Advertisement

Day: २०८३ आश्विन २८, बुधबार १२:५४

महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारूको शव फेला

महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारूको शव फेला

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कञ्चनपुरको महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका असई सागरराज थारूको शव पाँच दिनपछि फेला परेको छ। असोज २४ गते चुँडिएको नेपाल टेलिकमको तार तान्ने क्रममा डुङ्गा अनियन्त्रित भएपछि थारू नदीमा बेपत्ता भएका थिए। बुधवार भत्किएको झोलुङ्गे पुलको तारमा अड्किएको अवस्थामा उनको शव फेला परेको हो। नदीको बहाव कम भएपछि दुर्घटनास्थलबाट करिब ५० मिटर तल शव भेटिएको थियो। गोताखोर टोली र नेपाली सेनाले शव निकालेका हुन्। बर्दियाको ठाकुरबाबा नगरपालिका–६ का थारू बेपत्ता हुनुभन्दा एक दिनअघि मात्रै दोधाराचाँदनीस्थित सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्ममा हाजिर भएका थिए।...
सुदूरपश्चिममा बजेटप्रति असन्तुष्टि, एमालेका प्रदेशसभा सदस्य थापाद्वारा राजीनामा

सुदूरपश्चिममा बजेटप्रति असन्तुष्टि, एमालेका प्रदेशसभा सदस्य थापाद्वारा राजीनामा

Breaking News 1
धनगढी - सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि जनाउँदै नेकपा (एमाले) का प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री वीरबहादुर थापाले पदबाट राजीनामा दिएका छन् । थापाले सभामुखसमक्ष राजीनामा बुझाए पनि उनको राजीनामा अहिलेसम्म स्वीकृत भएको छैन । बजेटप्रति असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएपछि एमालेभित्रको विवादबारे चर्चा चुलिएको छ । मंगलबार प्रदेशसभामा बजेटमाथिको छलफलका क्रममा आफ्नो धारणा राख्न चाहेका थापाले एमाले संसदीय दलका नेता राजेन्द्र रावलसँग बोल्ने समय माग गरेको बताइएको छ । तर, रावलले उनलाई बोल्न समय नदिएको जनाइएको छ । थापाको राजीनामा स्वीकृत नगर्न पार्टीका केन्द्रीय नेताहरूले दबाब दिइरहेको बताइएको छ । यसैबीच, सुदूरपश्चिम प्रदेशसभाबाट मंगलबार चालु आर्थिक वर्षको बजेट पारित भएको छ ।...
भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन

भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन

Breaking News 2, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाण्डौ- गएको भदौ १० गते रसुवा–केरुङ क्षेत्रमा आएको विनाशकारी बाढीअघि लाङटाङ लिरुङ हिमालको उत्तरी भिरमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको पाइएको छ । एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (ईसीमोड) ले सार्वजनिक गरेको प्रारम्भिक वैज्ञानिक अध्ययनअनुसार सन् २०२६ जुलाई ७ देखि अगस्ट २४ सम्मको ४८ दिनको अवधिमा ‘सेन्टिनेल–१’ भू–उपग्रहबाट प्राप्त राडार तथ्याङ्कले उत्तरी क्षेत्रको सतहमा ४० सेन्टिमिटरसम्म विस्थापन भएको देखाएको हो । ईसीमोडका महानिर्देशक पेमा ग्याम्छोले राष्ट्रिय विपद् जोखिम न्यूनीकरणसम्बन्धी पाँचौँ राष्ट्रिय सम्मेलनमा ‘सन् २०२६ अगस्ट २६ को केरुङ–रसुवा विपद् बुझाइ’ शीर्षकको अध्ययन सार्वजनिक गर्नुभएको हो । अध्ययनअनुसार लाङटाङ लिरुङको उत्तरी भीरबाट अनुमानित १३ करोड २० लाख घनमिटर चट्टान र हिमनदीको बरफ खसेर लेन्दे खोलाको उपत्यकामा पुगेको थियो । त्यसले चट्टान, बरफ, प...
नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
नवरात्रको चौथो दिन आज दसैँघर तथा पूजा कोठामा नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। वैदिक सनातन धर्मावलम्बीले आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा देवीको पूजा गर्ने परम्परा छ। धार्मिक मान्यताअनुसार कुष्माण्डा देवीले आफ्ना भक्तजनका आध्यात्मिक, आधिभौतिक र आधिदैविक गरी तीन प्रकारका ताप तथा कष्ट निवारण गर्ने विश्वास गरिन्छ। विभिन्न धार्मिक ग्रन्थमा कुष्माण्डा देवीको महिमा वर्णन गरिएको छ। दुर्गा सप्तशतीको देवी कवचमा पनि त्रिविध तापयुक्त संसार देवी कुष्माण्डाको उदरमा रहेको उल्लेख छ। नवरात्रको पहिलो दिन घटस्थापना गरी जमरा राखेसँगै नौ दिनसम्म नवदुर्गाका विभिन्न स्वरूपको पूजा आराधना गर्ने परम्परा छ। पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी र तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा गरिएको थियो। आज चौथो दिन कुष्माण्डा देवीको आराधना गरिँदै छ। नवरात्रका नौ दिनस...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज