Advertisement

विप्लव भ्रष्टाचारीलाई ठोक्दै, प्रहरी विप्लवलाई खोज्दै

Advertisement

बझाङ : ठेकेदार निर्माण सेवाले सिमेन्टमा माटाे मिसावट गरेकाे भेटिए पछि विप्लवले यस्तो नगर्न चेतावनी दिएको छ ।

बझाङ जिल्लाकाे दुर्गाथली गाउँपालिकाकाे मोरिबगर देखि चुवावन दौला जोड्ने सडकखण्ड अन्तर्गत ग्वालेखमा जारी निर्माण कार्यलाई स्थानीय बस्ती जोखिममा परेको भन्दै नेपाल कम्युनिस्ट पार्टी नेकपा बिप्लव समूह बझाङले यस्तो नगर्न चेतावनी दिएको थियाे ।

स्थानीय बासिन्दाहरूले ग्वाल्लेक निर्माण सेवालाई पटक–पटक आग्रह गर्दा पनि बस्तीलाई दीर्घकालीन रूपमा सुरक्षित बनाउने खालको पूर्वाधार नबनाइएको भन्दै स्थानीयहरुले पटकपटक असन्तुष्टि जनाउँदै आएका थिए ।

स्थानीय र विप्लव बझाङकाे माग थियो कि निर्माण स्थलमा डबल नालाको व्यवस्था गरिनुपर्छ, ताकि बस्तीमा बाढी तथा भुक्ष्यजन्य जोखिम न्यूनीकरण हाेस । तर यता निर्माण कम्पनीले लापरबाही गरेको देखिन्छ ।

यतिमात्र हैन, सम्बन्धित निर्माण सेवाले नागरिकको गम्भीर मागलाई बेवास्ता गर्दै “टेढो पुच्छर नलगाई” काम अगाडि बढाएको आरोप विप्लव समुहका युवा नेता कमल थापा सिले बताए । नेता कमल थापाले भने, हाम्रो पार्टी र केही स्थानीयहरुले निर्माण सडकको अनुगम गर्दा गुणस्तरहिन काम भएको र सिमेन्टमा माटाे भेटाएपछि यस्तो नगर्न चेतावनी दिएको हाे ।

पटकपटक ग्वाल्लेक निर्माण सेवालाई गुणस्तरीय काम गर्न विप्लव नेतृत्वले चेतावनी दिएको भए पनि निर्माण सेवाले राम्रो काम गरेको छैन । माेरिवगर देखि गाउँपालीका सम्म पनि जस्तो हुनुपर्ने हाे त्यस्ताे काम नभएको स्राेतकाे भनाइ रहेको छ । निर्माण सेवालाई विप्लव नेतृत्वमाले किन गुणस्तरहिन काम गरेको भन्दा पुर्वाधार बिकास कार्यालय लाई ३% रकम कमिसन दिनु पर्छ त्यहि भएर यस्तो गर्न बाध्य भएको उत्तर आएको विप्लवले जनाएको छ ।

अनुगमनका क्रममा नेता भरत मल्ल सि कमल थापा सि लगायतका नेताहरु सडकमा पुग्दा सिमेन्टमा बालुवा हुनुपर्ने ठाउँमा माटाे मिसावट हुँदै काम गरेको पाईएकाे छ । अनुगमनकर्ताका अनुसार केही नेताहरुले कमिसन खाएकाे पाईन्छ । गुणस्तरहिन काम गरेको भन्दै विप्लव नेतृत्वले राम्रो काम गर्न चेतावनी दिएको हाे । यतिबेला नेताहरू प्रहरीले खाेजिरहेकाे भन्दै दुर्गाथली वित्थड, केदारस्युमा राके जुलुस गर्दै आएका छन ।

काम राम्रो नगरेको भन्दै, अनुगमन टाेलि सँग केहि निर्माण सेवाका प्रतिनिधि सँग विवाद भएको थियाे । सामान्य विवाद पछि निर्माण कम्पनीका एक प्रतिनिधि लाई चाेट लागेको निर्माण कम्पनीले बताएको छ । तर ग्वाल्लेक निर्माण सेवाले बझाङ जिल्लामा पाएका ठेक्काहरु अलपत्र पार्दै गएकाे पाईन्छ । यतिबेला विप्लवका नेता कमल सि लगायत लाई प्रहरीले घरमै गएर खाेजी कार्य जारि गरेको पाईन्छ । प्रहरी घरमै खाेज्न आउदा आफू घरमै रहेको तर स्थानीयकाे सहयाेगमा आफू बाहिरी रहेको कमल थापा सिले हामीलाई फाेन मार्फत बताउनु भयाे । उनले भ्रष्टहरुलाई अझै प्रस्टै पार्नु पर्ने र पुर्वाधार बिकास कार्यालय बझाङ लाई कमिसन नमाग्न चेतावनी मात्र दिएको धेरै गरे विप्लव नेतृत्वले हामीलाई कालाेमुसाे दल्ने सम्म चेतावनी दिनु भएको छ । आफुले जनताको आवाज उठाएको थापाको भनाई रहेको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज