Advertisement

बित्थडचिरमा करार कर्मचारीलाई निरन्तरता, हटाउने निर्णयबाट गाउँपालिका पछि हट्यो

Advertisement

धनगढी- बझाङको बित्थडचिर गाउँपालिकाले करारमा कार्यरत कर्मचारीलाई तत्काल नहटाउने तथा उनीहरूको सेवालाई निरन्तरता दिने निर्णय गरेको छ। करार कर्मचारी हटाउने वा राख्ने विषयमा लामो समयदेखि चलिरहेको विवाद अन्ततः करार कर्मचारीको पक्षमा टुंगिएको हो।
सोमबार बसेको गाउँ कार्यपालिका बैठकले लामो छलफलपछि हाल कार्यरत करार कर्मचारीलाई यथावत् राख्ने निर्णय गरेको गाउँपालिका स्रोतले जनाएको छ।
असारको पहिलो सातादेखि करार कर्मचारीको सेवा अवधि थप्ने वा नथप्ने विषय कार्यपालिकामा निरन्तर छलफलको विषय बनेको थियो। उक्त विषय सार्वजनिक भएपछि करार कर्मचारीहरूले आफूहरू लामो समयदेखि सेवा गर्दै आएको उल्लेख गर्दै सेवा निरन्तरता दिनुपर्ने माग गर्दै आएका थिए। अन्ततः कार्यपालिकाले तत्कालका लागि करार कर्मचारी नहटाउने निर्णय गरेको हो।
यसअघि विभिन्न सञ्चारमाध्यममा बित्थडचिर गाउँपालिकाले विभिन्न शाखामा कार्यरत करिब ११० जना करार कर्मचारीको सेवा अवधि आगामी श्रावणदेखि नथप्ने निर्णय गरेको समाचार सार्वजनिक भएका थिए। गाउँपालिकाले आन्तरिक आयको अभाव र संघीय सरकारको स्वीकृत दरबन्दीभन्दा बाहेक कर्मचारी नराख्न दिएको निर्देशनलाई आधार बनाउँदै यस्तो निर्णय गरेको बताएको थियो।
गाउँपालिकाका अनुसार सीमित आर्थिक स्रोतका कारण करार कर्मचारीको तलबभत्ता व्यवस्थापन गर्न कठिन भएको भन्दै शिक्षक, प्राविधिक, प्रशासन सहायक, मनोसामाजिक परामर्शकर्ता लगायत विभिन्न क्षेत्रमा कार्यरत करार कर्मचारीको म्याद नथप्ने तयारी गरिएको थियो।
तर, पछिल्लो कार्यपालिका बैठकले उक्त निर्णयमा पुनर्विचार गर्दै हालका लागि करार कर्मचारीलाई निरन्तरता दिने निर्णय गरेको हो। यससँगै श्रावणदेखि सेवा समाप्त हुने अन्योलमा रहेका करार कर्मचारीले तत्काल राहत पाएका छन्।
यद्यपि, गाउँपालिकाले दीर्घकालीन रूपमा कर्मचारी व्यवस्थापन, आर्थिक क्षमता र कानुनी प्रावधानलाई मध्यनजर गर्दै आवश्यक निर्णय लिइने जनाएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान...
दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज