Advertisement

Day: २०८० चैत्र २५, आईतवार १३:०७

सुनको भाउमा नयाँ रेकर्ड, ताेलाकाे एकलाख ३५ हजार ६ सय रुपैयाँ पुग्याे

सुनको भाउमा नयाँ रेकर्ड, ताेलाकाे एकलाख ३५ हजार ६ सय रुपैयाँ पुग्याे

ब्यापार, मुख्य समाचार
सुनको भाउले अहिलेसम्मकै उच्च रेकर्ड बनाएको छ । आज एकैदिन तोलामा दुई हजार नौसय रुपैयाँले बढेर एकलाख ३५ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि शुक्रवार नेपाली बजारमा सुन तोलाको एकलाख ३२ हजार सातसय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको भाउ तोलामा ५५ रुपैयाँले बढेको छ । शुक्रवार प्रतितोला एक हजार छ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि एक हजार ६ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । ...
उपचुनाव : उम्मेदवारी दर्ता गराएकाविरुद्ध आज उजुरी दर्ता र जाँचबुझ हुने

उपचुनाव : उम्मेदवारी दर्ता गराएकाविरुद्ध आज उजुरी दर्ता र जाँचबुझ हुने

बझाङ, मुख्य समाचार, राजनीति, सुदूरपश्चिम
बझाङ : उपचुनावका लागि हिजो उम्मेदवारी मनोनयन दर्ता गराएकाविरुद्ध आज उजुरी दर्ता र जाँचबुझ हुने भएको छ । बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उजुरी दिने, दिउँसो ३ बजेदेखि बेलुका ५ बजेसम्म मनोनयन पत्र र उजुरीको जाँचबुझ गरी निर्णय गर्ने कार्यसूची रहेको निर्वाचन आयोगले जनाएको छ त्यस्तै भाेलि उम्मेदवारको नामावाली प्रकाशन, पर्सि नाम फिर्ता र अन्तिम नामावली प्रकाशन गरी चुनाव चिन्ह दिने कार्यसूची छ । आउँदो वैशाख १५ गते इलाम–२ र बझाङ प्रदेशसभा १ (क) मा उपचुनाव हुँदैछ । उपचुनावका लागि हिजो मनोनयन दर्ता भएको हो । विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ३२ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । इलाम क्षेत्र नम्बर–२ मा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी २० जनाको उम्मेदवारी दर्ता भएको छ । संविधानसभा अध्यक्ष तथा एमाले नेता सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदका लागि ...
आज आठौँ स्वास्थ्य बीमा दिवस : ७ सय ५३ वटै पालिकामा सेवा विस्तार

आज आठौँ स्वास्थ्य बीमा दिवस : ७ सय ५३ वटै पालिकामा सेवा विस्तार

मुख्य समाचार, सुदूरपश्चिम, स्वास्थ्य
आज आठौँ स्वास्थ्य बीमा दिवस मनाईंदैछ । 'तपाईको स्वास्थ्य हाम्रो अठोट : स्वास्थ्य सेवामा सर्वब्यापी पहुँच' भन्ने नाराकासाथ स्वास्थ्य बीमा दिवस मनाउन लागिएको हो । नेपालमा २०७२ साल चैत २५ देखि स्वास्थ्य बीमा कार्यक्रम लागू भएको हो स्वास्थ्य बीमा कार्यक्रम ७७ वटै जिल्लाका ७ सय ५३ वटा पालिकामा विस्तार भएको छ । आज अन्तिम पालिकाको रुपमा काठमाण्डौको बुढानिलकण्ठमा सेवा विस्तारको शुरुवात हुन लागेको बीमा बोर्डले जनाएको छ । स्वास्थ्य बीमा कार्यक्रममा अहिलेसम्म ७७ लाख ७१ हजारभन्दा धेरै नागरिक आबद्ध भएका छन् । बीमा बोर्डका कार्यकारी निर्देशक डाक्टर दामोदर बसौलाकाअनुसार पछिल्लो जनगणनाको तथ्याङ्कनुसार ३५ दशमलव ८८ प्रतिशत घरपरिवार अनि २६ दशमलव ५४ प्रतिशत नागरिकको पहुँचमा स्वास्थ्य बीमा पुगेको छ । बीमा नवीकरण गर्ने झण्डै ७० प्रतिशत रहेका छन् । स्वास्थ्य बीमा कार्यक्रमबाट बीमितलाई न्यूनतम योगदान रकमका...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज