Advertisement

बझाङको जयपृथ्वी नगरपालिकाले हटायो, माछा मार्न थापिएका तिप

Advertisement

वसन्त प्रताप सिंह

बझाङ– जयपृथ्वी नगरपालिकाले नगरपालिका क्षेत्र भित्र पर्ने नदी र खोलामा माछा मार्न थापिएका तिप हटाएको छ । माछाले प्रजनन गर्ने र फुल पार्ने भदौ र असोज महिनामा माछा मार्न लगाएको प्रतिबन्धको अवज्ञा गर्दै थापिएका तिपहरु हटाइएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले डुङग्रीगाड खोला र बाहुलीगाडमा थापिएका तिपहरु नगर प्रहरी परिचालन गरेर हटाएको हो । प्रतिबन्धको समयमा खोलामा तिप छापेर माछा मार्ने काम भैरहेको जानकारी आए पछि तिप हटाइएको जयपृथ्वी नगरपालिका नगर प्रहरी प्रमुख राजेन्द्र खड्काले बताए । उनले पहिलो पटक तिप थाप्नेहरुलाई सम्झाई बुझाई तिप हटाइएको बताउदै फेरी कसैले त्यसो गरेमा कानुनी कारबाही गरिने बताए ।

बर्षातको समयमा ठुलो नदीको पानी धमिलो भए पछि ससाना खोलामा आश्रय खोज्दै गएका माछाहरु भदौ र असोज महिनामा मुल नदी मै फर्किने माछा सम्बन्धी जानकारहरु बताउछन । यही समयमा खोलाको धार एकै तिर फर्काएर निगालोको जाल (तिप) थाप्ने र मुल नदीमा पुग्न नदिइ माछा समाउने गरिन्छ । यसरी विनासकारी तरिकाले माछा मार्ने क्रम बढ्दै गएकोले पछिल्लो समय सेती नदी र यसका सहायक खोलामा पाउने माछाहरुको संख्यामा ठुलो मात्रामा घटिरहेको छ ।

‘भदौ र असोज भनेको समय माछाले फुल पार्ने मात्रै नभई बर्खामा सेतीबाट खोला तिर गएका माछा फेरी सेती मै फर्किने समय पनि हो नगरप्रमुख चेतराज बजालले भने, ‘यही वेलामा खोलाको धार फर्काएर उनिहरुको बाटोमा धराप थाप्ने काम गर्दा माछाको प्रजाती नै लोप हुने चिन्ता छ । उनले प्रजनन गर्ने समयमा मात्रै मार्न बन्द गर्दा पछिको संख्या उल्लेख रुपमा वृद्धी हुने र त्यसले माछा मारेर जिविका चलाउनेहरुलाई सहज हुने भएकोले नगरपालिकाले प्रतिवबन्ध गरेको बताए । ‘माछा बढे पछि नदीको पारिस्थितिकिय प्रणाली त राम्रो हुने नै भयो । माछा मारेर खर्च चलाउनेको जिविका पनि सजिलो हुन्छ उनले भने ।

बझाङमा जयपृथ्वी नगरपालिकाले मात्रै नभई  सेती नदी क्षेत्रमा पर्ने तलकोट, थलारा, केदारस्युँ, छविसपाथीभेरा गाउँपालिकाले पनि सेती नदी र यसका सहायक खोलाहरुमा चार महिना माछा मार्न प्रतिवन्ध लगाएका छन । माछाले फुल पार्ने, प्रजनन क्रिया गर्ने तथा उधौली झर्ने गतिविधी गर्ने भदौ, असोज र फागुन तथा चैत महिनामा माछा मार्न सेती नदी क्षेत्रमा पर्ने पालिकाहरुले पुर्ण रुपमा प्रतिबन्ध लगाएका हुन ।

‘पछिल्लो समय माछा मार्नलाई करेन्ट लगाउने, जैविक तथा रासायनिक विषादी प्रयोग गर्ने, मसिना प्वाल भएका जालको प्रयोग र नदीको धार फर्काएर माछा मार्ने जस्ता विनासकारी क्रियाकलाप अत्याधिक बढेकोले माछाको संख्या चिन्ताजनक रुपमा घटिरहेको छ पालिकाहरुले जारी गरेको सुचनामा भनिएको छ, ‘जलिय जैविक विविधताको स्वास्थ्य सुचकका रुपमा रहेको माछा लगायत अन्य जलचरको संरक्षण र दिगो उपयोग गरिएन भने भविश्यमा वातावरणमा थप नकारात्मक असर पर्ने देखिएकोले उक्त अवधीमा पालिका क्षेत्रका सम्र्पुण नदी तथा खोलामा माछा मार्न बन्द गरिएको छ पालिकाको जलचर तथा जलिय जैविक विविधता संरक्षण ऐन, २०७६ को व्यवस्था अन्र्तगत प्रतिबन्धात्मक आदेश जारी गरेको जनाउदै सुचनाको अवज्ञा गरे सोही ऐन बमोजिम कारबाही गरिने सुचनामा उल्लेख छ ।

माछाले फुल पार्ने महिनामा अत्याधिक माछा मार्ने गरिएको र फुल सहितको माछा मार्नाले माछाको पुर्नउत्पादन बर्षेनी गिरावट हुँदै जाँदा बर्षेनी माछाको संख्या घट्दै गइरहेकोले उक्त प्रतिवन्ध लगाउनु परेको पालिकाहरुले बताएका छन । एक किलो तौलको एउटा असला माछाले एक पटकमा १४ हजार २५० भन्दा धेरै पार्ने अध्ययनले देखाएको छन । फुल पार्ने फुल सहितको माछा मार्दा नयाँ माछा जन्मिन नपाएका कारण प्रत्येक वर्ष माछाको संख्या घट्दै गइरहेको पालिकाहरुको निष्र्कष छ ।

तस्विर सौजन्य: राजेन्द्र खड्का
जयपृथ्वी नगरपालिकाको डुङग्रीगाडमा थापिएको तिप हटाउदै नगर प्रहरी

सेती नदी र यसका सहायक खोलामा पाउने माछाको तौल, संख्या तथा प्रजातिहरु प्रत्येक वर्ष घट्दै गएकोले केही वर्षमै माछा लोप हुने खतरा भएको भन्दै बझाङका पालिकाकाहरुले जलचर संरक्षण ऐन बनाएर जलिय जैविक विविधता संरक्षणको काम गरिरहेका छन । सेती नदीमा माछा सम्बन्धी भएका विभिन्न अध्ययनहरुले पनि माछाको संख्या विगत १५ वर्षको अवधीमा  ७० प्रतिशत भन्दा बढी घटिसकेको पत्ता लगाएका छन ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज