
सुदुरपश्चिमकाे बिकट बझाङकाे पनि उच्च दुर्गम गाउँपालीका साईपाल गाउँपालीका बिकासकाे केन्द्रमा पुग्दै आएको छ ।
स्थानीय सरकार सञ्चालन पछि खानेपानी शिक्षा स्वास्थ्य सहितका बिकासका कामहरु अगाडि बढिरहेको प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण जाेशीले बताए । दुर्गम भएको कारण धेरै कठिनाइ छन । ११ देखि १२ हजार रुपैया सम्म एक कट्ठा सिमेन्ट पुग्छ भने ५०/६० हजार बिचमा एक कुण्डलल सरियाँ पुग्ने गरेको पाईन्छ । अझै पनि स्थानीय सरकार जनताको बिकास गाउँघरकाे समृद्धिमा निरन्तर लागिपरेको हाकिम राधाकृष्ण जाेशीकाे भनाइ छ ।

पछिल्लो समयमा स्थानीय सरकारले महिला हरुकालागी पाठेघर सम्वन्धि उपचार,शिविर,स्वास्थ्य शिविर,विद्यालय सुधार कार्यक्रम स्वास्थ्यकाे लागि काडामा ठुलाे अस्पताल भवन निर्माण जस्ता बिकासका काम भईरहेकाे छन । दुर्गम स्थानीय सरकार भएता पनि धेरै कठिनाईका बिच काम गर्नु परेको लामाे अनुभव छ । हिडेर ३/४ दिन लाग्ने यस स्थानीय तहलाई बिकासमा जाेड्न कर्मचारी जनप्रतिनिधि सहितका बुद्धिजीवी लागिपरेका देखिन्छन ।



