Advertisement

पर्यटन प्रर्वद्धन मा पछि परेको बझाङ को सुन्दर आँखा आकृतिको सुर्मासरोबर

Advertisement

सुर्मासरोवर बझाङ जिल्लाको सदरमुकाम चैनपुरबाट तीन दिनको दूरीमा रहेको आँखा आकृतिको एउटा सानो ताल हो । यो तालमा स्नान गरे सबै पापबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास रहेको छ । 

बझाङवासीहरू साउन महिनाको एकादशीदेखि त्रयोदशीसम्म त्यही ओडारमा बसेर स्नान गर्छन् । त्यहाँ जलदेवीको वासस्थान छ भन्ने भनाइ छ। चाँदेशिखर हिमालको फेदीमा रहेको सरोवरको पानी तीन ठाउँबाट बाहिरिएर पाँच किलोमिटर तल सुनिगाडमा पुनः मिसिन्छ। सरोवरको पूर्वपट्टिको डाँडाबाट एक किलोमिटर तल १०० भन्दा बढी मानिस खान–सुत्न मिल्ने विशाल विरु ओडार छ।

दार्चुलातिरबाट आउने तीर्थालुहरू यही ओडारमा बास बस्छन्। साउनमा यस सरोवरमा स्नान गर्न आउने शर्द्धालुहरूको यात्रालाई सुर्मा सरोवर जात्रा भनिन्छ । विरु ओडारबाट केही तल धानसेरी पार्थीका विशाल नागीहरू छन्– छेवैमा तातोपानीको मुहान छ। त्यहाँबाट दुई किमी पूर्व हिंडेपछि धानसेरी जिउलो पुगिन्छ। किम्वदन्ती अनुसार, उहिले पार्थी डाँडाबाट हेर्दा यहाँ सयौं महिलाले सुर्मादेवीको धान रोपिरहेका देखिन्थे रे! यहाँ अर्को एउटा सानो ताल पनि छ, जुन यस भेगका कस्तूरी, झारल, नाउर आदि वन्यजन्तुको पानी पिउने ठाउँ हो। हिमश्रृंखलाको अवलोकन गर्दै धानसेरीबाट ५–६ घण्टा ओरालो झरेपछि सुर्मादेवी मन्दिर रहेको सुर्मा गाउँ पुगिन्छ। 

उहिले सुर्मा र दुर्गा दिदीबहिनी अहिले लेकगाउँ गाविसमा पर्ने थलीमा बस्थे रे! लसुनको निहुँमा झगडा परेका दिदीबहिनीले अंशबण्डा गर्दा थलीका खेतहरू बग्न थालेछन्। तिनै खेतका बीचमा रहेको पाँगरको रूख तान्दा त्यसको आधा भाग चुँडिएर आएछ। त्यो रूख रोपेको ठाउँ नै अहिलेको सुर्मा मन्दिर भएको र आधा रूख थलीमै रहेको जनविश्वास छ ।

पार्थीको डाँडो कम्तीमा चारदेखि ६ घन्टाको ठाडो उकालो चढ्दा बाउली गाडको झरनाको मनोरम दृश्यले थकान मेटाउँछ । उकालो सकिएपछि पार्थीमाथि पुगेर वरिपरि हिमशृङ्खलाहरू देख्दा खुसीले मुखबाट अनायासै आवाज फुत्किन्छ, वाउ ! ह्वाट अ भ्यू ! तल बाहुली गाडबाट उक्लिँदाको थकान निमेषभरमै चैट हुन्छ । त्यहाँ एउटा स–सानो होटेल पनि छ, दुई–चारजनालाई खानबस्न मिल्ने । आफैँले टेन्ट गाडेर बस्न पनि सकिन्छ । 

धानसेरा यो ठाउँसँग एउटा किंवदन्ती जोडिएर आउँछ । एक समय यहाँको फाँटमा मान्छेहरू रोपाइँ गरिरहेको, हलगोरु जोतिरहेको दृश्य कुनै मान्छेले माथि डाँडाबाट देखेछ रे ! खेतमा काम गरिरहेका मान्छे आफूहरूलाई कसैले देख्यो भन्ने चाल पाउनेबित्तिकै अलप भएछन् रे ! धानसेरामा ठ्याक्कै धानजस्तै बोटहरू र रोपाइँ गरेर छोडेजस्ता फाँटहरू देखिन्छन् । पाटा–पाटा परेका हरिया गराहरू र पृष्ठभूमिमा देखिने ब्याँसीमारे हिमालको प्रतिबिम्ब कुनै चलचित्रको दृश्यजस्तो लाग्छ । यो धानलाई गौरीधान भनिन्छ । ठ्याक्कै धानको बालाजस्तो अलिक कालो हुन्छ, तर भित्र दाना भने हुँदैन । नजिकैको जंगलमा डाँफे, कस्तुरीलगायत पशुपक्षी भेटिने गर्छन् । 

गाईसेरा एउटा ठूलो रंगशालाजत्रो चौर । बीचमा विचित्रका नागबेली अर्धभूमिगत भई बगेको कुलेसो । सामुन्नेमा उभिएको विशाल गाईसेरा हिमाल । वरिपरि फुलेका फूलहरूको मनोहर दृश्य । यार्चा तथा जडीबुटी संकलकहरूको पंक्ति । पश्चिमी दिशातिर हेर्दा सेतै फुलेका हिमाल । वेलावेला नाउर पनि हेर्न पाइन्छ । गाईसेराको खास विशेषता भनेको माथि डाँडाबाट हेर्दा कुलेसोले गाई र बाच्छाको जस्तो आकृति बनाएको छ । 

तपोवन माथि हिउँले ढाकिएको हिमाल ठडिएको छ । तल फेदमा तातोपानीको मूल बगेको छ । बडो गज्जबको विरोधाभासपूर्ण लाग्ने प्रकृतिको चरित्र देखिन्छ । मूलनिर उमल्दो पानी छ, हात हाल्न हम्मे पर्छ । बाफ पनि त्यसैगरी उठेको देख्न सकिन्छ । मूलबाट पानी अलिकति तलतिर बग्दै जाँदा पानीको तातोपन पनि घट्दै जान्छ । बगेको त्यो पानीलाई खोलाको किनारमा थुनेर सानो तलाउ बनाएको छ, जसलाई तपोवनको कुण्ड पनि भनिन्छ । जनैपूर्णिमामा लाग्ने धार्मिक मेलामा मान्छेहरू स्नान गर्न जान्छन् । तातोपानीको कुण्डमा बसेर आनन्दले ‘वाटर थेरापी’ गर्न सकिन्छ ।

कुण्ड (सुर्मा सरोवर)सुर्मा क्षेत्रको महत्वपूर्ण र आकर्षकमध्ये प्रमुख ठाउँ हो, सुर्मा सरोवर । यो ठाउँसँग पनि चाखलाग्दो धार्मिक किंवदन्ती/मिथ जोडिएको छ । सुर्मा र दुर्गा दुई बहिनीआपसमा झगडा हुँदा सुर्माले आफ्नो भागको रूपमा दुर्गाथलीको थली जिउलाको आधा भाग र पाङरको आधा रुख चुँडेर हालको सुर्मा थकुन्नाडामा बसिछन् । र, केही समयपछि त्यहाँ पनि बस्न उपयुक्त नठानेर माथि उक्लिँदै हिमाली काखको कुण्डतिरै बस्न पुगेकी हुन् रे ! तिनै बसेको थलोलाई अहिले सुर्मा सरोवर भनिन्छ । यो तालको गहिराइ र क्षेत्रफलबारे आधिकारिक तथ्यांक छैन । हिमालको फेदमा रहेको यो ताल करिब चार हजार ३३३ मिटरको उचाइ आसपासमा अवस्थित छ । वरिपरि हिमशृंखलाहरूले झन् सुन्दरता थपेका छन् । यार्चा टिप्नेहरू यसको छेउछाउ भेटिन्छन् । जनै पूर्णिमाको दिन यहाँ ठूलो मेला लाग्छ । तालको छेउमा सुर्मा देवीको मन्दिर छ । दार्चुला, बैतडी, डोटी, डडेल्धुरालगायत अन्य जिल्लाबाट पनि मान्छेहरूको घुइँचो लाग्ने गर्छ । 

चाँदे शिखर हिमालको त्यो कान्ति । उसको आलोकमा आफूलाई हराउँदा । हिउँको सामीप्य र सोझै बहने चियो जलवायुले हर्षको सीमापार गराउँछ । सूर्याेदयको वेला निलो आकाशमा देखिने आभा । चाँदे शिखरमा पोखिने त्यो लालीमा । त्यति वेलाको दृश्य अलौकिक लाग्छ । हिमालबाट परावर्तन हुने चहकले तलतिरका हरिया, फराकिला, रंगीन फाँटहरूको भूदृश्यले कसको मनमुटुलाई घायल नपार्ला र ? कसैले स्वर्गको परिकल्पना अन्त कतै गरेको छ भने त्यो उसको ठूलो भ्रम हुन सक्छ । स्वर्ग यसै धर्तीमा छ । सायद मान्छेहरूले कल्पना गरेको स्वर्ग यही हो । 

प्राकृतिक सौन्दर्य

धार्मिक तथा पर्यटकीय महत्व बोकेको र्सुमासरोवर र्हेदा मानव आँखा आकृतिको छ । ताल आसपासमा पाइने रङ्गी-बिरङ्गी जङ्गली फूलहरूले यस तालको सौन्दर्यतालाई झनै मनमोहक बनाएको पाइन्छ । सुर्मा सरोवर क्षेत्र धार्मिक-पौराणिक किम्वदन्ती र प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । पाटनका रङ्गीविरङ्गी फूल, दूध झै सेताम्य झरना, लेकाली सल्ला, गुराँस, चिमालो र चाननका लहराले शोभायमान बनाएको सुर्मा सरोवर क्षेत्र पुग्दा संसार भुलेर सधैं यहीं बसिरहुँ लाग्ने गर्छ ।

पर्यटन प्रर्वद्धन

सुर्मा सरोवर जुन बिकास र प्रचार-प्रसारको कमिले ओझेलमा छ । स्थानीय सरकार , प्रदेश सरकार र केन्द्र सरकार सबैले हातेमालो गर्ने हो भने यो ठाउँ को पर्यटन प्रर्वद्धन मा निकै सहयोग पुग्ने देखिन्छ ।

समस्याहरु

ठूलो धार्मिक तथा पर्यटकीय महत्व भएपनि यातायात सुविधा नहुँदा संसारको आँखामा नपरेको सुर्मा सरोवर तालमा पुग्न निकै सम्स्या रहेको छ भने अर्कोतिर ठाउँ ठाउँ मा बस्ने आवश हरु नभएको र पर्यटकहरू लाई खन बस्न निकै सम्स्या हुन गरेको पाइएको छ  ।

कसरी पुग्ने ?

यो स्थल बझाङ्ग जिल्लाको सदरमुकाम चैनपुरबाट उत्तर दिशामा पर्दछ र त्यहांबाट ३० कि.मि. टाढा छ । जिल्ला सदरमुकामबाट गाडीमा ४ घण्टामा सुर्मा गाउँ पुगिन्छ र त्यहाँबाट १ दिनको पैदल यात्रापछि सुर्मा ताल पुगिन्छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले स्थानीय स्तरमै पाइने कच्चापदार्थको सदुपयोग गर्दै अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी ...
अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछामको रामारोशन गाउँपालिका–६ भटाकाटीयमा सडक तथा यातायातको उचित पहुँच नहुँदा स्थानीयवासी अझै बिरामीलाई पिठ्युँमा बोकेर स्वास्थ्य सं...
विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयमा प्लास्टिक टनेल निर्माण गरिएको छ । विद्यालय र खोलापार...
आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

धनगढी- देश निर्माणका लागि सक्षम नेतृत्व चाहिन्छ , जसमा सचेत नागरिक र सही निर्णय अत्यन्त आवश्यक मानिन्छ। तर हाम्रो समाजमा एउटा खतरन...
सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदमाथी सरकारी सम्पत्तिमा रजगजको आरोप लागेको छ । नियम बिपरित दोह...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र...
केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका- ८ मा सिस्नु पाउडर प्रशोधन तथा उत्पादन सम्बन्धी ७ दिने सीप विकास तालिम सम्पन्न भएको छ । गरिबी न...
बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

धनगढी- बैतडीको मेलौली नगरपालिका-२ सलेनामा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्ट सवार गाडी र यात्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज