क्यान्सरसँग संघर्षरत दार्चुलाका दीपक राज विष्टलाई उपचारका लागि आर्थिक सहयोगको अपिल
दार्चुलाको शैल्यशिखर नगरपालिका–६ मिलमिली निवासी दीपक राज विष्ट क्यान्सर रोगसँग संघर्ष गरिरहेका छन्। विगत एक वर्षदेखि क्यान्सरको उपचार गराइरहेका विष्टको हालसम्म तीन पटक शल्यक्रिया भइसकेको छ। चिकित्सकका अनुसार उनको थप शल्यक्रिया तथा नियमित उपचार र औषधोपचार आवश्यक रहेको परिवारले जनाएको छ।
उपचारका क्रममा लाखौँ रुपैयाँ खर्च भइसकेपछि परिवारको आर्थिक अवस्था कमजोर बन्दै गएको र थप उपचारका लागि आर्थिक अभाव भएको जनाइएको छ। रोगको पीडासँगै उपचार खर्च जुटाउन कठिन भएपछि विष्टको जीवनरक्षाका लागि सहयोगको अपिल गरिएको हो।
परिवारले दीपकको उपचारमा सहयोग गर्न इच्छुक व्यक्ति तथा संघसंस्थालाई आफ्नो सक्दो आर्थिक सहयोग गरिदिन आग्रह गरेको छ। सहयोगका लागि नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा दीपक राज विष्टको नाममा रहेको खाता नम्बर १३००५३००००७९५५ मा रकम जम्मा गर्न सकिने जनाइएको छ।
परिवारले सहयोग गर्ने सबैलाई धन्यवाद दिँ...




