Advertisement

बैतडीमा छोटो दूरीका सवारीको नयाँ भाडादर लागू, बढी असुले कारबाही हुने

Advertisement

बैतडी- बैतडीमा छोटो दूरीमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनको नयाँ भाडादर लागू गरिएको छ। यातायात व्यवसायीले विभिन्न बहाना देखाउँदै यात्रुसँग बढी भाडा असुल गरिरहेको जनगुनासो बढेपछि भाडा समायोजन मापदण्डका आधारमा नयाँ दर निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

मंगलबार जिल्ला प्रशासन कार्यालयमा यातायात व्यवसायीका प्रतिनिधिसहित बसेको बैठकले ४० वटा रुटका लागि नयाँ भाडादर तय गरेको हो। प्रशासनले सबै सार्वजनिक सवारीसाधनमा नयाँ भाडादरको सूची अनिवार्य रूपमा टाँस्न निर्देशन दिएको छ। तोकिएकोभन्दा बढी भाडा असुले प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी पनि दिइएको छ।

प्रशासनका अनुसार ४० रुटबाहेक जिल्लाका कच्ची सडकमा सञ्चालन हुने सवारीका लागि प्रतिकिलोमिटर १० रुपैयाँ २ पैसाका दरले भाडा निर्धारण गरिएको छ।

नयाँ भाडादरअनुसार गोठलापानी-सतबाँझको भाडा १४४ रुपैयाँ, गोठलापानी–खोड्पे ३६० रुपैयाँ, झुलाघाट–बित्थड ६६० रुपैयाँ, गोठलापानी–गोकुलेश्वर ४४४ रुपैयाँ, ढोल्यामोड-पुर्चौंडी हाट २०० रुपैयाँ तथा गोठलापानी-डडेल्धुरा ५०४ रुपैयाँ कायम गरिएको छ।

जिल्ला प्रशासन कार्यालयले तोकिएकोभन्दा बढी भाडा नतिर्न तथा जबरजस्ती बढी भाडा तिर्न लगाइए प्रमाणसहित उजुरी गर्न यात्रुलाई आग्रह गरेको छ।

सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको नयाँ भाडादरप्रति नागरिकले सकारात्मक प्रतिक्रिया जनाउँदै यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रशासन र यातायात व्यवसायीसँग माग गरेका छन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज