Advertisement

व्यवसायी भन्छन् : व्यवसाय सुकिसकेको थियो, अहिले जेनेरेटर र इन्भर्टरको माग बढ्दा खुसी छौं

Advertisement

नेपाल विद्युत प्राधिकरणमा नेतृत्व परिवर्तन भएपछि अघोषित लोडसेडिङ भएको गुनासो अधिकांशको छ । नेपाल विद्युत प्राधिकरणका यसअघिका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर सरकारले हितेन्द्रदेवलाई जिम्मेवारी दिएपछि अहिले अघोषित रूपमा लोडसेडिङ भएको बुझाइ अधिकांशको छ ।

यो गुनासो शुक्रबार प्राधिकरणसम्मै पुग्यो । शाक्यले श्वेतपत्र जारी गर्न बोलाएको पत्रकार सम्मेलनमा एक सर्वसाधारणले पछिल्लो पटक नियमित लोडसेडिङ भएको गुनासो गर्दै लोडसेडिङको तालिका नै सार्वजनिक गर्न शाक्यसमक्ष आग्रह गरे ।

प्रश्नोत्तर सत्रमा फ्लोरबाट प्रश्न राख्दै ती सहभागीले भने,‘पछिल्लो समय लोडसेडिङ भइरहेको छ, अघोषित लोडसेडिङ हुनुभन्दा तालिका नै सार्वजनिक गर्दा राम्रो होला,’ उनले कार्यक्रममा भने ।

उनको सो प्रश्नपछि प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले पहिलाको तुलनामा बढी बिजुली जाने समस्या नरहेको सुनाए । ‘विभिन्न कारणले समय-समयमा बत्ति जान सक्छ तर त्यसलाई लोडसेडिङ भएको भन्न मिल्दैन,’ उनले कार्यक्रममा जवाफ दिँदै भनेका थिए ।

पछिल्लो समय सर्वसाधारण र अन्य व्यवसायीमा पनि लोडसेडिङको महसुस भएको बुझिएको छ । विभिन्न व्यवसाय गर्नेहरूले बत्ती जाने समस्याकै कारण पछिल्लो समय इन्भर्टर तथा जेनेरेटर खरिद गर्ने गरेको बुझिएको हो ।

विशेषगरी प्राधिकरणको नेतृत्व परिवर्तन भएपछि जेनेरेटर र इन्भर्टरको व्यापार दोब्बरले बढेको व्यवसायीहरू बताउँछन् । उद्योगहरूमा दैनिक १२ घण्टा लोडसेडिङ हुन थालेपछि जेनेरेटर र इन्भर्टरको व्यापार दोब्बरले बढेको हो । सर्वसाधारणले पनि इन्भर्टर खरिद गर्न थालेको व्यवसायीहरू बताउँछन् ।

अशोक लेल्याण्डको आधिकारिक बिक्रेता आईएमई मोर्टसका सेल्स हेड सेचन ढकाल अहिले जेनेरेटर र इन्भर्टरको व्यापार दोब्बरले बढेको बताउँछन् । ‘आजभोलि जेनेरेटर र इन्भर्टरको माग बढिरहेको छ । अहिले दैनिक १०/१५ जना जेनेरेटर खरिदका लागि आउने गरेका छन्, विगतका महिनामा दैनिक औसतमा ५ जनासम्म आउँथे, इन्भर्टर किन्ने ग्राहक धेरै हुनुहुन्छ,’ उनले भने ।

ढकालका अनुसार अहिले जताततै लोडसेडिङ हुने क्रम बढिरहेको कारण घरायसी ग्राहकदेखि उद्योगीले जेनेरेटर र इन्भर्टरको माग गरिरहेका छन् ।

उद्योग मात्रै नभई डिपार्टमेन्टल स्टोर, हाउजिङ, होटल, कार्यालयलगायत अन्य प्रयोजनका लागि पनि जेनेरेटर र इन्भर्टरको माग भइरहेको उनले सुनाए । ‘घरायसी प्रयोजनमा इन्भर्टरको माग बढी हुने गरेको छ, उद्योग, होटल तथा डिपार्टमेन्ट स्टोरमा जेनेरेटरको माग हुन्छ,’ उनले भने ।

महिन्द्रा ग्रुपको आधिकारिक बिक्रेता अग्नि मोटो इंकका महाप्रबन्धक प्रत्युष श्रेष्ठ पछिल्लो समय अघोषित लोडसेडिङ बढ्दै गएपछि जेनेरेटर, इन्भर्टरलगायत ऊर्जाका वैकल्पिक साधनको माग ह्वात्तै बढेको बताउँछन् ।

‘यसअघि महिनामा एउटा/दुइटा मात्रै जेनेटर बिक्री हुन्थ्यो । तर, अहिले हप्तामा ३/४ वटासम्म बिक्री हुन थालेको छ,’ उनले भने । नेपाली बजारमा अहिले महिन्द्रा, आइसर, क्रिलोस्कर, पारवल ब्राण्डका इन्भर्टर तथा जेनेरेटर खरिद बिक्री हुने गरेका छन् ।

कुलमान प्राधिकरणमा आउनुअघि सर्वसाधारणले दैनिक १८ घण्टाको लोडसेडिङको समस्या खेप्नुपरेको थियो । तर, उनले प्राधिकरणको नेतृत्व गरेपछि देशमा लोडसेडिङ अन्त्य भयो । अहिले फेरि लोडसेडिङ सुरु भएको होकि भन्ने महसुस सर्वसाधारणले गरेका छन् ।

गत फागुनमा कुलमान सरकारको बर्खास्तीमा परेपछि शाक्यले जिम्मेवारी पाएका थिए । त्यसपछि भने नियमित बिजुली अवरुद्ध भइरहेको सर्वसाधारणको गुनासो छ । प्राधिकरणका अनुसार बेलुका पिक आवरमा आपूर्तिभन्दा माग बढी भएपछि त्यसको व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ ।

ईभीलाई पनि समस्या

अहिले नियमित बिजुली अवरुद्ध हुँदा विद्युतीय गाडी (ईभी)लाई पनि समस्या भएको बुझिएको छ । सिन्धुली दूधौली नगरपालिकाका अमर गुरुङसँग दुइटा माइक्रो ईभी छन् ।

उनले काठमाडौंदेखि दुधौलीसम्मको रुटमा दुइटै माइक्रो ईभी चलाउँदै आएका छन् । तर, पछिल्लो समयमा दैनिक रूपमा आधा घण्टादेखि दुई घण्टासम्म बिजुली अवरुद्ध हुन थालेपछि गाडी चार्ज गर्न समस्या भइरहेको उनको गुनासो छ ।

‘पछिल्लो समय हामी मारमा परेका छौं । अघोषित लोडसेडिङले हाम्रो व्यवसाय चौपट पार्ने डर लागिरहेको छ, उत्साही भएर गाडी खरिद गरियो, अहिले समयमै चार्ज गर्न पाइएको छैन,’ उनले भने ।

यस्तै, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल मर्हजन पनि प्राधिकरणमा कुलमान छँदा नगएको बत्ति अहिले दैनिक रूपमा जान थालेको सुनाउँछन् । ‘कुलमान प्राधिकरणमा हुँदा लोडसेडिङ भएन तर अहिले नियमित बिजलुी अवरुद्ध भइरहेको छ । यसमा व्यावसायिक राजनीति भइरहेको छ, जसका कारण उपभोक्ताहरू जेनेरेटर र इन्भर्टर खरिद गर्न बाध्य छन् । सरकारले जनतामाथि लोडसेडिङ गरेर आर्थिक भार थपिरहेको छ,’ उनले भने ।

यस विषयमा सरकार गम्भीर बन्नुपर्ने राय उनको छ ।

लोडसेडिङ भएको छैन : प्राधिकरण

नेपाल विद्युत प्राधिकरणले भने हाल देशभर विद्युत आपूर्तिमा कुनै समस्या नभएको दाबी गर्दै आएको छ । प्राधिकरणका प्रवक्ता राजभाई शिल्पकारले घरायसी ग्राहकका लागि २४ सै घण्टा विद्युत सेवा उपलब्ध रहेको र आगामी दिनमा पनि लोडसेडिङ नहुने जिकिर गरे ।

‘हामीले अहिले नियमित बिजुली दिएकै छौं । कति बेला आगलागी, हावाहुरी तथा चट्याङले बिजुलीको पोल ढल्ने, तारहरू चुँडिने समस्याका कारणले कुनै बेला बत्ति अवरुद्ध भएको हुन सक्छ,’ उनी भन्छन्, ‘त्यसलाई लोडसेडिङ भन्न मिल्दैन ।’

प्रवक्ता शिल्पकारले सुक्खायाममा पानी अभाव हुँदा विद्युत उत्पादनमा समस्या आउने गरेको र अब पानी परिरहेकाले यो समस्या कम हुँदै जाने विश्वास उनको छ ।

प्राधिकरणका अनुसार हाल देशभर कुल विद्युत जडित क्षमता ३ हजार ५१२ मेगावाट पुग

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज