Advertisement

कञ्चनपुरका पाँच स्थानीय तहमा आइतबार सार्वजनिक विदा

Advertisement

महेन्द्रनगर- रानाथारु समुदायको प्रमुख पर्व तीजको अवसरमा कञ्चनपुरका पाँच स्थानीय तहले आइतबार (साउन ११ गते) सार्वजनिक बिदा दिने भएका छन्। बिदा दिने पालिकाहरूमा कृष्णपुर, पुनर्वास, बेलौरी नगरपालिका तथा लालझाडी र बेलडाँडी गाउँपालिका रहेका छन्।

बेलौरी नगरपालिकाका कार्यवाहक प्रमुख जोगराम चौधरीका अनुसार पालिकाले हरेक समुदायका पर्वलाई सम्मान गर्दै रानाथारु समुदायको सांस्कृतिक महत्वलाई ध्यानमा राखी बिदा दिने निर्णय गरेको हो। उनले धार्मिक तथा सांस्कृतिक चाडपर्वले सामाजिक एकता बलियो बनाउने भन्दै खर्चिलो बनाउनेभन्दा पनि आर्थिक मितव्ययिता अपनाउन आग्रह गर
लालझाडी गाउँपालिकाले भने रानाथारु महिलाको तीज पर्व र थारु समुदायको गुरही पर्वको अवसरमा साउन ११ र १३ गते दुई दिन सार्वजनिक बिदा दिएको जनाएको छ। गाउँपालिका अध्यक्ष निर्मल रानाका अनुसार यी पर्व समुदायको मौलिक सांस्कृतिक पहिचानसँग जोडिएका छन्।

रानाथारु समुदायले तीज श्रावण शुक्ल तृतीयाका दिन मनाउने परम्परा छ। समुदायका अगुवा प्रेमवती रानाका अनुसार अन्य समुदायमा श्रीमान्को दीर्घायुको कामनाका लागि व्रत बस्ने चलन भए पनि रानाथारु महिलाहरू दाजुभाइको दीर्घायुका लागि व्रत बस्ने गर्दछन्।

“दिदीबहिनीहरू माइतीघरमा गई परम्परागत भेषभूषामा सजिएर पिङ खेल्दै माङ्गलिक गीत गाउने गर्छन्”, उनले भनिन्, “यस पर्वलाई हामी ‘सावनको डोला’ भनी चिन्छौँ।”

स्थानीय चेतराम रानाका अनुसार तीज आउनु लगभग १५ दिन अघिदेखि नै दिदीबहिनीहरूलाई निम्ता दिने चलन रहिआएको छ। खेतीपाती सकिएपछि थकान मेट्ने, मनोरञ्जन गर्ने र पारिवारिक बन्धनलाई बलियो बनाउने पर्वका रूपमा तीज मनाइन्छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज