Advertisement

शुक्लाफाँटामा जङ्गली हात्तीको बथान, बस्तीमा त्रास

Advertisement

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिकाको चुरे फेदीका वन क्षेत्रमा जङ्गली हात्तीको बथान देखापरेपछि बस्तीमा त्रास फैलिएको छ। वर्षात् सुरु भएसँगै भारतीय दुधुवा नेसनल पार्कबाट हात्ती चुरे क्षेत्रमा आइपुगेका हुन्। यसपटक अन्य वर्षको तुलनामा चाँडै हात्ती आएको बताइएको छ।

सामुदायिक वनहरूमा हात्ती देखापर्न थालेपछि घाँस, दाउरा तथा सोतरका लागि वनमा जान उपभोक्तालाई रोकिएको छ। वातावरण मध्यवर्ती सामुदायिक वनका अध्यक्ष लोकेन्द्र जोशीका अनुसार हात्तीको बथान बाँसघारीमा देखिएको छ र उपभोक्तालाई वन क्षेत्रमा नजान अनुरोध गरिएको छ।

बैजनाथ सामुदायिक वन अध्यक्ष बहादुरसिंह महराका अनुसार मानव बस्तीमा हात्ती पसेर क्षति पुर्याउने सम्भावना उच्च छ। त्यसैले स्थानीयलाई साँझबिहान वन क्षेत्रमा जान रोकिएको छ भने दिउँसो सतर्कता अपनाउन सुझाव दिइएको छ।

हाल चुरे क्षेत्रमा १०–१५ हात्ती रहेको अनुमान छ। विगत तीन वर्षदेखि हात्तीले बस्तीमा पसेर मानवीय र भौतिक क्षति पुर्‍याउँदै आएको छ। धान पाक्दासम्म हात्ती चुरेमै बस्ने र त्यसपछि बस्ती छिर्ने क्रम दोहोरिने गरेको छ।

हात्ती नियन्त्रणका लागि ‘मेसवायर’ जडान गरिए पनि हात्तीले भत्काउने गरेको छ। सौर्य ऊर्जामा आधारित विद्युतीय प्रवाहयुक्त तारको माग गरिँदै आएको वडा नं ७ का दानसिंह कुवँरले बताए।

हात्तीको त्रासका कारण सिमलफाँटाका धेरै बासिन्दा खेतीपाती छोडेर रोजगारीका लागि भारत जान बाध्य छन्। हात्ती धानबाली सकेपछि फर्किए पनि गहुँबाली हरियो हुनासाथ पुनः आउने गरेका छन्। यसले दीर्घकालीन समाधानको आवश्यकता औंल्याएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज