Advertisement

ताजा अपडेट

कैलालीमा चरेस र ब्राउन सुगरसहित तीन जना पक्राउ

कैलालीमा चरेस र ब्राउन सुगरसहित तीन जना पक्राउ

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार
धनगढी- कैलालीका छुट्टाछुट्टै स्थानबाट प्रहरीले चरेस र ब्राउन सुगर (खैरो हेरोइन) जस्तो देखिने लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। जिल्लाको गोदावरी नगरपालिका–९ बाट ३५ वर्षीया पार्वती गुरधामीलाई १७२ ग्राम ९३ मिलिग्राम चरेस जस्तो देखिने कालो पदार्थ र एक थान डिजिटल तराजुसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो शाखा धनगढी र इलाका प्रहरी कार्यालय मालाखेतीको संयुक्त टोलीले उनलाई आफ्नै घरबाट नियन्त्रणमा लिएको हो। यस्तै, लम्कीचुहा नगरपालिका–४ बलियाबाट २१ वर्षीय उज्जल चौधरी ३ ग्राम ७०० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित पक्राउ परेका छन्। गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको टोलीले उनलाई घरबाटै पक्राउ गरेको हो। सोही स्थानबाट प्रहरीले २३ वर्षीय अमित चौधरीलाई पनि २१० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित पक्र...
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश

दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
जिल्ला अदालत काठमाडौंले धितोपत्र तथा बिमासम्बन्धी कसुरमा पक्राउ परेका बिचौलिया दीपक भट्ट र व्यवसायी सुलभ अग्रवाललाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले बिहीबार थुनछेक आदेश जारी गर्दै बिमासम्बन्धी कसुरमा सुलभ अग्रवालसँग २ करोड रुपैयाँ र दीपक भट्टसँग १ करोड ५० लाख रुपैयाँ धरौटी माग गरेको हो। यस्तै, धितोपत्रसम्बन्धी कसुरमा अग्रवालसँग थप १ करोड ५० लाख रुपैयाँ तथा भट्टसँग १ करोड रुपैयाँ धरौटी माग गरिएको अदालतले जनाएको छ। जिल्ला अदालत काठमाडौंले एक सातासम्म निरन्तर सुनुवाइ गरेपछि बिहीबार थुनछेक आदेश जारी गरेको हो। यसैबीच, हिमालयन रिइन्स्योरेन्सको संस्थापक सेयर बिक्रीसँग सम्बन्धित छुट्टै मुद्दामा अदालतले व्यवसायी सुलभ अग्रवालसँग थप २ करोड ३० लाख रुपैयाँ धरौटी माग गरेको छ।...
नयाँ आर्थिक वर्षसँगै शिक्षा, स्वास्थ्य, बिजुली र सेयर बजारमा नयाँ कर व्यवस्था लागू

नयाँ आर्थिक वर्षसँगै शिक्षा, स्वास्थ्य, बिजुली र सेयर बजारमा नयाँ कर व्यवस्था लागू

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ औपचारिक रूपमा सुरु भएसँगै सरकारले ल्याएको नयाँ बजेटका व्यवस्था कार्यान्वयनमा आएका छन्। नयाँ आर्थिक वर्षसँगै सरकारको आम्दानी र खर्चको नयाँ खाता सञ्चालनमा आएको छ भने विभिन्न क्षेत्रका कर तथा शुल्कसम्बन्धी नयाँ प्रावधान लागू भएका छन्। नयाँ व्यवस्थाअनुसार निजी विद्यालय, कलेज, विश्वविद्यालय तथा प्राविधिक शिक्षालयमा अध्ययन गर्दा सेवा शुल्कमा ३ प्रतिशत ‘शिक्षा समता शुल्क’ थपिनेछ। यस्तै, सरकारी अस्पतालबाहेकका निजी अस्पताल, क्लिनिक र स्वास्थ्य संस्थाबाट सेवा लिँदा ३ प्रतिशत ‘स्वास्थ्य समता शुल्क’ तिर्नुपर्ने व्यवस्था लागू भएको छ। विद्युत् उपभोगतर्फ पनि नयाँ व्यवस्था लागू भएको छ। अब घरायसी ग्राहकले मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत गरेमा ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) तिर्नुपर्नेछ भने अन्य सबै प्रकारका उपभोक्तामा १३ प्रतिशत भ्याट यथावत् रहनेछ।...
देशभर आज पनि वर्षाको सम्भावना

देशभर आज पनि वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि र पूर्वमा सरदर स्थान आसपास रहेकाले देशभर वर्षा हुने अवस्था बनेको हो। हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी भूभागका धेरै स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थान, साथै कोशी र मधेस प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। हिमाली भूभागका केही स्थानमा वर्षासँगै हिमपात हुन सक्ने अनुमान गरिएको छ। महाशाखाका अनुस...
२७ वर्षदेखि दलित बस्तीमा कर्मकाण्ड गर्दै पण्डित गणेशप्रसाद पन्त, जातीय विभेद हटाउने अभियानमा सक्रिय

२७ वर्षदेखि दलित बस्तीमा कर्मकाण्ड गर्दै पण्डित गणेशप्रसाद पन्त, जातीय विभेद हटाउने अभियानमा सक्रिय

Breaking News 1, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बैतडी- बैतडीको पाटन नगरपालिका–८, खोड्पे जसुलीखालीका संस्कारशिरोमणि ज्योतिषाचार्य पण्डित गणेशप्रसाद पन्तले विगत २७ वर्षदेखि दलित बस्तीमा धार्मिक कर्मकाण्ड गर्दै जातीय विभेद र सामाजिक कुरीति अन्त्य गर्ने अभियान सञ्चालन गर्दै आएका छन्। जिल्लाको श्री वनारसीधाम विश्वनाथ ज्योतिर्लिङ्गका मूल पुजारीसमेत रहेका पन्तले वैदिक विधिअनुसार दलित समुदायमा सप्ताह, शिवपुराण, व्रतबन्ध, विवाह, न्वारन, गृहप्रवेश, वास्तुपूजा, श्राद्ध तथा अन्य धार्मिक अनुष्ठान गरी सयौँ धार्मिक कार्य सम्पन्न गरिसकेको बताएका छन्। उनका अनुसार हालसम्म ३८ वटा सप्ताह, २४ वटा शिवपुराण, २९७ लघुरुद्राभिषेक, १८९ महारुद्राभिषेक, ३ हजार ९११ न्वारन, ५६७ व्रतबन्ध, ७२२ सत्यनारायण पूजा, ६२२ ग्रहशान्ति, ३९ शतचण्डी, ६२ अखण्ड रामायण, ५७९ स्वस्थानी व्रतकथा, ५५ त्रिपिण्डी श्राद्ध, ७९ गरुड पुराण, ७११ पार्वण श्राद्ध र ९३४ एकोतिष्ट श्राद्धलगायत सय...
आजदेखि भरी सिलिन्डर ग्यास पाइने, कति पर्छ मूल्य ?

आजदेखि भरी सिलिन्डर ग्यास पाइने, कति पर्छ मूल्य ?

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
नेपाल आयल निगमले आज (बुधबार) देखि साविककै १४ दशमलव २ किलोग्राम ग्यास भरिएको सिलिन्डर बजारमा पठाउन निर्देशन दिएको छ। इन्डियन आयलका विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनरीहरूबाट एलपी ग्यासको लोलिङको अवस्थामा सुधार आएको जनाउँदै निगमले बुधबारदेखि सिलिन्डरमा १४ दशमलव २ किलो ग्यास भर्न उद्योगीलाई निर्देशन दिएको प्रवक्ता मनोज ठाकुरले जानकारी दिए। निगमले १४ दशमलव २ किलो ग्यासको मूल्य प्रतिसिलिन्डर रु दुई हजार ६० तोकेको छ। निगमले तत्कालीन अवस्थामा ग्यासको आपूर्ति र वितरण प्रणालीलाई सहज बनाउन गत फागुन २९ गतेदेखि अर्को निर्णय नभएसम्म आधा तौल (७ दशमलव १ किलो) ग्यास भएको सिलिन्डर बिक्री गर्न निर्देशन दिएको थियो।...
आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेकाले देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, देशका पहाडी तथा तराईका केही स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभाग तथा मधेश प्रदेश र बागमत...
स्पेन पूर्वविश्वविजेता फ्रान्सलाई २-० ले हराउँदै विश्वकपको फाइनलमा

स्पेन पूर्वविश्वविजेता फ्रान्सलाई २-० ले हराउँदै विश्वकपको फाइनलमा

Breaking News 1, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- उत्कृष्ट लयमा रहेको स्पेनले पूर्वविश्वविजेता फ्रान्सलाई २-० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को फाइनलमा स्थान सुरक्षित गरेको छ। डलास स्टेडियममा मंगलबार राति भएको सेमिफाइनलमा स्पेनले सुरुदेखि नै खेलमा नियन्त्रण कायम गर्दै प्रभावशाली जित दर्ता गरेको हो। स्पेनको जितमा मिकेल ओयार्जाबल र पेड्रो पोरोले एक-एक गोल गरेका थिए। खेलको २२औँ मिनेटमा लामिन यामालमाथि पेनाल्टी क्षेत्रभित्र फाउल भएपछि प्राप्त अवसरलाई ओयार्जाबलले गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको ५८औँ मिनेटमा ड्यानी ओल्मोसँग उत्कृष्ट पास आदानप्रदानपछि पेड्रो पोरोले आकर्षक गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए। त्यसपछि फ्रान्सले खेलमा फर्किने प्रयास गरे पनि स्पेनको बलियो रक्षापंक्ति र गोलरक्षक उनाई सिमोनको उत्कृष्ट प्रदर्शनका कारण गोल फर्काउन सकेन। जितसँगै सन् २०१० को विश्वविजेता स्पेन १६ वर्षपछि वि...
बैतडीमा छोटो दूरीका सवारीको नयाँ भाडादर लागू, बढी असुले कारबाही हुने

बैतडीमा छोटो दूरीका सवारीको नयाँ भाडादर लागू, बढी असुले कारबाही हुने

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बैतडी- बैतडीमा छोटो दूरीमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनको नयाँ भाडादर लागू गरिएको छ। यातायात व्यवसायीले विभिन्न बहाना देखाउँदै यात्रुसँग बढी भाडा असुल गरिरहेको जनगुनासो बढेपछि भाडा समायोजन मापदण्डका आधारमा नयाँ दर निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। मंगलबार जिल्ला प्रशासन कार्यालयमा यातायात व्यवसायीका प्रतिनिधिसहित बसेको बैठकले ४० वटा रुटका लागि नयाँ भाडादर तय गरेको हो। प्रशासनले सबै सार्वजनिक सवारीसाधनमा नयाँ भाडादरको सूची अनिवार्य रूपमा टाँस्न निर्देशन दिएको छ। तोकिएकोभन्दा बढी भाडा असुले प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी पनि दिइएको छ। प्रशासनका अनुसार ४० रुटबाहेक जिल्लाका कच्ची सडकमा सञ्चालन हुने सवारीका लागि प्रतिकिलोमिटर १० रुपैयाँ २ पैसाका दरले भाडा निर्धारण गरिएको छ। नयाँ भाडादरअनुसार गोठलापानी-सतबाँझको भाडा १४४ रुपैयाँ, गोठलापानी–खोड्पे ३६० रुपै...
सर्वोच्चले खारेज गर्‍यो निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने निर्णय

सर्वोच्चले खारेज गर्‍यो निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने निर्णय

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
काठमाडौं- सर्वोच्च अदालतले निजी क्षेत्रका सञ्चारमाध्यमलाई सरकारी विज्ञापन तथा सार्वजनिक सूचना नदिने सरकारको निर्णय बदर गरिदिएको छ। मंगलबार न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले सरकारको उक्त निर्णय खारेज गर्ने फैसला सुनाएको हो। सरकारले २०८२ चैत १८ गते सचिवस्तरीय निर्णयमार्फत संघीय, प्रदेश र स्थानीय तहका सबै सरकारी विज्ञापन तथा सार्वजनिक सूचना गोरखापत्र संस्थान, रेडियो नेपाल र नेपाल टेलिभिजन लगायत सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्र प्रकाशन तथा प्रसारण गर्न परिपत्र जारी गरेको थियो। यस निर्णयपछि निजी क्षेत्रका रेडियो, टेलिभिजन, पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यम सरकारी विज्ञापनबाट वञ्चित भएका थिए। सरकारको उक्त निर्णयविरुद्ध नेपाल मिडिया सोसाइटीका तर्फबाट अधिकारप्राप्त निवेदक तथा अधिवक्ता अनन्तराज लुईंटेलले २०८२ चैत २४ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर ग...
बित्थडचिरमा करार कर्मचारीलाई निरन्तरता, हटाउने निर्णयबाट गाउँपालिका पछि हट्यो

बित्थडचिरमा करार कर्मचारीलाई निरन्तरता, हटाउने निर्णयबाट गाउँपालिका पछि हट्यो

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बझाङको बित्थडचिर गाउँपालिकाले करारमा कार्यरत कर्मचारीलाई तत्काल नहटाउने तथा उनीहरूको सेवालाई निरन्तरता दिने निर्णय गरेको छ। करार कर्मचारी हटाउने वा राख्ने विषयमा लामो समयदेखि चलिरहेको विवाद अन्ततः करार कर्मचारीको पक्षमा टुंगिएको हो। सोमबार बसेको गाउँ कार्यपालिका बैठकले लामो छलफलपछि हाल कार्यरत करार कर्मचारीलाई यथावत् राख्ने निर्णय गरेको गाउँपालिका स्रोतले जनाएको छ। असारको पहिलो सातादेखि करार कर्मचारीको सेवा अवधि थप्ने वा नथप्ने विषय कार्यपालिकामा निरन्तर छलफलको विषय बनेको थियो। उक्त विषय सार्वजनिक भएपछि करार कर्मचारीहरूले आफूहरू लामो समयदेखि सेवा गर्दै आएको उल्लेख गर्दै सेवा निरन्तरता दिनुपर्ने माग गर्दै आएका थिए। अन्ततः कार्यपालिकाले तत्कालका लागि करार कर्मचारी नहटाउने निर्णय गरेको हो। यसअघि विभिन्न सञ्चारमाध्यममा बित्थडचिर गाउँपालिकाले विभिन्न शाखामा कार्यरत करिब ११० जना करार क...
कञ्चनपुरको महाकाली नदीमा नुहाउने क्रममा युवकको डुबेर मृत्यु

कञ्चनपुरको महाकाली नदीमा नुहाउने क्रममा युवकको डुबेर मृत्यु

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कञ्चनपुर- कञ्चनपुरको महाकाली नदीमा नुहाउने क्रममा एक युवकको डुबेर मृत्यु भएको छ। साेमबार दोधारा चाँदनी नगरपालिका–४ कालिका टोलस्थित नदीमा नुहाउने २२ वर्षीय मोहनसिंह ठगुन्नाकाे डुबेर मृत्यु भएको छ। मृतक ठगुन्ना दोधारा चाँदनी नगरपालिका–२ कालिका टोलका रहेकाे प्रहरीले जनाएको छ। घटनापछि स्थानीय र प्रहरीको सहयोगमा उनको उद्धार गरिएको भए पनि उनको ज्यान जोगाउन सकिएको थिएन। प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज