इरानको चेतावनीः फेरि आक्रमण भए निर्णायक जवाफ दिन्छौं
काठमाडौं- अमेरिकाले इरानमाथि पुनः आक्रमण गरे खाडी क्षेत्रका अन्य देशका ऊर्जा संरचनामाथि पनि जवाफी हमला गर्ने इरानले चेतावनी दिएको छ।
इरानी विदेशमन्त्री अब्बास अराघचीले शनिबार टर्की, पाकिस्तान र साउदी अरेबियाका उच्च अधिकारीहरूसँग छुट्टाछुट्टै टेलिफोन वार्ता गर्दै अमेरिकाले कुनै पनि सैन्य कदम चाले त्यसको निर्णायक जवाफ दिइने बताएका हुन्।
अराघचीले पाकिस्तानका सेनाप्रमुख फिल्ड मार्शल आसिम मुनिर र टर्कीका विदेशमन्त्री हाकान फिदानसँगको वार्तामा अमेरिकाले थप आक्रमण गरे त्यसले क्षेत्रीय अस्थिरता बढाउने चेतावनी दिएका छन्। उनले कुनै पनि ‘आक्रामक गतिविधि’को इरानले कडा प्रतिकार गर्ने बताएका छन्।
त्यसपछि साउदी विदेशमन्त्री प्रिन्स फैसल बिन फरहानसँगको वार्तामा पनि अराघचीले अमेरिका वा इजरायलले आक्रमण गरे वा त्यसमा क्षेत्रीय मुलुकले साथ दिए इरानले अनुपातिक जवाफ दिने बताएका छन्।
यसैबीच, इरानको स...

