Advertisement

साइपाल–१ मा बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत ४१ महिला लाभग्राहीलाई बाख्रा वितरण

Advertisement

बझाङको साइपाल गाउँपालिका वडा नं. १ मा बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत सुनौला हजार दिनका आमाहरू तथा २ वर्षमुनिका बालबालिका भएकी ४१ जना महिला लाभग्राहीलाई बाख्रा वितरण गरिएको छ । पोषण सुधारसँगै आयआर्जनमा सहयोग पुगोस् भन्ने उद्देश्यले लक्षित महिलाहरूलाई कार्यक्रममार्फत बाख्रा प्रदान गरिएको हो ।

कार्यक्रमले लक्षित समुहका आमाहरूको पोषण अवस्था सुधार गर्नुका साथै पशुपालनबाट आम्दानी आर्जन गरी आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास लिइएको छ । बाख्रा पालनले महिलाहरूको आर्थिक सशक्तिकरणमा टेवा पुग्ने र परिवारको समग्र स्वास्थ्यमा सुधार ल्याउने अपेक्षा गरिएको छ ।

वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता नरेन्द्र धामीले कार्यक्रमबारे जानकारी दिँदै भने, सुनौला हजार दिनको अवधिमा आमाहरूको पोषण अवस्था सुधार गर्नु हाम्रो पहिलो लक्ष्य हो। आयआर्जनका साथ पोषणमा सुधार ल्याउने यो कार्यक्रमको प्रभाव केही महिनामै देखिनेछ । साथै, उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै सरोकारवालाप्रति धन्यवाद व्यक्त गरे ।

कार्यक्रम सञ्चालनमा सक्रिय भूमिका निर्वाह गरेकी पोषण सहजकर्ता सुनिता बोहराले महिलाहरूलाई बाख्राको हेरचाह, पोषणयुक्त आहार व्यवस्थापन, रोग नियन्त्रणलगायत विषयमा व्यवहारिक तालिम दिइएको जानकारी दिइन् । सुनौला हजार दिन अत्यन्त संवेदनशील समय हो । यस अवधिमा आमाको पोषण सुधार गर्न बाख्राबाट दुग्धजन्य पदार्थको पहुँच बढ्ने विश्वास लिएको छ, बोहराले भनिन्।

बाख्रा वितरणसँगै सहभागी महिलाहरूलाई पशुपालनसम्बन्धी आधारभूत तालिम प्रदान गरिएको थियो । तालिमपछि महिलाहरूमा आत्मविश्वास बढेको र बाख्रालाई राम्रोसँग हेरचाह गर्न सक्ने विश्वास देखिएको वडा कार्यालयले जनाएको छ ।

कार्यक्रममा सहभागी लाभग्राही महिलाहरूले बाख्राबाट प्राप्त हुने फाइदाले परिवारको पोषणस्तरमा सकारात्मक प्रभाव पार्ने र सन्तानको स्वास्थ्यमा सुधार ल्याउने प्रतिक्रिया दिएका छन् ।

पछिल्लो समय वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता युवा नेता नरेन्द्र धामीको सामाजिक कार्यमा सक्रियता बढ्दै गएको छ । विकास, जनस्वास्थ्य, शिक्षा र पोषणजस्ता क्षेत्रमा देखिएको उनको पहललाई साइपालवासी जनताले खुलेर प्रशंसा गर्दै आएका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज