Advertisement

पूर्वाधार र अस्पतालको क्षमता नहुँदा नेपालमा अंग प्रत्यारोपण कठिन

Advertisement
काठमाडौं । शरीरका अंग फेल भएर अहिले पनि नेपालमा धेरै मानिसको मृत्यु हुने गरेको छ । तर अंग प्रत्यारोपण गर्ने सहज सुविधा छैन । मिर्गौलाको प्रत्यारोपणको १२ वर्ष र कलेजो प्रत्यारोपणको ८ वर्षे इतिहास भए पनि मागअनुसार सेवा प्रवाह हुन सकेको छैन । राजधानी केन्द्रित सीमित अस्पतालमा सेवा उपलब्ध छ । तर क्षमता भने मागभन्दा निकै कम छ । सरकारले सेवा विस्तार र अस्पतालको क्षमता विकासमा ठोस पहल गरेको छैन ।काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा सन् २०१९ देखि कलेजो प्रत्यारोपण सेवा सुरु भयो । पाँच वर्षमा यहाँ जम्मा १५ जनामा मात्र कलेजो प्रत्यारोपण भएको छ । पछिल्लो २ महिनादेखि त प्रत्यारोपण नै भएको छैन । त्रिवि शिक्षण अस्पतालका कलेजो तथा ग्यास्ट्रो सर्जन डा. रमेशसिंह भण्डारीभने आफूहरू तयार रहे पनि बिरामीहरू आफूकहाँ नाआएको बताउनु हुन्छ । ‘हामीकहाँ बिरामी नआएरै हो । नत्र हामी रेडी छौँ । भोलिका दिनमा हामीले विशेषगरी सोमबार र बुधबार ओपीडी चलाउँछौँ,’ उहाँले भन्नुभो, ‘त्यसमा ट्रन्सप्लान्टका बिरामीहरुलाई बोलाउँछौ । अहिले आउनु भयो भने हामी २ हप्तामा गर्न सक्छौ ।’नेपालमा बर्सेनि १ हजार जनाको कलेजो बिग्रने गरेको अनुमान छ । त्यसमा पनि करिब २ सय जनाको त तत्काल प्रत्यारोपण गर्नुपर्ने चिकित्सकहरु बताउँछन् ।त्रिवि शिक्षण अस्पतालबाहेक भक्तपुरको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र केही निजी अस्पतालमा पनि कलेजो प्रत्यारोपणको सेवा छ । तर ८ वर्षको बीचमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३०, त्रिविमा १५ र निजी अस्पतालसमेत गरी झन्डै ५० जनाको मात्र प्रत्यारोपण भएको छ । नेपालका अस्पतालले दिने सेवा गुणस्तरीय भए पनि बिरामीले विश्वास नगर्दा धेरै जना प्रत्यारोपणका लागि विदेशिने गरेको चिकित्सकको अनुमान छ ।

मिर्गौला प्रत्यारोपणमा पनि उस्तै समस्या छ । नेपालमा बर्सेनि ३ हजारको मिर्गौला बिग्रने अनुमान भए पनि जम्मा ३ सयको मात्रै प्रत्यारोपण हुने गरेको छ । मिर्गौला नपाउने समस्या त छ नै पाइहालेमा पनि पूर्वाधार अभावले एकैचोटी धेरै जनाको प्रत्यारोपण सम्भव छैन । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको तथ्याङ्कअनुसार ब्रेन डेथ भएकाहरुबाट मिर्गौला पाउन १ हजार जना र कलेजो पाउन ५५ जनाले निवेदन दिएका छन् । तर आवश्यकताअनुसार दान गर्नेहरु निकै कम छन् । जबकि अन्य मुलुकमा मुटु, फोक्सो, आमासयलगायत पाठेघर कै समेत प्रत्यारोपण हुने थालिसकेको छ ।नेपालमा एक त अंग प्रत्यारोपणबारे सचेतनाको अभाव छ भने अर्कोतर्फ सरकारले पनि ठोस पहल गरेको छैन । अंग प्रत्यारोपण सेवा सातै प्रदेशमा विस्तार गर्ने भनिए पनि काम अघि बढेको छैन । सरकारी स्वामित्वका अस्पतालमासमेत भवनलगायतका पूर्वाधार अभावले पर्याप्त मात्रामा प्रत्यारोपण हुन सकेको छैन ।ठाउँ अभावले प्रत्यारोपणमा गर्न सहज नभएको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठको भनाइ छ । ‘हामीकहाँ स्थानअनुसार जनशक्ति छ । तर अब हामीले यो भन्दा बढी प्रत्यारोपण गर्न सक्ने ठाउँ नै छैन । र हामिले सरकारलाई बारमबार पहल गरेका छौँ,’ उहाँले भन्नुभयो, ‘सरकारले घोषणा पनि गरेको छ । प्रत्येक वर्ष सरकार हरु आउनु हुन्छ उहाँहरुले यो केन्द्रलाई सय रोपनी जग्गा दिन्छु, यसलाई शैक्षिक प्रतिष्ठान बनाउँछु, ५ सय शय्याको बनाउँछु भनेर घोषणा पनि गर्नुहुन्छ । नीति तथा कार्यक्रम र बजेटमा पनि आउँछ तर कार्यान्वयन भएकै छैन ।’कलेजो र मिर्गौला मात्र होइन, अन्य अंग प्रत्यारोपण सेवा पनि सहज बनाउन सरकारी पहल सुस्त छ । सेवा सहज बनाउने प्रतिबद्धता गर्ने तर काम नगर्ने प्रवृत्तिले नागरिकहरु अकालमा ज्यान गुमाउन बाध्य हुँदै आएका छन् ।

कान्तिपुर

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले आर्थिक वर्ष २०८३\०८४ को लागि ६२ करोड बढीको बजेट ल्याएको छ । बुधबार आयोजित १९ औं अधिवेशन मार्फ...
बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ४ डूङ्ग्रीमा रहेको केदार आधारभूत विद्यालयमा शुक्रबारीय अतिरिक्त क्रियाकलापअन्तर्गत अन्तर सदनात्...
बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका- ३ मौलालिमा रहेको एक निजी विद्यालयका शिक्षक विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्।...
बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बझाङ-  बझाङको बित्थडचिर गाउँपालिका-६ का स्थानीय बासिन्दालाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण गरिएको छ। वडाको पाणपाखा ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज