Advertisement

साईपालको प्रमुख कुरा सडक हो – उपाध्यक्ष तामाङ

Advertisement

बझाङ :अहिलेसम्म  बझाङको साईपाल  गाउँपालिकामा सडक छैन । सडक मात्र हैन धेरै कुराले बञ्चित दुर्गमकाे पालीका पछिल्लो समयमा बिकासकाे लयमा यात्रा गर्दै आएको देखिन्छ ।

सुदुरपश्चिमकाे दुर्गम मात्र हैन बझाङकै बिकट साइपालमा सडक पुगाउन स्थानीय सरकार निरन्तर लागिपरेकाे छ । स्थानीय सरकार साईपालमा पाँच वटा वडाहरु रहेका छन । एक वडा बाट अर्को वडा पुग्न दिनभर हिड्नु पर्छ । अत्यन्तै दुख खेपिरहेका साईपालबासिलाई छिटोभन्दा छिटो सडक पुगाएर सवारीसाधन पुगाउने क्षेणमा जनप्रतिनिधि कर्मचारीहरु लागिपरेको लेखापाल पवन भट्टराईले बताए ।

बिकास निर्माणका क्रममा अध्यक्ष मानविर बाेहरा र उपाध्यक्ष डाेल्मा तामाङ निरन्तर बिकासका काममा लागिपरेको भट्टराईकाे भनाइ छ । नेटवर्कले काम नगर्ने पालिका साईपाल हाे । पछिल्लो समय सरकारकाे पहलमा केही ठाउँमा अलिकति काम गरिरहेको देखिन्छ । तर गाउँपालीकाकाे काम भने,नेटवर्क नभएको कारण त्यता हुन असम्भव देखिन्छ ।

 

ल्यापटप कम्प्युटर बाट सिस्टमले काम गर्नु पर्ने भएको कारण त्यता कठिनाइ छ । हामी धेरै पटक साईपाल बाटै सेवा दिन सकिन्छकि भनेर गाउँमा गयाैँ तर नेटवर्कले सर्वर काम नगर्दा समस्या आएकाे देखिन्छ । अब बिस्तारै हुन्छ हाेला निकै दुर्गम पालीका हाे ।

सदरमुकाम चैनपुर बाट हिडेर निकै टाढाको सरकार साईपाल हाे । जसमा धुलि पुग्न ४ दिन निरन्तर हिड्नु पर्छ भने पछिल्लो समय सरकारले कदम चाल्दा साईपालकाे अनई, भन्ने स्थानमा सडक पुगेको छ । अब छिट्टै वडा नम्बर १ र २ मा पुगाउने साेचमा रहेको उपाध्यक्ष डाेल्मा तामाङले बताउनु भयाे ।

उपाध्यक्ष तामाङले भन्नू भयाे,म र अध्यक्षले साईपालकाे बिकास समृद्धिका लागि काठमाडौ सँघिय सरकारका कुनै मन्त्रालय बाकी राखेका छैनाै । त्यहीँ पनि पावर पहुचमा काम हुन्छ हामीलाई खासै सघिय सरकार र प्रदेश सरकारले नहेरेकाे अनुभुती भएको पाएकी छु । हामी यति धेरै दाैडधुन नगर्ने हाे भने, यति बजेट पनि गार्‍हो रहेको उपाध्यक्ष बताउन्छन ।

पछिल्लो समय स्थानीय सरकार साईपालमा अस्पताल देखि बैक पनि स्थापना भएको छ । हाम्रो पछिल्लो मुख्य एजेन्डा सडक पुर्याउनु हाे । देश भरिका ७५३ स्थानीय सरकार मध्ये बझाङकाे साइपाल गाउँपालीकामा मात्र सडक पुगेको छैन । हाम्रो लक्ष्य र जनतालाई दिएको हाम्रो बाचा नै सडक पहिलो प्राथमिकता हाे हामी हाम्रो कार्यकाल भित्र पुगाउने उपाध्यक्ष तामाङकाे जाेड रहेको छ ।

सडककाे काम तिव्र गतिमा अगाडि बढिरहेको छ । तिव्वतमा रहेका साईपालका समाजसेवी युवा जगत तामाङ पनि निरन्तर साईपाल बिकास बारे विभिन्न दृष्टिकोण बाट नियालिरहेका छन । उनी आफै आफ्नै स्काईभेटरले धेरै सहयाेग गर्दै आएका छन भने चाईनाकाे बिकास सहितकाे खाका साईपालमा गर्न सकिने बिकास लाई जनप्रतिनिधि सँग सल्लाह सुझावमा जुट्छन । स्थानीय तह साईपाले पछिल्लो समय बिकासकाे गतिलाई तिव्र तरिकाले अगाडि बढाएको र आफू लागिपरेको सबैलाई सहयाेग गर्न गाउँपालीका अध्यक्ष मानविर बाेहराले बताए ।।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज