Advertisement

बझाङको मयाना गाउँ – अझै भएन विकासको अनुभुती

Advertisement

बझाङ । जयपृथ्वी नगरपालिकाको वडा नम्बर ११ अन्तर्गत पर्ने मयाना गाउँ, नामको नगरपालिका भए पनि अवस्था भने अझै दुर्गम गाउँकै छ । सदरमुकाम चयनपुरबाट जम्मा १२–१३ किलोमिटरको दूरीमा भए पनि यो गाउँ विकासको सूचीमा कहिल्यै परेन ।

स्वास्थ्य, शिक्षा, खानेपानी, यातायात जस्ता आधारभूत सेवा सुविधाको चरम अभाव रहेको मयानालाई नगरपालिका र वडाले विकासको सन्दर्भमा निरन्तर उपेक्षा गर्दै आएको स्थानीयहरूको गुनासो छ ।
वडाध्यक्ष सर्जन थापा एमालेबाट निर्वाचित छन् भने पालिका प्रमुख चेतराज बजाल नेपाली कांग्रेसबाट । राजनीतिक भिन्नताले गर्दा मयनाबासीहरूलाई सेवा र विकासका नाममा निराशा मात्रै बाँडिएको छ । काँग्रेस समर्थकहरूले वडाध्यक्षले ‘भोट नदिएको’ भन्दै सिफारिसदेखि सेवा रोकेको आरोप लगाउँछन् भने एमाले कार्यकर्ताहरू पालिका प्रमुखले एमालेको वडा भनेर बजेट विनियोजनमै सौतेनी व्यवहार गरेको दाबी गर्छन् ।

राज्यले भ्यू टावरदेखि मठ–मन्दिर, सडक, बत्ती, खानेपानीसम्ममा करोडौं खर्च गरिरहेका बेला मयानाको ऐतिहासिक निलकट्टी मन्दिर भने कहिल्यै सरकारको बजेटमा अटाएन ।
गाउँलेहरू भन्छन्, “व्यक्तिमा खर्च नगरोस्, तर पुर्खौली बस्ती र हाम्रो आस्थाको केन्द्र मन्दिरमा राज्यले ध्यान दिनुपर्छ ।“ मन्दिरको छाना चुहिन्छ, पर्खाल कच्ची छ, पानी र अन्य सुविधा छैन । हालै गाउँलेहरूले आफ्नै लगानीमा बत्ती जडान गरे पनि बाँकी समस्या यथावत् छ ।

सदरमुकामबाट मयानासम्म पुग्ने कच्ची सडक त छ, तर जोखिमपूर्ण हुँदा यातायात सञ्चालन ठप्प छ । गाडी जान नमान्दा वडाको कामका लागि चयनपुर जानु परे पनि स्थानीयहरूलाई हिँडेर जानुपर्ने बाध्यता छ । उक्त रोडमा गाडी बुकिङ गरे मात्र चल्छ, त्यो बुकिङ गर्न ४ हजार चाहिन्छ, ४ हजार नभए बुकिङ हुदैन र पैदल यात्रा गर्नूको विकल्प अर्को छैन् । सानो वडाको सिफारिस लिनका लागि पनि चयनपुर जानुपर्ने बाध्यता छ । सरकारले सिहदरवार गाउँगाउँमा भन्ने नारा यहाँ अझै लागु हुन सकेको छैन् । सिंहदरवारको आवास अझै मयानाबासीलाई भएको छैन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज