Advertisement

आज आठौँ स्वास्थ्य बीमा दिवस : ७ सय ५३ वटै पालिकामा सेवा विस्तार

Advertisement

आज आठौँ स्वास्थ्य बीमा दिवस मनाईंदैछ । ‘तपाईको स्वास्थ्य हाम्रो अठोट : स्वास्थ्य सेवामा सर्वब्यापी पहुँच’ भन्ने नाराकासाथ स्वास्थ्य बीमा दिवस मनाउन लागिएको हो । नेपालमा २०७२ साल चैत २५ देखि स्वास्थ्य बीमा कार्यक्रम लागू भएको हो

स्वास्थ्य बीमा कार्यक्रम ७७ वटै जिल्लाका ७ सय ५३ वटा पालिकामा विस्तार भएको छ । आज अन्तिम पालिकाको रुपमा काठमाण्डौको बुढानिलकण्ठमा सेवा विस्तारको शुरुवात हुन लागेको बीमा बोर्डले जनाएको छ । स्वास्थ्य बीमा कार्यक्रममा अहिलेसम्म ७७ लाख ७१ हजारभन्दा धेरै नागरिक आबद्ध भएका छन् ।

बीमा बोर्डका कार्यकारी निर्देशक डाक्टर दामोदर बसौलाकाअनुसार पछिल्लो जनगणनाको तथ्याङ्कनुसार ३५ दशमलव ८८ प्रतिशत घरपरिवार अनि २६ दशमलव ५४ प्रतिशत नागरिकको पहुँचमा स्वास्थ्य बीमा पुगेको छ । बीमा नवीकरण गर्ने झण्डै ७० प्रतिशत रहेका छन् । स्वास्थ्य बीमा कार्यक्रमबाट बीमितलाई न्यूनतम योगदान रकमका आधारमा स्वास्थ्य उपचार सुविधाको व्यवस्था छ ।

बोर्डले गरेको नयाँ व्यवस्थाअनुसार गएको माघ १ गतेदेखि १० प्रतिशत रकम बिरामी आफैंले तिर्नुपर्ने व्यवस्था लागू गरेको छ । बीमा कार्यक्रममार्फत् पाँच जनासम्मको परिवारको तीन हजार पाँच सय रुपैयाँ बुझाएपछि त्यस घरमा रहेका सदस्यले वर्षभरीमा एक लाख रुपैयाँ बराबरको औषधि उपचार सरकारले तोकेको अस्पतालमा निःशुल्क उपचार गर्न पाइन्छ । पाँच जनाभन्दा बढी सदस्य भएपछि प्रतिसदस्यका दरले थप दुईसय बुझाउनु पर्छ ।

डाक्टर बसौलाले स्वास्थ्य बिमामा सहभुक्तानी लागू भएको, अनलाइनबाट आबद्ध हुने व्यवस्था शुरु गर्न लागिएको, सेवा प्रदायक संस्थालाई पनि तत्कालै भुक्तानीको व्यवस्था गरी सुधारका प्रयास थालिएको बताउनुभयो । सरकारले आउँदो १० वर्ष अर्थात् २०९० सालसम्ममा स्वास्थ्य बीमा कार्यक्रममा सबै नेपाली नागरिकलाई सहभागी गराउने उद्देश्य राखेको छ ।

स्वास्थ्य बीमा ऐन, २०७४ र स्वास्थ्य बीमा नियमावली, २०७५ मा भएको व्यवस्थाअनुसार सङ्गठित व्यक्तिलाई अनिवार्य स्वास्थ्य बीमामा समेट्ने उल्लेख छ । त्यसैअनुसार निजामती कर्मचारी, शिक्षक, सेना, प्रहरी, स्वास्थ्य सेवामा कर्मचारी, संस्थान र उद्योग क्षेत्रका कर्मचारीलाई पनि समेट्नेगरी काम भइरहेको बोर्डले जनाएको छ । आठौँ स्वास्थ्य बीमा दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, स्वास्थ्य मन्त्री उपेन्द्र यादवलगायतले शुभकामना व्यक्त गरी सेवा विस्तार र थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ । 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

सारङ्गीको धुनसँगै पुर्ख्यौली पेसा जोगाउँदै यमबहादुर गन्धर्व

सारङ्गीको धुनसँगै पुर्ख्यौली पेसा जोगाउँदै यमबहादुर गन्धर्व

काठमाण्डाै- ढाका टोपी, घाँटीमा स्कार्फ, काँधमा सारङ्गी र जीवनभरको सङ्घर्षको अनुभूति बोकेर ६३ वर्षीय यमबहादुर गन्धर्व हरेक दिन नयाँ...
बझाङको पुरानो बसपार्कबाट अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा ५ जना पक्राउ

बझाङको पुरानो बसपार्कबाट अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा ५ जना पक्राउ

बझाङ- बझाङमा अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई नियन्त्रण लिएको छ । शुक्रबार राति ९:१५ बजेको समयमा सदरमुका...
सुदूरपश्चिममा राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड

सुदूरपश्चिममा राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड

धनगढी- सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूले प्रदेशको विकासका लागि राजस्वको दायरा र आम्दानी बढाउनुपर्नेमा जोड दिएका छन्। प्रदेशसभाको आज...
बेल्जियममाथि स्पेनकाे जित, १६ वर्षपछि विश्वकप फुटबलको सेमिफाइनलमा

बेल्जियममाथि स्पेनकाे जित, १६ वर्षपछि विश्वकप फुटबलको सेमिफाइनलमा

बेल्जियमला हराउँदै स्पेन फिफा विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ । अमेरिकाको लस एन्जलस स्टेडियममा आज बिहान भएको क्वार्टरफाइनल खे...
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं- आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना छ। दिउँसो र राति नै भारी वर्षाको सम्भावना रहेको हो। दिउँसो कोसी, वाग्मती,...
गणेश नेपाली मृत्यु प्रकरण: संसद् र सडकबाट प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

गणेश नेपाली मृत्यु प्रकरण: संसद् र सडकबाट प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

काठमाडौं- मुगुका गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गर्दै संसद् र सडक दुवैतर्फबाट विरोध चर...
केदारस्युँ गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२ / ०८३ को वित्तीय प्रगति, ९० प्रतिशत बजेट खर्च

केदारस्युँ गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२ / ०८३ को वित्तीय प्रगति, ९० प्रतिशत बजेट खर्च

बझाङ- केदारस्युँ गाउँपालिकाले आर्थिक वर्ष २०८२ / ०८३ को वार्षिक वित्तीय प्रगति सार्वजनिक गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले बि...
कैलालीमा बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

कैलालीमा बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

धनगढी- कैलालीमा १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–६ ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज