Advertisement

झापा र चितवनमा पेट्रोलियम पाइपलाइन विस्तार हुँदै

Advertisement

झापा र चितवनमा पेट्रोलियम पाइपलाइन विस्तार
facebook sharing button
भारतको इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नेपालमा बनाउने लागेको दुई पेट्रोलियम पाइपलाइन र एउटा ग्रिनफिल्ड टर्मिनल निर्माण प्रक्रिया अघि बढिसकेको छ। नेपालमा पेट्रोलियम पदार्थको आपूर्ति सहज गर्न भारतको सिलुगढीदेखि झापाको चारआलीसम्म र बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म दुईवटा पेट्रोलियम पाइपलाइन र झापामा ग्रिनफिल्ड टर्मिनल (भण्डारण स्थल) बनाउन विस्तृत परियोजना प्रतिवेदन (डीपीआर), वातावरणीय प्रभाव मूल्यांकन (ईआईए), साइट क्लियर लगायतको प्रक्रिया अगाडि बढिसकेको नेपाल आयल निगम, आपूर्ति तथा वितरण विभागका उपनिर्देशक तथा प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए। प्रवक्ता ठाकुरले भने, ‘अबको प्रक्रिया भनेको टेन्डर हो, त्यसपछि काम सुरु हुन्छ, त्यसका लागि आईओसीले ६ महिनाको समय मागेको छ।’

झापामा ग्रिनफिल्ड टर्मिनल निर्माण स्थलको जग्गा फिलिङ, बाउन्डरी वाल लगायतको काम गरेर आईओसीलाई दिने भनेका छौं। त्यो काम पनि अगाडि बढेको छ। ‘एक महिनाभित्र त्यसको टेन्डर निकाल्ने तयारीमा छौं,’ प्रवक्ता ठाकुर भने। पाइपलाइन बिच्छाउने ठाउँमा माटो परीक्षणको काम पनि सकिसकेको छ। टर्मिनल निर्माण स्थलमा माटो परीक्षणको काम भइरहेको उनले बताए। चितवनमा पाइपलाइनको रुट सर्वे र माटो परीक्षणको काम सम्पन्न भइसकेको छ। आईओसीले गर्ने जिओटेक सर्वे हुन चाहिँ बाँकी छ। त्यहाँ केही जग्गा अधिग्रहण गर्नुपर्ने भएकाले जिल्ला प्रशासन कार्यालय चितवनले वैशाख १० गते सूचनासमेत निकालिसकेको प्रवक्ता ठाकुरले बताए। डिटेल डिजाइनको कामचाहिँ आईओसीले ६ महिना समय लाग्ने बताएको छ।

‘मे’ महिनाको अन्तिममा आईओसी र निगम दुवै पदाधिकारीको उपस्थितिमा सञ्चालन समितिको बैठक बस्ने बताउँदै उनले भने, ‘त्यो बैठकमा झापा र चितवनमा अहिलेसम्म भइरहेको कामको प्रगति र त्यसपछि के गर्ने बारेमा बृहत् छलफल हुनेछ।’ सिलुगढी–झापा पेट्रोलियम पाइपलाइन परियोजनाका प्रमुख सुरेन्द्र महतोका अनुसार चालु आर्थिक वर्ष ०८१/८२ बाट झापामा परियोजनाको काम सुरु भएको हो। काँकडभिट्टाको मेची पुलदेखि चारआलीसम्मको पाइपलाइन विस्तारका लागि वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) बारेमा मेचीनगर नगरपालिकासँग बैठक बसी पहिलो चरणको काम भइसक्यो। परियोजना प्रमुख महतोले भने, ‘अहिले एसियन हाइवे निर्माणको काम चलिरहेको छ, पहिला रुट सर्वे गर्दा सडकमा त्यति धेरै कल्भर्ट र पुलहरू थिएन्, अहिले ठाउँ ठाउँमा कल्भर्ट र पुलहरू बनिरहेकोले पाइपलाइन विस्तारमा केही समस्या आइपरेको छ।’

सडकको छेउै छेउबाट पाइपलाइन ल्याउने रुट बनाइएको छ। ती समस्या समाधानका लागि आइओसीबाट पनि प्राविधिक टोली झापामा आइपुगेको र सडक विभागसँग सहकार्यमा पुन: सर्वेको काम गरिरहेको प्रमुख महतोले बताए। एसियन हाइवेमा कल्भर्ट र पुलहरूको समस्या नआएको भए झापाको हकमा अहिलेसम्म आइओसी टेन्डर प्रक्रियामा गइसक्थ्यो। पुन: रुट सर्वेक्षणको काम गर्नु परेकाले पाइपलाइन विस्तारमा ढिला हुन पुगेको उनको भनाइ छ।

सिलगुढी–झापा पाइपलाइन विस्तार करिब ५० किलोमिटर हुनेछ। भारतीय भूभाग (सिलगुढीदेखि पानीटंकीसम्म) मा ३५ किलोमिटर र नेपाली भूभाग (काँकडभिट्टादेखि चारआलीसम्म) मा १४ दशमलव ६ किलोमिटर रहेको उनले बताए। ‘पाइपलाइन बनेपछि देशको ठूलो ढुवानी खर्च जोगिन्छ,’ उनले भने, ‘चारआलीको भण्डारण स्थलमा ५ वटा डिपो बनेपछि कोशी प्रदेशका १४ जिल्लामै इन्धन आपूर्तिमा सहज हुन्छ।’ सरकारले २०७४ सालमै सिलुगढी–झापा पाइपलाइन परियोजना अघि सोको थियो। निगमले भण्डारण स्थल निर्माणका लागि विसं २०७४ मै मेचीनगर नगरपालिका १३ मा स्थानीय व्यक्तिहरूबाट २३ बिघा ३ कट्ठा १३ धुर जग्गा खरिद गरेको थियो।

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा नेपालको तर्फबाट उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र भारतका पेट्रोलियम एवं ग्यास मन्त्री हर्दिपसिंह पुरीले २०८० जेठमा दुई पाइपलाइनको सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए। सम्झौता पत्रमा दुई पाइपलाइन र एउटा टर्मिनल इन्डियन आयल कर्पोरेसनको लगानी र प्राविधिक सहयोग बन्ने उल्लेख छ। कुल २६ अर्ब ९३ करोड रुपैयाँका दुई पाइपलाइन र दुई टर्मिनलमा भारतले करिब १७ अर्ब रुपैयाँ लगानी गर्नेछ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज