Advertisement

थलाराको छडिभेल झरनाको उचाइ आधिकारिक रुपमा मापन, ७०.५ मिटर अग्लो रहेको पुष्टि

Advertisement

धनगढी- बझाङको थलारा गाउँपालिकाको धार्मिक,प्राकृतिक तथा पर्यटकीय दृष्टिकोणले प्रमुख गन्तव्य मानिएको छडिभेल झरनाको उचाइ मापन गरिएको छ । थलारा गाउँपालिका-८ मा अवस्थित उक्त झरनाको मंगलबार गाउँपालिकाको टोलीले उचाइ मापन गरेको हो ।
पालिकाका इन्जिनियर संगीत रोकायाको टोलीले गरेको मापनले झरना उचाइ २ सय ३१.३० फिट अर्थात ७०.५ मिटर रहेको प्रमाणित भएको छ ।
विगत लामो समयदेखि आन्तरिक तथा बाह्य पर्यटकहरूको रोजाइमा पर्दै आएको यस झरनाको हालसम्म आधिकारिक उचाइ पुष्टि हुन सकेको थिएन।

पर्यटकहरूले झरनाको उचाइबारे जिज्ञासा राख्दै आए पनि यकिन जानकारी नपाउँदा कौतूहलता कायमै थियो। अब गरिएको मापनसँगै झरनाको वास्तविक उचाइ सार्वजनिक भएपछि पर्यटकहरूको कौतूहलता मेटिने अपेक्षा गरिएको छ । थलारा गाउँपालिकाको स्थानीय पाठ्यक्रममा समेत छडिभेल झरनासम्बन्धी विषयवस्तु समेटिएकाले र यहाँ घुम्न आउने पर्यटकले उचाइबारे बारम्बार प्रश्न गर्ने गरेकोले आधिकारिक रूपमा मापन गरिएको गाउँपालिकाले जनाएको छ।

पर्यटकहरू सो झरनामा नुहाउने, फोटो तथा भिडियो खिच्ने, वनभोज गर्ने जस्ता विविध गतिविधिमा रमाइरहेका छन्।
खप्तड राष्ट्रिय निकुञ्जको फेदीबाट बगेर आउने स्वच्छ पानीले बनेको छडिभेल झरना वरिपरि घना जंगल फैलिएको छ भने बीचभागमा कलकल बग्ने पानीले जोकोहीको मन लोभ्याउने दृश्य सिर्जना गरेको छ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो स्थलमा पुग्ने प्रत्येक पर्यटक प्रकृतिसँग आत्मीय सम्बन्ध महसुस गर्छन्। झरनाको फेदीमै अवस्थित शिव मन्दिर धार्मिक आस्थाको केन्द्रका रूपमा परिचित छ, जहाँ पूजा-आराधना गरे मनोकांक्षा पूरा हुने जनविश्वास रहँदै आएको छ।
प्रकृति र धार्मिक आस्थाको अनुपम संगमका कारण छडिभेल झरना पछिल्लो समय आन्तरिक पर्यटकहरूको प्रमुख आकर्षण बन्दै गएको छ। पर्यटकलाई सहज आवतजावतका लागि पालिकाले झरनासम्म सडक पुर्‍याएको छ ।

स्कन्द पुराणको मानस खण्डअनुसार यहाँ संख्यश शिवको वास रहेको उल्लेख छ। महाशिवरात्रिमा भक्तजनहरू शिवको पूजा गर्न यहाँ पुग्ने गर्छन्। स्थानीयहरूले बर्तबन्धजस्ता धार्मिक कार्य पनि यहीं गर्ने गरेको पाइन्छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज