Advertisement

बित्थडचिरमा करार कर्मचारीलाई निरन्तरता, हटाउने निर्णयबाट गाउँपालिका पछि हट्यो

Advertisement

धनगढी- बझाङको बित्थडचिर गाउँपालिकाले करारमा कार्यरत कर्मचारीलाई तत्काल नहटाउने तथा उनीहरूको सेवालाई निरन्तरता दिने निर्णय गरेको छ। करार कर्मचारी हटाउने वा राख्ने विषयमा लामो समयदेखि चलिरहेको विवाद अन्ततः करार कर्मचारीको पक्षमा टुंगिएको हो।
सोमबार बसेको गाउँ कार्यपालिका बैठकले लामो छलफलपछि हाल कार्यरत करार कर्मचारीलाई यथावत् राख्ने निर्णय गरेको गाउँपालिका स्रोतले जनाएको छ।
असारको पहिलो सातादेखि करार कर्मचारीको सेवा अवधि थप्ने वा नथप्ने विषय कार्यपालिकामा निरन्तर छलफलको विषय बनेको थियो। उक्त विषय सार्वजनिक भएपछि करार कर्मचारीहरूले आफूहरू लामो समयदेखि सेवा गर्दै आएको उल्लेख गर्दै सेवा निरन्तरता दिनुपर्ने माग गर्दै आएका थिए। अन्ततः कार्यपालिकाले तत्कालका लागि करार कर्मचारी नहटाउने निर्णय गरेको हो।
यसअघि विभिन्न सञ्चारमाध्यममा बित्थडचिर गाउँपालिकाले विभिन्न शाखामा कार्यरत करिब ११० जना करार कर्मचारीको सेवा अवधि आगामी श्रावणदेखि नथप्ने निर्णय गरेको समाचार सार्वजनिक भएका थिए। गाउँपालिकाले आन्तरिक आयको अभाव र संघीय सरकारको स्वीकृत दरबन्दीभन्दा बाहेक कर्मचारी नराख्न दिएको निर्देशनलाई आधार बनाउँदै यस्तो निर्णय गरेको बताएको थियो।
गाउँपालिकाका अनुसार सीमित आर्थिक स्रोतका कारण करार कर्मचारीको तलबभत्ता व्यवस्थापन गर्न कठिन भएको भन्दै शिक्षक, प्राविधिक, प्रशासन सहायक, मनोसामाजिक परामर्शकर्ता लगायत विभिन्न क्षेत्रमा कार्यरत करार कर्मचारीको म्याद नथप्ने तयारी गरिएको थियो।
तर, पछिल्लो कार्यपालिका बैठकले उक्त निर्णयमा पुनर्विचार गर्दै हालका लागि करार कर्मचारीलाई निरन्तरता दिने निर्णय गरेको हो। यससँगै श्रावणदेखि सेवा समाप्त हुने अन्योलमा रहेका करार कर्मचारीले तत्काल राहत पाएका छन्।
यद्यपि, गाउँपालिकाले दीर्घकालीन रूपमा कर्मचारी व्यवस्थापन, आर्थिक क्षमता र कानुनी प्रावधानलाई मध्यनजर गर्दै आवश्यक निर्णय लिइने जनाएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज