Advertisement

जवाफदेहितामा अनुभव बटुलेका खड्का जिल्ला अस्पतालकाे अध्यक्षमा

Advertisement

बझाङ- जिल्ला अस्पताल सिमखेतको अध्यक्षमा विरेन्द्र बहादुर खड्का चयन भएका छन् । स्वास्थ्य सेवाको गुणस्तर सुधार र संस्थागत सुशासन प्रवर्द्धनमा अनुभव हासिल गरेका खड्का अध्यक्षमा नियुक्त भएसँगै स्वास्थ्य क्षेत्रप्रति नयाँ अपेक्षा बढेको छ।

जयपृथ्वी नगरपालिका–३, बझाङका स्थायी बासिन्दा खड्काले त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर (एमए) तथा पाठ्यक्रम तथा मूल्यांकन विषयमा एमएड उत्तीर्ण गरेका छन्। विद्यार्थी राजनीतिबाट आफ्नो सार्वजनिक जीवन सुरु गरेका उनी अनेरास्ववियुका विभिन्न तहमा सक्रिय रहँदै केन्द्रीय सदस्यसम्मको जिम्मेवारी सम्हालिसकेका छन्।

विद्यार्थी आन्दोलनको क्रममा उनले कैलाली बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको सचिवको भूमिका निर्वाह गरेका थिए। अहिले खड्का नेकपा एमालेको जिल्ला कमिटी सदस्य रहेका छन् ।

खड्काले गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थासँग सहकार्य गर्दै गाउँपालिकाहरूमा सामाजिक परीक्षण र सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गरेका छन्। साथै, सामाजिक विकास मन्त्रालयसँग समन्वय गरी जवाफदेहिता सम्बन्धी विभिन्न कार्यक्रमहरूमा संलग्न रहेका उनी बझाङ जिल्ला अस्पताल तथा अन्य स्वास्थ्य संस्थाहरूमा पनि पारदर्शिता र उत्तरदायित्व अभिवृद्धिमा सक्रिय रहँदै आएका छन्।

नवनियुक्त अध्यक्ष खड्काले अस्पतालको सेवा प्रवाह सुधार, व्यवस्थापन सुदृढीकरण तथा जनविश्वास अभिवृद्धि आफ्नो प्राथमिकतामा रहने बताएका छन्। उनले भने, ´अस्पताललाई जनमैत्री, पारदर्शी र प्रभावकारी बनाउने दिशामा सबै सरोकारवालासँग सहकार्य गर्नेछु ।` स्थानीयवासीले भने खड्काको नेतृत्वमा जिल्ला अस्पतालले नयाँ गति लिने अपेक्षा गरेका छन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज