Advertisement

मुख्य समाचार

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

Breaking News 1, कैलाली, मुख्य समाचार
धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाकी एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय प्रेमबहादुर साउदकी ४० वर्षीया श्रीमती पार्वती साउद रहेकी छन्। प्रहरीका अनुसार पार्वती घाँस काट्नका लागि स्थानीय बारबन सामुदायिक वनमा गएकी थिइन्। साँझसम्म घर नफर्किएपछि आफन्तले खोजी गर्ने क्रममा उनी रुखबाट लडेर मृत अवस्थामा फेला परेकी थिइन्। उनी मृत अवस्थामा फेला परेको जानकारी गौरीगंगा नगरपालिका–६ का वडाध्यक्षले इलाका प्रहरी कार्यालय चौमालालाई गराएका थिए। घटनास्थल इलाका प्रहरी कार्यालय चौमालाबाट करिब ८ किलोमिटर पश्चिममा पर्छ। घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय चौमाला र इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी टोली घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ।...
खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ: नेकपा (एमाले) बझाङ तथा खप्तडछान्ना गाउँपालिकाका सक्रिय र प्रभावशाली नेताका रूपमा परिचित कलक खत्री आगामी स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्ष पदका सम्भावित उम्मेदवारका रूपमा व्यापक चर्चामा रहेका छन् । स्थानीय तहमा पार्टी संगठन विस्तार, कार्यकर्ता परिचालन र जनतासँगको निरन्तर सम्पर्कका कारण खत्रीलाई एमालेभित्र मात्र होइन, समग्र स्थानीय राजनीतिमा पनि प्रभावशाली नेताका रूपमा हेरिने गरिएको छ । २०७९ सालको स्थानीय तह निर्वाचनमा खत्री गाउँपालिका अध्यक्ष पदका लागि एमालेबाट सिफारिसमा परेका थिए । तर अन्तिम समयमा पार्टीको निर्णयअनुसार उनले टिकट पाउन सकेनन् । त्यसबेला पनि धेरै कार्यकर्ताले उनलाई सक्षम उम्मेदवारका रूपमा लिएका थिए । टिकट नपाएपछि पनि उनले पार्टीप्रतिको प्रतिबद्धता कायम राख्दै संगठन निर्माण, पार्टीका कार्यक्रम र जनसम्पर्कलाई निरन्तरता दिएका थिए । आगामी निर्वाचनको चर्चा सुरु ...
राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

Breaking News 1, Breaking News 2, Breaking News 3, मुख्य समाचार
बझाङ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बझाङको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र विवाद र असन्तोष सतहमा आएको छ। वडा तथा पालिका अधिवेशन नै नगरी जिल्ला नेतृत्व चयन गरिएको भन्दै असन्तुष्ट पक्षले विरोध जनाएका छन्। आवश्यक प्रक्रिया र सूचनाबिनै वैधानिक मापदण्डविपरीत जिल्ला नेतृत्व चयन गरिएको भन्दै आलोचना र विरोध सुरु भएको हो। राप्रपाका नेता किशोर भण्डारीले २५ सदस्यीय जिल्ला समितिमध्ये ४–५ जनाले मात्रै हस्ताक्षर गरेर अवैधानिक रूपमा अधिवेशनको नाटक गरिएको आरोप लगाए। उनले भने, ‘तल्ला कमिटीहरूको अधिवेशन नै नगरी केही व्यक्ति मिलेर नेतृत्व चयनको नाटक गरेका छन्। यो अवैधानिक प्रक्रिया हामीलाई कुनै हालतमा मान्य छैन।’ त्यस्तै, राप्रपा पर्यटन विभागका केन्द्रीय सदस्य किशोर खड्काले पारदर्शी र प्रक्रियागत ढङ्गले अघि बढ्नुको साटो कसैलाई जानकारी नदिई ‘झ्यालबाट’ अधिवेशन गरिएको आरोप लगाए। उनले भने, ‘संग...
कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कैलाली क्षेत्र नं. ५ बाट लक्ष्मी रिजाल केसीले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेकी छन्। लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रिजाल केसीले पार्टी संगठनलाई थप मजबुत बनाउने, महिलाको सहभागिता र नेतृत्वदायी भूमिका बढाउने तथा कार्यकर्ताका आवाजलाई पार्टीको नीति निर्माण तहसम्म पुर्‍याउने उद्देश्यले उम्मेदवारी दिएको बताएकी छन्। उनले पार्टीको संगठन सुदृढीकरणसँगै महिला तथा युवा सहभागितालाई प्राथमिकता दिँदै पार्टीलाई थप सक्रिय र जनमुखी बनाउन आफ्नो भूमिका केन्द्रित गर्ने बताएकी छन्। महाधिवेशन प्रतिनिधि पदका लागि उम्मेदवारी घोषणा गर्दै रिजाल केसीले पार्टीभित्रको लोकतान्त्रिक अभ्यास, संगठनप्रतिको प्रतिबद्धता र कार्यकर्तासँगको निरन्तर सहकार्यलाई आफ्नो प्राथमिकतामा राख्ने उल्लेख गरेकी छन्।...
हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, शिक्षा, समाचार, सुदूरपश्चिम
धनगढी- लामो समयदेखि शिक्षण पेशामा समर्पित शिक्षक चक्रप्रसाद रेग्मीले ३७ वर्ष ९ महिना १९ दिनको शिक्षण सेवा पूरा गर्दै अनिवार्य अवकाश लिएका छन्। छबिसपाथिभेरा गाउँपालिका–४ झुतेरामा जन्मिएका रेग्मीले भदौ २० गतेदेखि औपचारिक रूपमा शिक्षण सेवाबाट अवकाश लिएका हुन्। ‘रेग्मी सर’का नामले विद्यार्थी, अभिभावक र स्थानीय समुदायमा परिचित रेग्मीले बझाङका विभिन्न विद्यालयमा रहेर हजारौँ विद्यार्थीलाई शिक्षा दिएका छन्। विशेषगरी छबिसपाथिभेरा गाउँपालिका-७ स्थित मजखोरी माध्यमिक विद्यालयमा लामो समय अध्यापन गराएका उनले त्यही विद्यालयको प्रधानाध्यापकको जिम्मेवारीसमेत सम्हाले। रेग्मीले २०६३ देखि २०६९ सालसम्म मजखोरी माध्यमिक विद्यालयको प्रधानाध्यापकका रूपमा नेतृत्व गरेका थिए। त्यसपछि पनि उनी लामो समय सोही विद्यालयमा अध्यापनरत रहे। २०७७ फागुन २२ गतेसम्म मजखोरीमा अध्यापन गरेपछि फागुन २३ गतेदेखि छबिसपाथिभेरा गाउँपालिक...
भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
धनगढी- सुदूरपश्चिमेली नेपाली समाज भारतले भोटेकोशी बाढीबाट परिवारको राहत तथा पुनःस्थापनाका लागि २ लाख ८ हजार रुपैयाँ सहयोग गरेको छ। समाजले प्रवासमा रहेका नेपालीबाट संकलन गरेको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ। प्राकृतिक विपत्तिका बेला प्रभावित नागरिकलाई सहयोग पुर्‍याउने उद्देश्यले रकम संकलन गरिएको समाजका अध्यक्ष महादेव भट्टले बताए। उनका अनुसार सहयोग अभियानमा राज्य, जिल्ला तथा एरिया समितिसहित समाजका विभिन्न तहका सदस्य र सहयोगदाताको सहभागिता रहेको थियो। भट्टले मातृभूमिमा आइपरेको विपत्तिका बेला आर्थिक सहयोग जुटाउन साथ दिने सबैप्रति धन्यवाद व्यक्त गरेका छन्। उनले विपद्मा परेका नागरिकको सहयोगका लागि सामूहिक प्रयास आवश्यक रहेको बताए।...
दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, रोजगार, समाचार
दाङ- अमेरिकामा रहेका नेपाली तथा गैरआवासीय नेपाली (एनआरएन) को लगानीमा स्थापना भएको राइड–सेयरिङ कम्पनी ‘सेफ राइड’ले आफ्नो सेवा दाङबाट सुरु गर्ने तयारी गरेको छ। पठाओ, इनड्राइभ र उबरजस्तै प्रविधिमा आधारित यातायात सेवा सञ्चालन गर्ने उद्देश्यसहित कम्पनीले दाङमा सेवा सुरु गर्न आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी अघि बढाएको जनाएको छ। कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) डिबी रावतका अनुसार दाङलाई कम्पनीको पहिलो सेवा क्षेत्र बनाइएको हो। आफ्नो जन्मभूमिबाटै नयाँ व्यवसायको सुरुवात गरी स्थानीय स्तरमा रोजगारी र यातायातको अवसर सिर्जना गर्ने उद्देश्य रहेको उनले बताए। सुरुआती चरणमा घोराही, तुलसीपुर, लमही र भालुवाङ क्षेत्रमा सेवा उपलब्ध गराउने कम्पनीको योजना छ। यात्रुको आवश्यकता र स्थानीय अवस्थाअनुसार बाइक, अटो, कार र साइकलमार्फत राइड–सेयरिङ सेवा सञ्चालन गरिनेछ। कम्पनीले सेवा सञ्चालनक...
तीजको रमझम स्थगित गर्दै भोटेकोशी बाढीपीडितको घाउमा मलम

तीजको रमझम स्थगित गर्दै भोटेकोशी बाढीपीडितको घाउमा मलम

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
पुणे- नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा आयोजना गर्न लागिएको कार्यक्रम स्थगित गर्दै भारतको महाराष्ट्रस्थित अखिल वार्जे नेपाली समाज, पुणेले भोटेकोशी बाढीपहिरो पीडितका लागि सहयोग गरेको छ। तीज कार्यक्रम आयोजना गर्दा हुने खर्चलाई विपद्मा परेका नेपाली परिवारको राहतमा प्रयोग गर्ने उद्देश्यले यस वर्ष कार्यक्रम नगर्ने निर्णय गरिएको समाजले जनाएको छ। भोटेकोशी क्षेत्रमा आएको बाढीपहिरोबाट घर, धनसम्पत्ति तथा आफन्त गुमाएका परिवार पीडामा रहेका बेला उत्सव र मनोरञ्जनभन्दा मानवीय सेवामा प्राथमिकता दिने निर्णय गरिएको समाजको भनाइ छ। समाजले “उत्सवभन्दा ठूलो मानव सेवा हो। हाम्रो सानो सहयोगले बाढीपहिरो पीडितको पीडामा केही राहत मिलोस् भन्ने उद्देश्यले तीज कार्यक्रम स्थगित गरी सहयोग गरेका हौँ,” जनाएको छ। विदेशमा रहेर पनि मातृभूमिमा आइपरेको विपद्मा आफ्नो पर्वको खर्च कटौती गरी पीडितको सहयोगमा जु...
बझाङको विकासमा दलभन्दा माथि उठेर काम गर्न सांसद महरको आग्रह

बझाङको विकासमा दलभन्दा माथि उठेर काम गर्न सांसद महरको आग्रह

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
रमेश केसी- प्रतिनिधिसभा सदस्य ऐन महरले बझाङको विकास र गरिबी निवारणका लागि दलगत स्वार्थभन्दा माथि उठेर साझा उद्देश्यका साथ अघि बढ्नुपर्ने बताएका छन् । उनले बिहीबार जिल्ला समन्वय समिति बझाङको १०औँ जिल्ला सभालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । सभालाई सम्बोधन गर्दै उनले आगामी चार–पाँच वर्षमा जनताले प्रत्यक्ष परिवर्तन महसुस गर्ने गरी विकास निर्माणका काम गर्नुपर्ने बताए । महरले बझाङमा सडक सञ्जाल विस्तारलाई प्राथमिकता दिनुपर्ने बताउँदै अबको दुई–चार वर्षमा साइपालको घुलीसम्म सडक पुर्‍याउने लक्ष्यका साथ काम गर्नुपर्ने बताए । खुटिया–दिपायल सडकलाई दुवैतर्फबाट काम हुने गरी तीव्रता दिन आफूले पहल गरिरहेको उनले बताए । करिब १५० किलोमिटरको खुटिया–दिपायल सडक निर्माण भए हाल बझाङबाट धनगढी पुग्नुपर्ने करिब २७० किलोमिटरको दूरी घट्ने उनले बताए । उक्त सडकलाई ताक्लाकोटसम्म जोडेर सुरुङ मार्ग निर्माण गर्...
जन्मदिनमा समाजसेवा रोजे बहादुर खड्काले, ४२ विद्यार्थीलाई शैक्षिक सामग्री

जन्मदिनमा समाजसेवा रोजे बहादुर खड्काले, ४२ विद्यार्थीलाई शैक्षिक सामग्री

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीकाे गौरीगंगा नगरपालिका-६ का समाजसेवी युवा नेता बहादुर खड्काले आफ्नो जन्मोत्सवको अवसरमा विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन्। जन्मोत्सवमा फजुल खर्च गर्नुभन्दा समाजसेवा तथा मानव धर्मलाई प्राथमिकता दिँदै खड्काले वडाका तीन वटा विद्यालयमा अध्ययनरत ४२ जना विद्यार्थीलाई कापी र कलमलगायत शैक्षिक सामग्री प्रदान गरेका हुन्। खड्काले गौरीगंगा नगरपालिका–६ स्थित अमर माध्यमिक विद्यालय बनबेहडा, भैरव आधारभूत विद्यालय मोया र आनन्द आधारभूत विद्यालय दैदुवारीमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको जानकारी दिए। जन्मोत्सवलाई सामाजिक सेवासँग जोड्दै विद्यार्थीको अध्ययनमा सहयोग पु¥याउने उद्देश्यले शैक्षिक सामग्री वितरण गरिएको खड्काले बताए।...
चैनपुर सहरी खानेपानीको नेतृत्वका लागि आज निर्वाचन, अध्यक्षमा तीन जनाको भिडन्त

चैनपुर सहरी खानेपानीको नेतृत्वका लागि आज निर्वाचन, अध्यक्षमा तीन जनाको भिडन्त

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- चैनपुर सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको नयाँ कार्यसमिति चयनका लागि बुधबार निर्वाचन हुँदै छ । संस्थाको चौथो अधिवेशन मंगलबार उद्घाटन भएको भए पनि नेतृत्व चयनमा सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रियामार्फत नयाँ कार्यसमिति छान्न लागिएको हो । अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको प्रयास विफल भएपछि निर्वाचन कार्यक्रम तय गरिएको निर्वाचन अधिकृत खगेन्द्रप्रसाद जोशीले जानकारी दिए । उनका अनुसार बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म मतदानको समय तोकिएको छ । निर्वाचनमा कुल १ हजार ३ सय ३७ जना उपभोक्ता मतदाता रहेका छन् । संस्थाको मुख्य पद अध्यक्षका लागि लोकेन्द्र विष्ट, लोकेन्द्र खड्का र नरेन्द्र खड्का गरी तीन जना चुनावी मैदानमा छन् । त्यस्तै, उपाध्यक्ष पदमा पाँच जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षका लागि कलक बोहरा, बबिनबहादुर सिंह, खडक सुनार, जुना जाग्री र देवेन्द्र खड्का प्रतिस्पर्धामा उत्...
जेन-जी शहीद दिवस आज, देशभर सार्वजनिक बिदा

जेन-जी शहीद दिवस आज, देशभर सार्वजनिक बिदा

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
आज जेन-जी शहीद दिवस मनाइँदैछ। गत २३ भदौमा भएको जेन-जी विद्रोहपछि देशमा राजनीतिक उथलपुथल भएको थियो। आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज शहीद दिवस मनाउँदै सार्वजनिक बिदा दिएको हो। जेन–जी आन्दोलनपछि तत्कालीन सरकार विघटन भएको थियो भने पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन गरिएको थियो। आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति सम्मान र श्रद्धाञ्जली अर्पण गर्न सरकारले देशभर सार्वजनिक बिदा दिएको हो। यही १८ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले आज सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज