Advertisement

बझाङको बुंगलमा रहेको गोइचनगाड जलविद्युत आयोजना तीन वर्षदेखि बन्द

Advertisement

बझाङ: बझाङको बुंगल नगरपालिका–१ गोइचनमा रहेको गोइचनगाड लघु जलविद्युत आयोजना विगत तीन वर्षदेखि बन्द हुँदा स्थानीयवासी अन्धकारमा बस्न बाध्य भएका छन् । वि.स.२०६५ सालमा निर्माण गरेको १६ किलोवाट क्षमताको उक्त जलविद्युत आयोजनाबाट गोइचनका करिब २०० परिवार लाभान्वित हुँदै आएका थिए । 

उक्त जलविद्युत आयोजना निर्माणमा गरिबी निवारण कोष र सप्रोज नेपाल र एन्साप नेपाल संस्थाको २७ लाख लगानी रहेको र बाकी स्थानियले जनश्रमदान गर्नुभएको थियो ।

तीन वर्षअघि आएको बाढीका कारण आयोजनामा प्रयोग हुने मेसिनमा क्षति पुगेपछि सेवा अवरुद्ध भएको हो । आर्थिक अभाव तथा मर्मत सामग्री अभावका कारण विद्युत पुनः सञ्चालनमा आउन सकेको छैन । विद्युत बन्द भएपछि दैनिकी निकै कष्टकर बनेको स्थानीय बिर्ख बोहराले बताउनुभयो ।

“अन्धकारमा रात बिताउनु त सामान्य भयो, मोबाइल चार्ज गर्न, विद्यार्थीले पढ्न, घरायसी काम गर्न पनि समस्या भएको छ,” उहाँले भन्नुभयो । साथै, स्थानीयले सञ्चालन गर्दै आएका अन्नपेल्ने मिल, आरा मिल, र अन्य साना घरेलु उद्योगसमेत विद्युत नहुँदा पूर्ण रूपमा बन्द भएका छन् ।

गोइचनगाड लघु जलविद्युत आयोजनाको भवन । तस्बिर : स्थानीय राम बोहरा
गोइचनगाड लघु जलविद्युत आयोजनाको भवन । तस्बिर : स्थानीय राम बोहरा

निर्माण समितिका निवर्तमान अध्यक्ष रामबहादुर बोहराले विकट स्थानका कारण मर्मत सामग्री ल्याउन गाह्रो हुने, सामान नपाइनु र बजेटको अभावले समस्या समाधानमा ढिलाइ भएको बताउनुभयो। मर्मतका लागि वडा कार्यालय, बुंगल नगरपालिका र अन्य सम्बन्धित निकायमा पटक–पटक अनुरोध गरिएकोभए पनि कुनै सुनुवाइ नभएको आयोजनाका अध्यक्ष नरसिंह बोहराले बताउनुभयो ।

यस विषयमा वडा नम्बर १ का वडा अध्यक्ष कस्वा बोहराले वडामा बजेट अभाव भएको कारण तत्काल बजेट विनियोजन गर्न नसकिएको बताउनुभयो । उहाँले गोइचन क्षेत्रका बासिन्दालाई अन्धकारमा राख्न नहुने उल्लेख गर्दै हाल कालंगा हाइड्रोपावरबाट विद्युत विस्तार गर्न पहल भइरहेको जानकारी दिनुभयो । बुंगल नगरपालिकका नगर प्रमुख जयबहादुर धामीले भने विद्युत मर्मत गर्ने कि कालंगा हाइड्रोपावरसँग समन्वय गरेर गोइचनमा विजुली बाल्ने भन्ने बिषयमा उक्त वडाका वडाध्यक्षसँग छलफल गरिरहेको र छिट्टै समस्या समाधान गरिने बताउनुभयो ।

सुरेश धामी, गोरखापत्र 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज