे स्वागत

एमाले बैतडी जिल्ला सचिवालय सदस्य विष्ट माओवादी केन्द्र प्रवेश, प्रचण्डले गरे स्वागत

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, बैतडी, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर:  सत्तारुढ नेकपा एमालेको बैतडी जिल्ला कमिटी सचिवालय सदस्य काशी सिह विष्ट माओवादी केन्द्र प्रवेश गरेका छन् । दोगडाकेदार गाउँपालिकाका पूर्व गाउँ कमिटी अध्यक्ष विष्ट बुधबार एमाले छाडेर माओवादी प्रवेश गरेका छन । विष्टलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले टिका लगाएर पार्टी प्रवेश गराए । माओवादी केन्द्रको तराई–मधेस जागरण अभियान’ अन्तर्गत हुलाकी राजमार्ग केन्द्रित कार्यक्रममा समापन समारहोमा विष्टले माओवादी प्रवेश गरेका छन् ।...
आज यिँ प्रदेशमा चट्याङ सहित वर्षा हुने

आज यिँ प्रदेशमा चट्याङ सहित वर्षा हुने

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट
काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । यसका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ । महाशाखाका अनुसार अहिले कोशी, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेशको तराईका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भा...
हुलाकी सडकको अवस्था विरुद्ध बेलौरिका जनता आन्दोलित

हुलाकी सडकको अवस्था विरुद्ध बेलौरिका जनता आन्दोलित

Breaking News 1, Breaking News 2, Breaking News 3, कन्चनपुर, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बेलौरी । कञ्चनपुरको बेलौरी नगरपालिका–८ र ९ का स्थानीयवासी हुलाकी सडक निर्माणमा ठेकेदारको लापरवाही र आफुहरुले खेप्नुपरेको सास्तीका विरुद्ध आन्दोलित भएका छन् । आज सोमवार दिउँसो उनीहरुले कलकत्ता र रतनपुरबीचको पुल क्षेत्रमा सडक अवरुद्ध गर्दै आक्रोश पोखेका हुन् । २०७३ सालदेखि निर्माण थालिएको हुलाकी सडकको काम अझै अलपत्र छ । जिम्मा पाएको सिद्धिशाही–बाबाहंश जेभीले पटक–पटक समय थपेर समेत काम सम्पन्न नगरेपछि स्थानीयको धैर्य टुटेको हो । “काम गर्दैन, बिल उठाउँछ,“ आक्रोशित स्थानीयहरू भन्छन्, “दुई–चार दिन देखाउन काम गर्छ, फेरि हराउँछ । अब त आन्दोलनबाहेक विकल्प छैन ।“ ६२ किलोमिटर लम्बाइको डोकेबजार–बेलौरी–बेलडाँडी–दैजी हुलाकी सडक तीन खण्डमा विभाजन गरिएको छ । बेलौरीदेखि बेलडाँडीको २० किलोमिटर र बेलडाँडी–दैजीको २२ किलोमिटर खण्डमा करिब आठ पटक समय सिमा थपिएको भए पनि कामले गति लिएको छैन । सडकको हालक...
बझाङको बुंगलमा रहेको गोइचनगाड जलविद्युत आयोजना तीन वर्षदेखि बन्द

बझाङको बुंगलमा रहेको गोइचनगाड जलविद्युत आयोजना तीन वर्षदेखि बन्द

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ: बझाङको बुंगल नगरपालिका–१ गोइचनमा रहेको गोइचनगाड लघु जलविद्युत आयोजना विगत तीन वर्षदेखि बन्द हुँदा स्थानीयवासी अन्धकारमा बस्न बाध्य भएका छन् । वि.स.२०६५ सालमा निर्माण गरेको १६ किलोवाट क्षमताको उक्त जलविद्युत आयोजनाबाट गोइचनका करिब २०० परिवार लाभान्वित हुँदै आएका थिए ।  उक्त जलविद्युत आयोजना निर्माणमा गरिबी निवारण कोष र सप्रोज नेपाल र एन्साप नेपाल संस्थाको २७ लाख लगानी रहेको र बाकी स्थानियले जनश्रमदान गर्नुभएको थियो । तीन वर्षअघि आएको बाढीका कारण आयोजनामा प्रयोग हुने मेसिनमा क्षति पुगेपछि सेवा अवरुद्ध भएको हो । आर्थिक अभाव तथा मर्मत सामग्री अभावका कारण विद्युत पुनः सञ्चालनमा आउन सकेको छैन । विद्युत बन्द भएपछि दैनिकी निकै कष्टकर बनेको स्थानीय बिर्ख बोहराले बताउनुभयो । “अन्धकारमा रात बिताउनु त सामान्य भयो, मोबाइल चार्ज गर्न, विद्यार्थीले पढ्न, घरायसी काम गर्न पनि समस...
कैलालीको चुरेमा पानीको हाहाकार: नागरिकलाई पानीकै दुख

कैलालीको चुरेमा पानीको हाहाकार: नागरिकलाई पानीकै दुख

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
गर्मी याम सुरु हुनै लाग्दा कैलालीको चुरे क्षेत्रमा रहेका बस्तीमा खानेपानीको चरम अभाव हुनु थालेको छ । पानीका मुहान सुक्दै जान थालेपछि चुरे गाउँपालिका ६ का कुमैना, सिराडी, चौमासे लगायतका बस्तीमा पानीको अभाव हुन थाले पछि एक गाग्री पानी लिन एक घण्टासम्म हिँडेर मुहानसम्म पुग्नुपर्ने, त्यहाँ पालो कुरेर बस्नुपर्ने र फेरी फर्केर उकालो चढ्नुपर्ने बाध्यता छ । प्रत्येक घरबाट पानी लिनका लागि एक जना मान्छे दिनभर खटिनुपर्ने बाध्यता रहेको गुनासो गर्दै सिराडीका स्थानीय जयराज धामी भन्छन् ‘वरपर मुहान छैन एक घण्टा हिँडेर एक गाग्री पानी ल्याउनु पर्छ, बस्तुभाउका लागि र खानेपानी ओसार्दैमा दिन बित्छ ।’ नजिकैको मुहानको पानी खान प्रयोग गर्ने गरिन्थ्यौ तर अहिले मुहानको पानी सुकेपछि त झन् समस्या भएको छ । घर परिवारमा दुई जनाले पानी ओसार्ने काममा लागेपछि बालबालिकाको पढाइमा समेत असर पर्न थालेको छ । स्थानीय नव...
शिक्षक आन्दोलन अन्तिम लडाइँमा पुगेको छ : महासंघ अध्यक्ष सुवेदी

शिक्षक आन्दोलन अन्तिम लडाइँमा पुगेको छ : महासंघ अध्यक्ष सुवेदी

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार
नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षक आन्दोलन अन्तिम लडाइँमा पुगेको बताएका छन्। फेसबुकमार्फत उनले आन्दोलनमा सबै शिक्षकको सक्रिय सहभागिता अनिवार्य भएको उल्लेख गरेका छन्। “हामी अन्तिम लडाइँमा छौँ। सबैले सक्रिय सहभागिता जनाउनुपर्छ,” अध्यक्ष सुवेदीले लेखेका छन्। उनले अझै काठमाडौं नआएका शिक्षकहरूलाई छिटो राजधानी आइपुग्न आह्वान गरेका छन्। “आन्दोलनकारी साथीको रगत बगिरहँदा घरमै बस्न सक्नुहुन्छरु” भन्दै उनले तीव्र भावनात्मक अपिल गरेका छन्। आइतबार भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि केही शिक्षक, प्रहरी र पत्रकार घाइते भएका थिए। उक्त घटनाप्रति आपत्ति जनाउँदै सुवेदीले सरकारको ज्यादतीको भर्त्सना गरेका छन्। साथै, घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनले आन्दोलन जारी रहने बताएका छन्। नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षा ऐन संशोधनको मागसहित २६ दिनदेखि आन्दोल...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज