Advertisement

तीन दशक बित्दा पनि दोधारा–चाँदनी नहर निर्माण अधुरो, महाकाली सन्धि कार्यान्वयनमा ढिलाइ

Advertisement

कञ्चनपुर- नेपाल–भारतबीच महाकाली सन्धि सम्झौता भएको तीन दशक बितिसक्दा पनि सन्धिअनुसार दोधारा–चाँदनी नहर निर्माण अझै अन्योलमै रहेको छ। नेपालले नहरका लागि आवश्यक जग्गा अधिग्रहण गरी तयारी गरे पनि भारतीय पक्षले निर्माण गर्नुपर्ने १,१०० मिटर मूल नहर अहिलेसम्म निर्माण नगर्दा सन्धि कार्यान्वयनमा ढिलाइ भएको हो।

महाकाली सन्धिअनुसार भारतले कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा सिँचाइका लागि शारदा नहरमार्फत ३५० क्युसेक पानी उपलब्ध गराउनुपर्ने प्रावधान छ। वि.सं. २०५२ माघ २९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरसिंह रावले हस्ताक्षर गरेको उक्त सन्धि अझै कार्यान्वयनमा आउन सकेको छैन।

महाकाली सिँचाइ आयोजना तेस्रो चरणका निर्देशक डा. योगेन्द्र मिश्रका अनुसार, नेपालले नहर निर्माणका लागि मुआब्जा वितरण गरेर जग्गा अधिग्रहण गरिसकेको छ। तर, भारतले निर्माण गर्नुपर्ने सीमावर्ती १,१०० मिटर नहर नबनाएसम्म नेपालतर्फको नहर निर्माण थाल्न नसकिने अवस्था रहेको उनले बताए।

नेपालले दोधारा सीमाबाट १६ किलोमिटर मूल नहर निर्माण गर्नुपर्नेछ। यदि भारतले नहर निर्माण गरेपछि शारदा नहरको पानी दोधारा–चाँदनीमा ल्याउन सकियो भने करिब ३,०४० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगोस् भन्ने अपेक्षा छ।

महाकाली सन्धिका जानकार विष्णु अवस्थीले सम्झौता भएको छ महिनाभित्र नहर निर्माण सक्नुपर्ने सर्त हुँदाहुँदै पनि ३० वर्षसम्म नेपालले आफूलाई मिल्ने पानी नपाउनु दुःखद रहेको बताए। उनले सरकारलाई गम्भीर भएर समन्वय गर्न र प्रधानमन्त्रीको आगामी भारत भ्रमणमा यस विषयलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज