Advertisement

रहरकाे साईपालमा कठिनाईका यात्रा- कामना टिम

Advertisement

बझाङ :चारैतिर हिमालै हिमालले भरिएका रमाइला हिमालहरुकाे बिचमा साईपाल गाउँपालीका रहेको छ ।

यस गाउँपालीकाकाे काँडा भन्ने ठाउँमा स्थानीय सरकारकाे पालीका रहेको देखिन्छ भने,नजिकै स्वास्थ्य सेवाका लागि अस्पतालकाे ठुलाे भवन निर्माणाधीन अवस्थामा रहेको छ । सुन्दर बस्ती नजिकै एउटा काडा माध्यामिक विद्याय पनि छ । यस विद्यालयकाे समग्र चित्रण बाट हेर्ने हाे भने,विहान उठ्ने बित्तिकै सेता हिमाल कुहुकुहु बास्ने चराचुरुङ्गीहरुकाे सारङ्गी आवाज सुन्न र देख्न पाईन्छ ।

कुनै दिन घरघरमा जङ्गली जनावर मृग,घाेरल बँदेल बाघ,डाफे,कालिज जस्ता चराचुरुङ्गी र जनावरहरु गाेठ्मै आउने गएको तथ्य थियाे भने अहिले जलवायु परिवर्तनकै कारण घर बाट अलि माथि डाडापाखाहरुका अवश्य देख्न पाईन्छ ।

स्थानीय सरकार सञ्चालन पछि निकै टाढा मात्र हैन,यात्राकाे क्रममा करिब हप्ता दिन नै लाग्ने यहीँ पालीका रहेको पाईन्छ । यस पालिकामा धलाैन,देखि धुली सम्म जम्मा ५ वटा वडाहरु रहेका छ । यात्रा गर्दा सदरमुकाम चैनपुर बाट गाडी साथ पनाल्त सँगसँगै पैदलयात्रातय अवश्य नै हुन्छ ।

पैदल यात्राकाे त्याे कठिनाई, उकाली अाेराली तलमाथिकाे खाेला नाला साथकाे कठिन यात्रा रहेकाे छ भने, मनाेरञ्जन साथ यात्रा भने सहज जस्तै महसुस हुन थाल्छ । साईपाल हिडाईमा एक जाेड कपडा र जुत्ता फाट्ने गरेको पाईन्छ । निङ्गाली लठ्ठीकाे भरमा सेताम्मे धुलाे साथ यात्राकाे सुरुवात हुन्छ । हामी गाडी यात्रा बाट सुनपानी कुवा सँगै जारलेख,गनै, हुँदै वडा नम्बर १/२ धलाैन पुग्छाै । त्यसपछि गाउँमाथी बाटै सुरु हुन्छ बुढापाकालाई ३ घण्टाकाे उकालो बाटाे भने युवालाई करिव २ घण्टा उकालो चढेपछी मात्र थकाइ मार्ने डाडा हाेटेल आईपुग्छ ।

त्यस ठाउँमा खानेपानी अलिकति ३० मिनेट तलबाट बाेकेरै लिनु पर्छ । थकाइ साथै हामी फेरि त्यति नै अाेरालाे तल झर्छाै जिमा गाउँ नजिकै रहेको पुर्व गाउँपालीका अध्यक्ष राजेन्द्र धामीकाे हाेटेल पुग्छाै । त्याँहा अन्य हाेटेलहरुपनि भेटाउन्छाै । थकाइका पलहर, साथ सरल सिधा जङ्गलकाे बाटाे लाग्छाै । नजिकै एउटा झाेलुङ्गे पुल आउन्छ । कतिपय झाेलुङ्गे पुल हुदै, जिमामा रहेको तातोपानी तिर्थमा जान्छन भने कतिपय करिव १ देखि २ घण्टाकाे बाटाे हिडेर काडा पुग्छन ।

जिमा भन्ने ठाउँमा तातोपानी कुण्ड रहेकाे लेखिन्छ । पहिला निकै कठिनाइ साथ रहेको तातोपानी तपाेवन भने पछिल्लो समय पर्यटन बाेर्ड र स्थानीय सरकारले सिडि साथ सरल यात्रा बनाएको पाईन्छ । तपाेवन पुगेर नुहाउदा साेचेकाे पुराहुने धार्मि परम्परागत मान्यता रहेकाे छ ।

त्यसपछि गाउँपालीका काडा करिव २ घण्टा पछि पुग्न सकिन्छ । काँडामा बाजचाैका सहितका रमाइला ३ वटा बस्ती देखिन्छन । टिलिक्क परेका बस्ति अनि रमाइला मान्छेहरु भेट्न पाउन्छाै । यति मात्र हैन चिसाे माैसममा समाजसेवी अर्थात उज्ज्वल बाेहरा लगायतकाे आगनमा ठुलाठुला मुढा सहित रमाइला गफगाफका मानिसहरु भेटिन्छन ।

मुढाकाे आगाे ताप्दै लिएको आन्दोलनमा पुराना कुराहरु रमाइला गफगाफ साईपालका मान्छेकाे सँगतले त्यतै बस्न रमाउन मन लाग्छ । फेरि बेसि झर्न मनै लाग्दैन । टलक्क टल्केका हिमाल हरिया जङ्गल सँगै रमेकाे साईपालमा अझै त्याहाँका मान्छेकाे मायाले घरमा फर्कने मनै लाग्दैन । एक पटक साईपाल अवश्य पुग्नुहाेला आजकाे शृङ्खलाममा हामी धुलि सम्म मात्र पुग्छाै ।

ललेरि घरका बस्ती सँगसँगै तलतिर कलकल सेती बगिरहेको देखिन्छ भने नजिकै रहेको स्थानमा बाटै माथि गाउँपालीका अध्यक्ष मानविर बाेहराकाे घर छ सँगसँगै गाेरख बाेहरापनि बस्छन । अहिले गाेरख समाजसेवी पनि छन । उनले कुखुरा,सिरग बनाउने मेसिनपनि राखेका छन । उनको हाेटेलमा बस्दै जिस्किन मज्जा आउन्छ ।

देखिँदा नजिकै तर करिव ३ घण्टा उकालो तलमाथि गर्दै न्युना गाउँ पुग्न सकिन्छ । त्याे गाउँ रमाइलो छ टलक्क टल्केकाे गाउँमा निकै राम्रो समाज छ । त्यस गाउँ बाट सिधै धुलि जान पनि सकिन्छ । काडाँ र न्युना हुँदै धुली जान करिव ४ /५ घण्टा अनिर्वार्य हिड्नु पर्छ । अनि धुली पुगिन्छ । धुलीकाे बस्ती अझै रमाइलो देखिन्छ । त्याहा अहिलेका उपाध्यक्ष डाेल्मा तामाङकाे घर हाे ।

वारितिर धुली गाउँबाट हेर्दा पारी बलाैडी गाउँलाई नियाल्न सकिन्छ । धुलिमा राेकाया, तामाङ,भण्डारी ,बाेहरा सहितका मान्छेको बसाेवास रहेको पाईन्छ । त्याे गाउँपनि वरिपरि हिमालै हिमालले भरिपुर्ण छ । रमाइलो साईपालकाे यात्रामा थकाइ नै थकाइकाे महसुस अवस्य हुन्छ भने, कठिन परिस्थितिकाे गलैंचामा हिमाल भरिकाे सेताम्मे माला देख्न पाईन्छ । थप अर्को शृङ्खलामा समेट्ने छाै ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज