Advertisement

गेटामा पहिलोपटक शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसभाको बैठक आज

Advertisement

धनगढी- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसभाको बैठक आज बस्दै छ। पहिलोपटक कैलालीको गेटामा बैठक आयोजना गर्न लागिएको हो। यसअघि भएका तीनवटा विश्वविद्यालयसभा (सिनेट) बैठक संघीय राजधानीमा सम्पन्न भएका थिए।
बैठकका लागि सभा अध्यक्षसमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेल मंगलबार नै कैलाली पुगिसकेका छन्। विश्वविद्यालयको सर्वोच्च निकायका रूपमा रहने विश्वविद्यालयसभा गठन गरिएको छ, जसको अध्यक्ष विश्वविद्यालयका सह–कुलपतिसमेत रहेका शिक्षामन्त्री हुने व्यवस्था छ।
यसैगरी, सह- कुलपतिका रूपमा रहेका स्वास्थ्यमन्त्री, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष, उपकुलपति तथा गोदावरी नगरपालिकाका प्रमुखलगायत सदस्य रहने कानुनी व्यवस्था छ। विश्वविद्यालयको कुलपति भने प्रधानमन्त्री रहने प्रावधान छ।
विश्वविद्यालयमा चिकित्सा शिक्षा अध्यापन सुरु गर्ने तयारी भइरहेको छ। आगामी शैक्षिक सत्रदेखि एमबीबीएस, नर्सिङ, बीएस्सी एमएलटी र बी अप्टोमेट्री कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखिएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वविद्यालयका लागि ७५ प्रतिशत छात्रवृत्तिको वित्तीय स्रोत सुनिश्चित गरिसकेको छ। आर्थिक वर्ष २०८२/८३ को जेठ र असार महिनाका लागि चिकित्सकहरूको तलबबापत पाँच करोड रुपैयाँ बजेट प्राप्त भइसकेको छ। साथै, आगामी वर्षका लागि आवश्यक २ अर्ब ५३ करोड रुपैयाँ बजेट सुनिश्चितताका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पेस गरिएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज