Advertisement

रास्वपा सुदूरपश्चिम प्रदेश सभापति विष्टलाई कारबाही गर्न सिफारिस

Advertisement

धनगडि—राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेश सभापति प्रकाश विष्टलाई कारबाहीको सिफारिस गरिएको छ

तत्कालीन सहमहामन्त्री एवं सांसद सुमना श्रेष्ठ र पार्टीबाट निष्कासित पूर्वमहामन्त्री मुकुल ढकालसँग मिलेर पार्टी चलाएको आरोपमा विष्टलाई प्रदेशका ९ जिल्ला सभापतिले कारबाहीको सिफारिस गरेका हुन् ।उनीमाथि विधानविपरीत पदाधिकारी मनोनीत गरेको, फरक मत राख्नेलाई पदबाट हटाउने, अधिवेशनकेन्द्रित राजनीति गर्ने, पार्टीभित्र गुटबन्दी गर्ने, प्रदेश पदाधिकारी मनपरी तरिकाले नियुक्त गर्ने/हटाउने, प्रदेश समिति बैठकका नक्कली कागजात तयार गरी कागजजी प्रमाण तयार गर्ने, पटक-पटक पार्टी नेतृत्वलाई धोका दिएको लगायतका ११ बुँदे आरोप छ । विष्टमाथि कारबाही प्रक्रिया अघि बढाउन प्रदेश इन्चार्ज एवं सांसद हरि ढकाललाई निवेदनसमेत दिइएको छ ।

सुदूरपश्चिमबाट दिपक बोहरा (डडेलधुरा) , विजय जैरु (कञ्चनपुर) र प्रतिभा रावल (अछाम) गरी तीन जना रास्वपाको केन्द्रीय समितिमा छन् । उनीहरु तीनै जना रवि लामिछाने निकट मानिन्छन् । स्रोतका अनुसार प्रदेश सभापति विष्टले लामिछाने निकटका मान्छेलाई पेल्ने र केन्द्रीय नेतालाई अटेर गर्ने अरोपसमेत लगाइएको छ । ‘प्रदेश सभापतिले सुमना श्रेष्ठ र मुकुल ढकालको इशारामा पार्टी चलाएको देखियो । लामिछाने निकटका केन्द्रीय नेता सुदूरपश्चिममा आउँदा उहाँले फोन नउठाउने, नटेर्ने गरेको धेरै पहिलेदेखि हो,’ स्रोत भन्छ,‘सुमना श्रेष्ठ पछिल्लो समयमा आफ्नो गुट बनाउन लागेको पनि देखिन्छ । लामिछानेबाहेकलाई मान्नेको राजनीति सकिन्छ । प्रदेश सभापति त्यसैको निशानामा पर्नुभयो ।’

काठमाडौं गएको बेला मुकुल ढकाललाई भेट्ने र सुमनालाई नेता मान्ने गरेको आरोपमा उनलाई पार्टीबाटै निकाल्नेसम्मको रणनीति अपाइएको छ । ‘सुमनाको नजिकका मान्छेलाई कारबाही गर्न सके उनी बलियो हुन सक्दैन भन्नेमा लामिछाने निकटकालाई परेको छ । केन्द्रीय सदस्य विजय जैरुको नेतृत्वमा सबै जिल्लाका सभापतिलाई हस्ताक्षर गर्न लगाएर निवेदन दिइएको छ,’ स्रोत भन्छ,‘विष्टलाई हटाउनका लागि लेखिएको निवेदनमा अछाम र बझाङका जिल्ला सभापतिहरु हस्ताक्षर गर्न तयार थिएनन् । उनीहरुलाई दबाबमा ल्याइएको हो । ’

पार्टीभित्र राम्रा मान्छेभन्दा आफू निकटका मान्छेलाई संरक्षण गर्ने प्रवृत्तिको निसानामा आफू पनि परेको रास्वपा प्रदेश सभापति विष्टले बताए । ‘मेरो कामको समीक्षा प्रदेश समितिले गर्नु पर्ने हो । माथिको आड लिएर तलको राजनीति गर्ने प्रवृत्ति छ । राम्रा मान्छेभन्दा हाम्रा मान्छेलाई संरक्षण गर्ने प्रवृत्ति राजनीतिमा देखिन्छ । यसमा हाम्रो पार्टी पनि अछूत रहेन ।’

प्रदेश समितिमा निर्णय गर्दा विधिविधानमा रहेर नै गरेको उनको दाबी छ । ‘मैले हरेक निर्णय विधिविधानमा टेकेर गरेको छु । म पनि मास्टर्स गरेको इन्जिनियर हुँ । देश, विदेशमा पाएका धेरै अवसर छोडेर फुलटाइम पार्टीलाई दिएको छु’, उनले भने,‘ कोशीको सभापति यस अगाडि नेतृत्वको सिकार भइसकेका छन् । अब मेरो पालो होला । पार्टीबाट निकालिहाले पनि मलाई केही चिन्ता छैन । मैले गर्नु पर्ने धेरै काम बाँकी छन् । आफ्नो काम गरेर बस्छु ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज