Advertisement

Day: २०८३ श्रावण २२, शुक्रबार २०:०४

विद्यालयको जिम्मेवारी छाडेर भत्ताको पछि प्रधानाध्यापक ? कैलालीमा उठ्यो गम्भीर प्रश्न

विद्यालयको जिम्मेवारी छाडेर भत्ताको पछि प्रधानाध्यापक ? कैलालीमा उठ्यो गम्भीर प्रश्न

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीको गौरीगंगा नगरपालिकामा रहेको एक विद्यालयका प्रधानाध्यापकलाई आफ्नो विद्यालय भन्दा भत्ता प्यारो भएको पाइएको छ । गौरीगंगा नगरपालिका-९ स्थित बनखेतमा रहेको जनचेतना आधारभूत विद्यालयका प्रधानाध्यापक गणेश प्रसाद भट्टराईलाई आफ्नो विद्यालय भन्दा भत्ता प्यारो भएको पाइएको हो । विद्यालयको प्रशासनिक तथा पठनपाठन गतिविधिको नेतृत्व र नियमित निगरानी गर्नुपर्ने जिम्मेवारीमा रहेका प्रधानाध्यापक भट्टराई हाल सञ्चालन भइरहेको ब्याचुलर प्रथम वर्षको परीक्षामा गार्ड तथा सहजीकरणका लागि विद्यालयबाहिर गएको स्रोतको दाबी छ। भट्टराई खप्तड बहुमुखी क्याम्पसमा भइरहेको ब्याचुलर तहको परीक्षामा सहभागी भएको बताइएको छ। विद्यालयको नियमित जिम्मेवारी सम्हाल्नुपर्ने समयमा प्रधानाध्यापक नै अन्यत्र गएर परीक्षा ड्युटीमा खटिएपछि विद्यालयको प्रशासनिक काम र पठनपाठनको निगरानी कसले गरिरहेको छ भन्ने प्रश्न उठेको छ। प्रधानाध्य...
पुर्चौडीको मल्लादेही सडक वर्षौंदेखि अलपत्र, ‘भ्रष्टाचार होइन विकासमा ध्यान देऊ’ स्थानीयवासीको माग

पुर्चौडीको मल्लादेही सडक वर्षौंदेखि अलपत्र, ‘भ्रष्टाचार होइन विकासमा ध्यान देऊ’ स्थानीयवासीको माग

Breaking News 1, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बैतडी- बैतडीको पुर्चौडी नगरपालिका-८ मल्लादेहीका स्थानीयवासीले वर्षौंदेखि अलपत्र अवस्थामा रहेको सडक तत्काल सञ्चालनमा ल्याउन माग गरेका छन्। ढोल्यामोड-कोटिला-मल्लादेही हुँदै हाटसम्म जोड्ने सडक निर्माणको काम सम्पन्न भए पनि नियमित यातायात सञ्चालन हुन नसकेको भन्दै स्थानीयले नगरपालिकासहित सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन्। वि.सं. २०७३ सालमा स्थानीयवासीको श्रम, लगानी र सक्रिय सहभागितामा ढोल्यामोड-कोटिला-मल्लादेही हुँदै हाटसम्म सडक निर्माणको अभियान सुरु गरिएको थियो। सडकको प्रारम्भिक कटिङको कामसमेत स्थानीयवासीको सहभागितामै सम्पन्न भएको थियो। सडक मल्लादेही हुँदै लैजाने वा छोटो मार्गबाट लैजाने विषयमा विवाद भए पनि गाउँको दीर्घकालीन हित, सहज यातायात र विकासलाई प्राथमिकतामा राख्दै स्थानीयले मल्लादेही हुँदै सडक निर्माण अघि बढाएका थिए। सडक निर्माण अभियानमा मल्लादेहीका स्वर्गीय राजेन्द्र लुहारको म...
चार दिनको संघर्षपछि तलकोट १ विकुल्लीमा  विद्युत् बाल्ने सहमति

चार दिनको संघर्षपछि तलकोट १ विकुल्लीमा  विद्युत् बाल्ने सहमति

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- लगातार  चार दिनदेखि जारी स्थानीयको संघर्षपछि तलकोट गाउँपालिकाको विकुल्ली गाउँमा  विद्युत् समस्या समाधान गर्न सहमति भएको छ। एक कार्यक्रमका बिच जिल्ला प्रशासन कार्यालय बझाङका सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशी, तलकोट गाउँपालिका अध्यक्ष कलकबहादुर रोकाया, वडा नम्बर १ का कार्यवाहक अध्यक्ष  वीरबहादुर ऐडी, चर्चित पत्रकार उत्तमकुमार थापा तथा स्थानीयबीच भएको छलफलमा तलकोट गाउँपालिकाले विद्युत् नपुगेको टोलमा विद्युत् बाल्ने काम सुरु गर्ने सहमति भएको हो। सहमति भएपछि  यस अघि बन्द गरिएका वडा कार्यालय र सुनिगाड हाईड्राे पावरमा गरेको अवराेध पनि हटेको छ र अन्य सार्वजनिक निकायहरू समेत खोलिएको आन्दोलनरथ कुबेर बमले बताउनु भयाे । संघर्षका क्रममा सहयोग तथा समन्वय गर्नुहुने सम्पूर्ण व्यक्ति तथा कामना टेलिभिजन परिवारलाई  स्थानीयले धन्यवाद व्यक्त गरेका छन्। यहीँ भदाै अन्तिम समय अर्थात असाेज...
विद्युत् नपुग्दा स्थानीय आन्दोलित, तलकोट-१ वडा कार्यालयमा ताला

विद्युत् नपुग्दा स्थानीय आन्दोलित, तलकोट-१ वडा कार्यालयमा ताला

Breaking News 1, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको तलकोट गाउँपालिका- १, सुनिकोटस्थित वडा कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन्। विकुल्ली गाउँमा राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत् सेवा नपुगेको भन्दै आन्दोलित स्थानीयले बिहीबार वडा कार्यालयमा ताला लगाएका हुन्। स्थानीयले विगत तीन दिनदेखि सुनिगाड जलविद्युत् आयोजना बन्द गराएर आन्दोलन गर्दै आएका छन्। त्यसपछि उनीहरू वडा कार्यालय पुगेर तालाबन्दी गरेका हुन्। आन्दोलनरत स्थानीयका अनुसार विकुल्ली गाउँका बासिन्दा वर्षौँदेखि अन्धकारमा बस्न बाध्य छन्। “सरकार हराएको जस्तो देखियो, त्यसलाई बिउँझाउन आएका हौँ। हामी अझै टुकीको भरमा बसिरहेका छौँ,” आन्दोलनकारीले बताएका छन्। स्थानीयको भनाइमा सुनिगाड जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्र विकुल्ली भए पनि हालसम्म गाउँलेले कुनै उल्लेखनीय सेवा–सुविधा पाएका छैनन्। उनीहरूले राष्ट्रिय प्रसारण लाइनमार्फत तत्काल विद्युत् सेवा उपलब्ध गराउन माग गरे...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज