Advertisement

रास्वपा बझाङ जिल्ला अधिवेशनमा मत हेरफेरको आरोप, उपसभापति पदका उम्मेदवार रोकायाद्वारा न्यायको माग

Advertisement

बझाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला अधिवेशनमा निर्वाचन प्रक्रियामाथि गम्भीर प्रश्न उठेको छ। उपसभापति पदका उम्मेदवार अरुण कुमार रोकाया ले निर्वाचनमा फर्जी मत हालेर नतिजा प्रभावित गरिएको आरोप लगाउँदै केन्द्रीय कार्यालयमा औपचारिक निवेदन दर्ता गरेका छन्।

रोकायाका अनुसार अधिवेशनमा जम्मा १५३ मत खसेको थियो। तर मतगणनाका क्रममा आफूले ८४ मत र प्रतिस्पर्धी राम देवार ले ९९ मत प्राप्त गरेको देखाइएको छ। यस आधारमा कुल गणना गरिएको मत संख्या १८३ पुग्ने भएकाले ३० मत बढी देखिएको उनको दाबी छ।

Screenshot

रोकायाले सार्वजनिक रूपमा भनेका छन्, “जम्मा खसेको मत १५३ हुँदा दुई उम्मेदवारको मत जोड्दा १८३ पुग्नु निर्वाचन प्रक्रियामाथिको गम्भीर प्रश्न हो। यसबारे निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गरिनुपर्छ।”

उनले निर्वाचनमा षड्यन्त्र, जालझेल तथा फर्जी मत प्रयोग भएको आरोप लगाउँदै दोषीमाथि कारबाही नभएसम्म पार्टी केन्द्रीय कार्यालय अगाडि अनशन बस्ने चेतावनी समेत दिएका छन्।

रोकायाले निर्वाचन व्यवस्थापनको जिम्मेवारीमा रहेका झलक एडी (निर्वाचन प्रमुख), सन्तोष जोशी (रास्वपा सुदूरपश्चिम प्रदेश महामन्त्री) तथा नरेन्द्र खड्का को भूमिकामाथि पनि प्रश्न उठाएका छन्। उनले सम्पूर्ण घटनाको निष्पक्ष छानबिन गरी वास्तविकता सार्वजनिक गर्न पार्टी नेतृत्वसँग माग गरेका छन्।

यता, आरोपित पक्ष तथा निर्वाचन समितिको औपचारिक प्रतिक्रिया भने सार्वजनिक भइसकेको छैन। पार्टी केन्द्रीय कार्यालयले यस विषयमा छानबिन प्रक्रिया अगाडि बढाउने वा नबढाउनेबारे पनि हालसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन।

रास्वपाले सुशासन, पारदर्शिता र स्वच्छ राजनीतिक अभ्यासको नारा अघि सारेका बेला बझाङ अधिवेशनमा उठेको यो विवादले पार्टीभित्रको आन्तरिक लोकतन्त्र र निर्वाचन व्यवस्थापनमाथि प्रश्न खडा गरेको छ। अब पार्टी नेतृत्वले यस विषयलाई कसरी सम्बोधन गर्छ भन्ने चासो कार्यकर्तामाझ बढेको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज