Advertisement

साइपाल–१ मा बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत ४१ महिला लाभग्राहीलाई बाख्रा वितरण

Advertisement

बझाङको साइपाल गाउँपालिका वडा नं. १ मा बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत सुनौला हजार दिनका आमाहरू तथा २ वर्षमुनिका बालबालिका भएकी ४१ जना महिला लाभग्राहीलाई बाख्रा वितरण गरिएको छ । पोषण सुधारसँगै आयआर्जनमा सहयोग पुगोस् भन्ने उद्देश्यले लक्षित महिलाहरूलाई कार्यक्रममार्फत बाख्रा प्रदान गरिएको हो ।

कार्यक्रमले लक्षित समुहका आमाहरूको पोषण अवस्था सुधार गर्नुका साथै पशुपालनबाट आम्दानी आर्जन गरी आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास लिइएको छ । बाख्रा पालनले महिलाहरूको आर्थिक सशक्तिकरणमा टेवा पुग्ने र परिवारको समग्र स्वास्थ्यमा सुधार ल्याउने अपेक्षा गरिएको छ ।

वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता नरेन्द्र धामीले कार्यक्रमबारे जानकारी दिँदै भने, सुनौला हजार दिनको अवधिमा आमाहरूको पोषण अवस्था सुधार गर्नु हाम्रो पहिलो लक्ष्य हो। आयआर्जनका साथ पोषणमा सुधार ल्याउने यो कार्यक्रमको प्रभाव केही महिनामै देखिनेछ । साथै, उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै सरोकारवालाप्रति धन्यवाद व्यक्त गरे ।

कार्यक्रम सञ्चालनमा सक्रिय भूमिका निर्वाह गरेकी पोषण सहजकर्ता सुनिता बोहराले महिलाहरूलाई बाख्राको हेरचाह, पोषणयुक्त आहार व्यवस्थापन, रोग नियन्त्रणलगायत विषयमा व्यवहारिक तालिम दिइएको जानकारी दिइन् । सुनौला हजार दिन अत्यन्त संवेदनशील समय हो । यस अवधिमा आमाको पोषण सुधार गर्न बाख्राबाट दुग्धजन्य पदार्थको पहुँच बढ्ने विश्वास लिएको छ, बोहराले भनिन्।

बाख्रा वितरणसँगै सहभागी महिलाहरूलाई पशुपालनसम्बन्धी आधारभूत तालिम प्रदान गरिएको थियो । तालिमपछि महिलाहरूमा आत्मविश्वास बढेको र बाख्रालाई राम्रोसँग हेरचाह गर्न सक्ने विश्वास देखिएको वडा कार्यालयले जनाएको छ ।

कार्यक्रममा सहभागी लाभग्राही महिलाहरूले बाख्राबाट प्राप्त हुने फाइदाले परिवारको पोषणस्तरमा सकारात्मक प्रभाव पार्ने र सन्तानको स्वास्थ्यमा सुधार ल्याउने प्रतिक्रिया दिएका छन् ।

पछिल्लो समय वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता युवा नेता नरेन्द्र धामीको सामाजिक कार्यमा सक्रियता बढ्दै गएको छ । विकास, जनस्वास्थ्य, शिक्षा र पोषणजस्ता क्षेत्रमा देखिएको उनको पहललाई साइपालवासी जनताले खुलेर प्रशंसा गर्दै आएका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज