Advertisement

Day: २०८१ मंसिर १०, सोमबार २१:४७

राजस्थानले १३ वर्षका वैभवलाई १ करोड बढीमा खरिद गर्‍यो

राजस्थानले १३ वर्षका वैभवलाई १ करोड बढीमा खरिद गर्‍यो

Breaking News 1, अन्तर्राष्ट्रिय, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार
भारत- १३ वर्षका वैभव सुर्यवङ्शीलाई राजस्थान रोयल्सले एक करोड बढीमा खरिद गरेको छ । ३० लाख बेस प्राइस तोकेका वैभव आइपिएल अक्सनकै सबैभन्दा कान्छा खेलाडी भनेर दर्ता भएका थिए । अक्सन भन्दा पहिले ,केही महिना अगाडि बाट नै उनको चर्चा चुलिन थालेको थियो । रोयल्सले १ करोड १० लाखमा खरिद गर्नुभन्दा पहिले अर्को टोली दिल्ली क्यापिटल्स पनि वैभवलाइ लिन लागि परेको थियो । करियरको कुरा गर्दा वैभवले १३ वर्षको कलिलो उमेरमा नै विहारको प्रथम श्रेणी क्रीकेटमा डेव्यु गरेका थिए । ओपनर ब्याट्स्मेन वैभवले भारत अन्डर नाइन्टिन टोलिबाट २ टेस्ट म्याच समेत खेलिसकेका छन् ।...
बझाङमा प्रतिबद्ध तेस्रो परियोजना सुरु

बझाङमा प्रतिबद्ध तेस्रो परियोजना सुरु

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङको केदारस्युँ र थलारा गाउँपालिकामा प्रतिबद्ध तीन परियोजना सुरु भएको छ । सोमबार जिल्ला प्रशासन कार्यालयमा एक औपचारिक कार्यक्रमका बिच परियोजनाको शुभारम्भ गरिएको हो । प्रमुख जिल्ला अधिकारी ओमप्रसाद भट्टराईको अध्यक्षतामा सञ्चालन भएको परियोजनाको शुभारम्भ बैठ्कमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा जिल्लामा भइरहेका प्रमुख विपद् घटनाहरू, स्थानहरू, र जोखिम न्यूनिकरणका उपायबारे छलफल भएको थियो। प्रमुख जिल्ला अधिकारी भट्टराईले थलारा गाउँपालिका र केदारस्युँ गाउँपालिकामा सञ्चालित परियोजनाले जिल्लाका १२ वटै पालिकाका लागि उदाहरणीय कार्य गर्ने अपेक्षा व्यक्त गरे। साथै, पहिरो जोखिम नक्सांकनमा परियोजनाको सहयोगले जिल्लामा विपद् जोखिम न्यूनिकरणका प्रयासहरूलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएक...
चौधरी गुप्रको मुल गेटमा तालाबन्दी

चौधरी गुप्रको मुल गेटमा तालाबन्दी

समाचार
पूर्वी नवलपरासीको देवचुली नगरपालिका-२ मा रहेको नेपालकै प्रतिष्ठित चौधरी ग्रुप उद्योग ग्रामको मुल गेटमा स्थानीयले तालाबन्दी गरेका छन् ।   उद्योगबाट निस्कने प्रदूषण नियन्त्रणमा बेवास्था गरेको, उद्योगको धुलो र प्रदूषणले आजित भएका स्थानीयले सोमबार उद्योगको मुल गेटमा नै तालाबन्दी गरेका हुन् ।   विगत ५ दिनदेखि विभिन्न चरणको आन्दोलन गरेका स्थानीयले आफ्नो माग सम्बोधन गर्न उद्योग प्रशासनले चासो नदिएको भन्दै उद्योग परिसरमा तालाबन्दी गर्न बाध्य भएको सघर्ष समितिका संयोजक ठाकुर प्रसाद शर्माले बताए । वर्षौदेखि प्रदूषण नियन्त्रणको लागि माग गरेपनि उद्योग प्रशासनले सम्झौता गर्ने तर कार्यान्वयन नगर्दा समस्या बढ्दै गएको भन्दै माग पूरा नभए थप संघर्षका कार्यक्रम गर्ने स्थानीयले चेतावनी दिएका छन् । मुल गेटमा प्रदर्शन गर्दै स्थानीयले कालो खरानी उडाउन बन्द गर, ज...
सभामुख घिमिरेले भेटे कम्बोडियाका प्रधानमन्त्री

सभामुख घिमिरेले भेटे कम्बोडियाका प्रधानमन्त्री

समाचार
पाँच दिने कम्बोडिया भ्रमणमा रहेका सभामुख देवराज घिमिरेले प्रधानमन्त्री सम्देच हुन मानेट र माथिल्लो सदन सिनेटका अध्यक्ष सम्देच हुन सेनसँग शिष्टाचार भेट गरेका छन् । कम्बोडियाको पिस प्यालेसमा भएको भेटमा दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने महत्वपूर्ण विषयहरूमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ । भेटमा सभामुख घिमिरेले नेपालको बुद्धको जन्मस्थल लुम्बिनी र कम्बोडियाको अंगकोरबाट हिन्दू तथा बौद्ध सम्पदाहरूलाई प्रवर्द्धन गर्न प्रत्यक्ष हवाई सेवा सुरु गर्नुपर्नेमा जोड दिए । यसले धार्मिक पर्यटन र सांस्कृतिक आदानप्रदानलाई थप प्रोत्साहन गर्ने सभामुखको विश्वास छ । नेपाल र कम्बोडियाबीच २०७५ सालमा नै हवाई सम्झौता भएको थियो । भेटमा दुवै देशका नागरिकबीच आदानप्रदानका कार्यक्रमलाई बढावा दिनेबारे छलफल भएको थियो । सभामुख घिमिरेले नेपाल भ्रमणको लागि कम्बोडियाका प्रधानमन्त्...
राजापुरमा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

राजापुरमा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

समाचार
बर्दिया —आइतबार साँझ राजापुर नगरपालिका–८ स्थित हुलाकी सडकमा यात्रुवाहक भ्यानले ठक्कर दिँदा एकजनाको ज्यान गएपछि स्थानीयले चक्काजाम गराएका छन् ।  लु २ ख ५९१९ नम्बरको फोर्स गाडीले भे ४ प ७८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । गाडीको ठक्करबाट मोटरसाइकल चालक राजापुर–८ का ५४ वर्षीय चेतुका थारुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय,बर्दिया प्रहरी उपरीक्षक केदार खनालले बताए । स्थानीयका अनुसार तीव्र गतिबाट आएको उक्त गाडीले मोटरसाइकललाई ठक्कर दिएको थियो । फोर्स गाडीका चालक बाँके नेपालगन्ज–४ का विकास सिंह ठकुरीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । मृतकका आफन्त र स्थानीयले सोमबार बिहान ७ बजेदेखि चक्काजाम गराएपछि आउजाउ ठप्प भएको छ ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज