Advertisement

Day: २०८३ आश्विन २९, बिहीबार १२:०५

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार्ड उपलब्ध गराउने ‘हुलाक–सिम सेवा’ सुरु गरेको छ। सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले हिजो मन्त्रालयबाट उक्त सेवाको शुभारम्भ गर्नुभएको हो। नयाँ व्यवस्थाअनुसार ग्राहकले नेपाल टेलिकमको वेबसाइटमा रहेको ‘पोस्टल सिम पोर्टल’ मार्फत अनलाइन आवेदन दिन सक्नेछन्। आवश्यक कागजातको जाँचपछि सिमकार्डको ९० रुपैयाँ र हुलाकमार्फत वितरण शुल्क ७० रुपैयाँ गरी कुल १६० रुपैयाँ अनलाइन भुक्तानी गर्नुपर्नेछ। भुक्तानी प्रक्रिया पूरा भएपछि नजिकको हुलाक कार्यालयका कर्मचारीले ग्राहकको घरमै सिमकार्ड पुर्‍याउनेछन्। सरकारले सहरी क्षेत्रमा दुई घण्टाभित्र र ग्रामीण क्षेत्रमा तीन दिनभित्र सिमकार्ड वितरण गर्ने लक्ष्य लिएको छ। सेवा शुभारम्भका क्रममा सञ्चारमन्त्री तिमिल्सिनाले हुलाक सेवाला...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद सहायता वितरण गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी)बाट प्राप्त रकम दोहोरोपना हुन नदिने गरी एकद्वार प्रणालीमार्फत वितरण गरिएको हो। सम्बन्धित पालिकासँगको समन्वयमा रसुवाका पाँच, नुवाकोटका चार र धादिङका दुई गरी ११ पालिकाका प्रभावित परिवारलाई सहायता उपलब्ध गराइएको छ। तथ्याङ्क प्रमाणीकरण हुन बाँकी रहेका करिब १ हजार ४०० परिवारलाई पनि तीन दिनभित्र रकम उपलब्ध गराउने सरकारको तयारी छ। बाढी प्रभावितको दीर्घकालीन पुनःस्थापना र व्यवस्थापनका कामसमेत अघि बढाइएको सरकारले जनाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले बाढी प्रभावित परिवारलाई तीन वर्षभित्र स्थ...
बझाङमा ट्याक्टर दुर्घटना, चालकसहित ६ जना घाइते

बझाङमा ट्याक्टर दुर्घटना, चालकसहित ६ जना घाइते

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- जयपृथ्वी नगरपालिका–११ सिमभाडीमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्। भोपुरबाट चैनपुरतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००२ त ४१९३ नम्बरको ट्याक्टर ब्रेक फेल हुँदा सडकबाट करिब १५० मिटर तल सेती नदीमा खसेको हो। ट्याक्टर कैलाली जिल्ला स्थायी घर भएका अन्दाजी ४१ वर्षीय राज चौधरीले चलाएको बताइएको छ। दुर्घटनाका बेला ट्याक्टरमा चालकसहित ६ जना सवार थिए। दुर्घटनामा सबै जना घाइते भएका छन्। घाइतेहरूको अवस्था र दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज