Advertisement

फिफा महिला विश्वकप: अहिलेसम्मकै ‘ठूलो प्रतियोगिता’ सुरु हुनुअघि गोलीकाण्ड

Advertisement

न्यूजील्यान्डको अकल्यान्डमा फिफा महिला विश्वकप सुरु हुनुभन्दा केही घण्टाअघि गोली चलेपछि दुई जनाको मृत्यु भएको छ। प्रहरी अधिकारीसहित अन्य छ जना घाइते भएका छन्।

शहरको मुख्य व्यापारिक क्षेत्रस्थित एक निर्माण स्थलमा भएको घटनापछि स्थानीय समयअनुसार करिब साढे सात बजे बन्दुकधारी स्वयंको पनि मृत्यु भएको छ।

त्यहाँका प्रधानमन्त्री क्रिस हिपकिन्सले उक्त आक्रमणलाई आतङ्कवादी गतिविधिका रूपमा नहेरिएको बताएका छन्। घटनाले विश्वकपमा पनि कुनै असर नपारेको र प्रतियोगिता योजनाअनुसार नै अघि बढ्ने उनले बताए।

“प्रहरीले जोखिमलाई निस्तेज पारेको छ र क्विन स्ट्रिटमा भएको घटनापछि अहिले त्यहाँ कुनै खतरा छैन भन्ने कुरामा आम मानिस निर्धक्क हुन सक्छन्,” उनले भने।

आक्रमणको कुनै राजनीतिक वा वैचारिक कारण पत्ता नलागेको प्रधानमन्त्री बताए।

उनका अनुसार बन्दुकधारीले पम्प–एक्सन शटगन बन्दुक बोकेका थिए। हिपकिन्सले न्यूजील्यान्ड प्रहरीका “साहसी पुरुष र महिलालाई धन्यवाद व्यक्त गरे जो सर्वसाधारणलाई बचाउन गोली चलिरहेको ठाउँमा पुगे।”

“यस किसिमका घटनाक्रम निकै द्रुत गतिमा अगाडि बढ्छन् र यस्तो परिस्थितिमा अरूलाई बचाउन आफ्नो ज्यान जोखिममा राख्नेहरूको कदम वीरतापूर्ण हो,” उनले भने।

खेलाडीहरू कति सुरक्षित?

अकल्यान्डका मेयर वेन ब्राउनका अनुसार फिफाका सबै कर्मचारी र फुटबल टोलीहरूको अवस्थाबारे जानकारी लिइएको छ र उनीहरू सुरक्षित छन्। यसअघि उनले मानिसहरूलाई घरमै बस्न र शहरमा यात्रा नगर्न आग्रह गरेका थिए। उनले गोलीकाण्डलाई ‘डरलाग्दो घटना’को संज्ञा दिएका थिए।

उद्घाटन खेल न्यूजील्यान्ड र नर्वेबीच इडेन पार्कमा हुनेछ।

देशका खेलमन्त्री ग्रान्ट रोबर्टसनले सुरक्षाको प्रत्याभूति गराउँदै उक्त क्षेत्रमा थप प्रहरी तैनाथ गरिने बताएका छन्।

प्रहरीका अनुसार उनीहरूले सुरुमा एक निर्माणस्थल भित्र एक व्यक्तिले बन्दुक पड्काएको खबर पाएका थिए। ती बन्दुकधारीले भवनभित्र यताउता गर्दै निरन्तर गोली चलाएको बताइन्छ।

रातो धर्सा

यो पनि पढ्नुहोस्

रातो धर्सा

त्यसपछि ती व्यक्ति लिफ्टमा चढे र प्रहरीले उनीसँग कुरा गर्ने प्रयास गर्‍यो। ती व्यक्तिले थप केही बेर गोली चलाए र केही समयपछि उनी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

घटनापछि वाटरफ्रन्ट र फ्यान पार्कबाट केही दूरीमा रहेको मुख्य व्यापारिक क्षेत्रमा सशस्त्र प्रहरीको बाक्लो उपस्थिति थियो।

अमेरिकाको न्याशनल विमिन्स सकर लिगकी प्रमुख स्पोर्टिङ डाइरेक्टर टाट्याना हेनी गोली चलेको ठाउँ नजिकै बसिरहेकी छन्।

उनले बिबिसी न्यूजसँगको कुराकानीमा प्रहरीका गाडीहरू आएको आवाज सुनेर आफू ब्युँझिएको र आफूहरूलाई भित्रै बस्न सुझाव दिइएको बताइन्।

“अहिले हामीले सुरक्षित महसुस गरिरहेका छौँ,” उनले भनिन्।

महिला विश्वकपको यस संस्करणबारे हामीलाई के थाहा छ?

उद्घाटन खेल हुने मैदान
तस्बिरको क्याप्शन,उद्घाटन खेल हुने मैदान

यो पटक महिला विश्वकप फुटबल न्यूजील्यान्ड र अस्ट्रेलियामा हुँदै छ। पहिलो पटक महिला विश्वकप दुई देशले संयुक्त रूपमा आयोजना गर्न लागेका हुन्।

प्रतियोगिताको यो नवौँ संस्करण हो।

यस प्रतियोगितामा विश्व च्याम्पियन अमेरिकासहित ३२ वटा देश सहभागी हुँदै छन्। सुरुवाती खेलहरू हेर्न करिब एक लाख दर्शकको उपस्थिति रहने आयोजकहरूको आशा छ।

नौवटा सहरका विभिन्न १० मैदानमा हुने ६४ खेलका लागि १३ लाखभन्दा बढी टिकटको अग्रिम बिक्रिसँगै यो सबैभन्दा बढी हेरिने महिला विश्वकप हुने ठानिएको छ।

महिला खेलाडीको अवस्था र अनुभव

आयोजकले सन् २०२३ को यस संस्करणका लागि दुई अर्ब टेलिभिजन दर्शकसम्म पुग्ने लक्ष्य लिएको छ। उक्त सङ्ख्या सन् २०१९ मा फ्रान्समा भएको विश्वकप हेर्ने दर्शक सङ्ख्याको दोबर हो।

“महिला भविष्य हुन्। अहिलेसम्मकै सबैभन्दा ठूलो फिफा महिला विश्वकपलाई समर्थन गर्ने प्रशंसकहरूलाई धन्यवाद,” फिफाका अध्यक्ष जिआनी इन्फान्टिनोले भने।

रिपब्लिक अफ आयरल्यान्डका साथै भियतनाम, जाम्बिया, हेइटी, मोरक्को, पानामा, फिलिपिन्स र पोर्चुगल पनि पहिलो पटक विश्वकपमा सहभागी हुँदै छन्।

विश्वको नम्बर एक टोली अमेरिका पाँचौँ पटक विश्व उपाधि जित्ने लक्ष्यमा छ भने जाम्बिया ७७ औँ स्थानमा छ।

प्रतिस्पर्धाको अन्तिम खेल अगस्ट २० मा स्टेडियम अस्ट्रेलियामा हुनेछ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज