Advertisement

तीन दशक बित्दा पनि दोधारा–चाँदनी नहर निर्माण अधुरो, महाकाली सन्धि कार्यान्वयनमा ढिलाइ

Advertisement

कञ्चनपुर- नेपाल–भारतबीच महाकाली सन्धि सम्झौता भएको तीन दशक बितिसक्दा पनि सन्धिअनुसार दोधारा–चाँदनी नहर निर्माण अझै अन्योलमै रहेको छ। नेपालले नहरका लागि आवश्यक जग्गा अधिग्रहण गरी तयारी गरे पनि भारतीय पक्षले निर्माण गर्नुपर्ने १,१०० मिटर मूल नहर अहिलेसम्म निर्माण नगर्दा सन्धि कार्यान्वयनमा ढिलाइ भएको हो।

महाकाली सन्धिअनुसार भारतले कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा सिँचाइका लागि शारदा नहरमार्फत ३५० क्युसेक पानी उपलब्ध गराउनुपर्ने प्रावधान छ। वि.सं. २०५२ माघ २९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरसिंह रावले हस्ताक्षर गरेको उक्त सन्धि अझै कार्यान्वयनमा आउन सकेको छैन।

महाकाली सिँचाइ आयोजना तेस्रो चरणका निर्देशक डा. योगेन्द्र मिश्रका अनुसार, नेपालले नहर निर्माणका लागि मुआब्जा वितरण गरेर जग्गा अधिग्रहण गरिसकेको छ। तर, भारतले निर्माण गर्नुपर्ने सीमावर्ती १,१०० मिटर नहर नबनाएसम्म नेपालतर्फको नहर निर्माण थाल्न नसकिने अवस्था रहेको उनले बताए।

नेपालले दोधारा सीमाबाट १६ किलोमिटर मूल नहर निर्माण गर्नुपर्नेछ। यदि भारतले नहर निर्माण गरेपछि शारदा नहरको पानी दोधारा–चाँदनीमा ल्याउन सकियो भने करिब ३,०४० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगोस् भन्ने अपेक्षा छ।

महाकाली सन्धिका जानकार विष्णु अवस्थीले सम्झौता भएको छ महिनाभित्र नहर निर्माण सक्नुपर्ने सर्त हुँदाहुँदै पनि ३० वर्षसम्म नेपालले आफूलाई मिल्ने पानी नपाउनु दुःखद रहेको बताए। उनले सरकारलाई गम्भीर भएर समन्वय गर्न र प्रधानमन्त्रीको आगामी भारत भ्रमणमा यस विषयलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज