Advertisement

बझाङमा प्रतिबद्ध तेस्रो परियोजना सुरु

Advertisement

बझाङको केदारस्युँ र थलारा गाउँपालिकामा प्रतिबद्ध तीन परियोजना सुरु भएको छ । सोमबार जिल्ला प्रशासन कार्यालयमा एक औपचारिक कार्यक्रमका बिच परियोजनाको शुभारम्भ गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी ओमप्रसाद भट्टराईको अध्यक्षतामा सञ्चालन भएको परियोजनाको शुभारम्भ बैठ्कमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा जिल्लामा भइरहेका प्रमुख विपद् घटनाहरू, स्थानहरू, र जोखिम न्यूनिकरणका उपायबारे छलफल भएको थियो। प्रमुख जिल्ला अधिकारी भट्टराईले थलारा गाउँपालिका र केदारस्युँ गाउँपालिकामा सञ्चालित परियोजनाले जिल्लाका १२ वटै पालिकाका लागि उदाहरणीय कार्य गर्ने अपेक्षा व्यक्त गरे।

साथै, पहिरो जोखिम नक्सांकनमा परियोजनाको सहयोगले जिल्लामा विपद् जोखिम न्यूनिकरणका प्रयासहरूलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ।

जिल्लास्थित नेपाल प्रहरी प्रमुख युवराज भण्डारी, सशस्त्र प्रहरी प्रमुख दुर्गा प्रसाद भट्ट, र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गोविन्द प्रसाद पाण्डेसहितका सहभागीहरूले परियोजनाको प्रभावकारीता बढाउन सुझाव तथा योगदान गरेका थिए।

झण्डै २ बर्ष कार्यअवधी रहेको प्रतिबद्ध तीन परियोजनाले विपद् जोखीम न्युनिकरण, पुर्वतयारी तथा प्रतिकार्यमा काम गर्ने लक्ष्य लिएको छ । साथै पहिरो जोखिम नक्सांकन, जोखीम बस्तीहरुको पहिचान तथा वर्गीकरण, पुर्ननिर्माण तथा पुर्नस्थापनामा काम गर्ने सामुदायिक आत्मनिर्भर केन्द्रका कार्यकारी निर्देशक जगत देउजाले बताए ।

यस्तै पिनका कार्यक्रम प्रबन्धक शालिकराम घिमिरेले प्रतिबद्ध तीन परियोजनाको लक्ष्य तथा उद्देश्यमाथि प्रकाश पारेका थिए । उनले प्रस्तुतिकरणमा प्रतिबद्ध १ र २ मा हासिल गरेका उपलब्धी र प्रतिबद्ध ३ को नतिजाहरु प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज