Advertisement

Day: २०८३ असार ३, बुधबार २०:४२

बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका- ३ मौलालिमा रहेको एक निजी विद्यालयका शिक्षक विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्। जेठ २२ गते मौलालिका बालक सुमित बोहरामाथि विद्यालय परिसरभित्र सिस्नोपानी लगाई कुटपिट गरी शारीरिक तथा मानसिक पीडा दिएको आरोपमा मोडल एलाइन्स बोर्डिङ स्कुलका शिक्षक धनराज जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीलाई घटनाबारे सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय दुर्गाथलीबाट खटिएको प्रहरी टोलीले जोशीलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। प्रहरीका अनुसार विद्यालयको हाताभित्र अध्ययनरत विद्यार्थीमाथि शारीरिक तथा मानसिक पीडा दिने गरि सिस्नोपानी लगाई कुटपिट गरिएको भन्ने सूचनाको आधारमा अनुसन्धान अघि बढाइएको हो। घटनाको यथार्थता, संलग्नता र अन्य पक्षबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बझा...
बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ-  बझाङको बित्थडचिर गाउँपालिका-६ का स्थानीय बासिन्दालाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण गरिएको छ। वडाको पाणपाखा स्थित युपि ओजेना बस्तीवासीमा खानेपानीको सहज पहुँच सुनिश्चित गर्न वडा कार्यालयले खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण गरेको हो । उक्त टोलमा सौर्य ऊर्जामार्फत लिफ्टिङ प्रणालीबाट खानेपानी आपूर्ति हुँदै आएको छ। घाम लागेको समयमा पर्याप्त पानी उपलब्ध भए पनि बादल लाग्दा सौर्य ऊर्जाको क्षमता घट्ने र पानी आपूर्ति बन्द हुने समस्या स्थानीयले लामो समयदेखि भोग्दै आएका थिए। सोही समस्यालाई मध्यनजर गर्दै वडा कार्यालयले स्थानीयलाई पानी संकलन गरी आवश्यक समयमा प्रयोग गर्न मिल्नेगरि ५ सय लिटरको २० वटा ड्राम वितरण गरेको छ । टोलबासीले सुरक्षित तथा स्वच्छ खानेपानी संकलन गरी प्रयोग गर्न सकून् भन्दै ड्राम वितरण गरिएको वडाध्यक्ष हरिश खड्काका बताउनुभयो । सौर्य ऊर्जामा आधारित...
रास्वपा बझाङ जिल्ला अधिवेशनमा मत हेरफेरको आरोप, उपसभापति पदका उम्मेदवार रोकायाद्वारा न्यायको माग

रास्वपा बझाङ जिल्ला अधिवेशनमा मत हेरफेरको आरोप, उपसभापति पदका उम्मेदवार रोकायाद्वारा न्यायको माग

समाचार
बझाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला अधिवेशनमा निर्वाचन प्रक्रियामाथि गम्भीर प्रश्न उठेको छ। उपसभापति पदका उम्मेदवार अरुण कुमार रोकाया ले निर्वाचनमा फर्जी मत हालेर नतिजा प्रभावित गरिएको आरोप लगाउँदै केन्द्रीय कार्यालयमा औपचारिक निवेदन दर्ता गरेका छन्। रोकायाका अनुसार अधिवेशनमा जम्मा १५३ मत खसेको थियो। तर मतगणनाका क्रममा आफूले ८४ मत र प्रतिस्पर्धी राम देवार ले ९९ मत प्राप्त गरेको देखाइएको छ। यस आधारमा कुल गणना गरिएको मत संख्या १८३ पुग्ने भएकाले ३० मत बढी देखिएको उनको दाबी छ। रोकायाले सार्वजनिक रूपमा भनेका छन्, “जम्मा खसेको मत १५३ हुँदा दुई उम्मेदवारको मत जोड्दा १८३ पुग्नु निर्वाचन प्रक्रियामाथिको गम्भीर प्रश्न हो। यसबारे निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गरिनुपर्छ।” उनले निर्वाचनमा षड्यन्त्र, जालझेल तथा फर्जी मत प्रयोग भएको आरोप लगाउँदै दोषीमाथि कारबाही नभएसम्म ...
जेनजी अभियन्ताबाट रास्वपाको प्रदेश नेतृत्वसम्म : नितेश जोशीको प्रभावशाली उदय

जेनजी अभियन्ताबाट रास्वपाको प्रदेश नेतृत्वसम्म : नितेश जोशीको प्रभावशाली उदय

समाचार
  धनगढी । युवापुस्तामाझ ‘जेनजी अभियन्ता’का रूपमा परिचित नितेश जोशी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सुदूरपश्चिम प्रदेश नेतृत्वमा उदाउँदो युवा अनुहारका रूपमा स्थापित भएका छन्। प्रदेश सदस्य पदमा उनको उल्लेखनीय विजयले पार्टीभित्र युवा नेतृत्व, नवीन सोच र परिवर्तनप्रतिको जनविश्वासलाई थप बल प्रदान गरेको छ। हालसम्म बिध्र्यार्थि  राजनीतिक गतिविधिमा सक्रिय रहेका जोशीले पछिल्लो समय वैकल्पिक राजनीतिक अभियानको पक्षमा उभिँदै रास्वपामा प्रवेश गरेका थिए। छोटो समयमै संगठनभित्र प्रभाव जमाउन सफल उनले प्रदेश सदस्य पदमा प्रभावशाली मतसहित विजय हासिल गरेका छन्। प्रदेश सदस्य पदका लागि भएको निर्वाचनमा जोशीले १६६ मत प्राप्त गर्दै विजयी भए। उनका निकटतम प्रतिस्पर्धी कल्पना बुढाथोकीले ८९ मत प्राप्त गरिन्। यस्तै, पुष्करराज अवस्थीले २७, रोहित चन्दले ६० तथा निता चन्द शाहीले ६८ मत प्राप्त गरेका थिए।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज